जब्सको मृत्युपर्यन्त प्रकाशित हुन लागेको वाल्टर इज्याक्सनद्वारा लिखित जीवनीमा योसहित सूचना प्रविधि क्षेत्रको प्रतिस्पर्धा, उनको स्वास्थ्य समस्यालगायतमा खुलस्त पारिएको छ।
इज्याक्सनका अनुसार जब्सले एन्ड्रोइडबारे टिप्पणी गर्ने क्रममा गुगलका सहसंस्थापक ल्यारी पेज र सेर्जेई ब्रिनले एप्पलको नक्कल गरेको आरोप लगाएका छन्। एन्ड्रोइडलाई सिध्याउन आफ्नो भएभरको सम्पत्ति लगाउने जब्सले बताएका छन्।
'म एन्ड्रोइडलाई सिध्याउन चाहन्छु किनभने यो चोरीको उत्पादन हो,' जब्सले भनेका छन्,'यसका लागि युद्धै गर्नुपरे पनि म तयार छु।' आक्रोशपूर्ण अभिव्यक्ति दिने क्रममा जब्सले एप्पलको बैंक खातामा रहेको ४० अर्ब डलर सिध्याएर भए पनि गुगलले गरेको गल्तीलाई सच्याउन लगाउने उनले बताएका छन्।
एन्ड्रोइड बजारमा आउनुअघि एप्पल र गुगलबीच मैत्रीपूर्ण सम्बन्ध थियो। एप्पलको बहुचर्चित उत्पादन आइफोनको इकोसिस्टमा गुगलको म्याप र सर्च फर्मलगायत प्रयोग भएका थिए। त्यसबेला गुगलका प्रमुख कार्यकारी र हालका अध्यक्ष एरिक स्मिडिट एप्पलको सञ्चालक समितिमा पनि थिए। नोभेम्बर २००७ मा गुगलले एन्ड्रोइड ल्याएपछि दुईबीच सम्बन्ध बिग्रिएको हो। विश्लेषकहरु स्मिडिटले जब्सलाई विश्वासघात गरेको बताउँछन्। उनकै दोहोरो भूमिकाले एप्पललाई क्षति पुगेको उनीहरुको दाबी छ। अगस्ट २००९ मा स्मिडिटले एप्पलको सञ्चालक समितिबाट राजीनामा दिएका थिए।
त्यसपछिका वर्षमा एप्पलले आइफोनमा प्रयोग गुगलका उत्पादन राख्न छोडेको थियो। एन्ड्रोइडले भने स्मार्टफोन बजारमा आफ्नो हिस्सा बढाउदै लगेर अहिले ४८ प्रतिशत पुर्याएको थियो। एप्पलले यो बजारमा १९ प्रतिशत मात्र हात पारेको छ।
यसबीचमा एप्पलले एन्ड्रोइडविरुद्ध थुप्रै कानुनी लडाइँ लडेको छ। एप्पलको प्रतिस्पर्धीविरुद्ध प्रतिलिपि अधिकारको कानुनी लडाइँको चपेटमा मोटोरोला र सामसङ पनि आएका छन्। एप्पलकै उजुरीमा हाल सामसङले आफ्नो उत्पादन ग्यालेक्सी ट्याब १०.१ अस्ट्रेलिया र जर्मनीमा बिक्री गर्न नपाउने भएको छ भने नेदरल्यान्डमा यस्तै खालको मुद्दा चलिरहेको छ।
माइक्रोसफ्टका बिल गेट्स भने जब्सले मर्नुअघि भेट्न चाहेका थोरै व्यक्तिमध्ये एक हुन्। मे २०११ मा गेट्स जब्सको पालो अल्टो क्यालिफोनिर्यास्थित घरमा पुगेका थिए। त्यहाँ उनीहरुले पारिवारिक जीवन, गेट्सले सुरु गरेको कल्याणकारी कार्यक्रमलगायतमा तीन घन्टा कुरा गरेका थिए। भेटघाटमा उनीहरुले एकअर्कालाई असल श्रीमती परेकामा आफूलाई भाग्यमानी बताएको पुस्तकमा छ।
पुस्तकमा उल्लेख भए अनुसार जब्सले सुरुमा आफ्नो रोग श्रीमती र साथीभाइसँग लुकाएका थिए। रोग पत्ता लागिसकेपछि पनि उनले शल्यक्रिया नगरेर वैकल्पिक उपचारको बाटो खोजेको र अन्तिम अवस्थामा मात्र आफ्नो जिद्दी त्यागेको पुस्तकमा छ।

No comments:
Post a Comment