
एकीकृत नेकपा माओवादीलाइ विभाजन गराउनका लागि रिमले समेत भुमिका खेल्न थालेको खुल्न आएको छ । रिमका तर्फबाट माओवादी उपाध्यक्ष मोहन बैद्यका नाममा पठाएको भनि सार्वजनिक भएको पत्रमा बैद्यले माओवादी पार्टी फुटाउनका लागि तलदेखि माथिसम्म गरेको तयारी प्रति प्रशंसा गर्दै उदेश्यमा सफल हुने आशा व्यक्त गरिएको छ । (हेर्नुहोस् रिमले पठाएको पत्रको पूर्ण पाठको नेपाली अनुवाद) -
प्रीय साथी,
मेरो साथी सुरिक्षत र्फकनु भयो । तपाईले गर्नु भएको सबै सहयोगका लागि धन्यवाद । यो संस्मरण् नेपालको परिस्थिति र माओवादी खेमाका सोचाई तथा योजना बारे एउटा बुझाईमा पुग्न निकै उपयोगी रहयो । यस बीचमा चाबी बुझाउने काम भयो र हिन्दुमा बाबुरामको अन्तरवार्ता पनि आयो । यी सबै कुरालाई ध्यानमा राखेर हामीले माओवादीहरुलाई नेतृत्वका विरुद्द विद्रोह गर्न आब्हान गर्दै एउटा बक्तव्य दिने निर्णय गरेका छौं । यो बक्तव्य एनेकपाको नेतृत्वमाथि खुला आक्रमण हो यद्यपी हामीले प्रचण्डको नाम उल्लेख गरेका छैनौ । यो बक्तव्यको साथसाथै सम्झौताको कार्यनीति भन्ने लेख पनि पुनः प्रकाशित हुँदैछ ।
अब तपाईहरुका योजनाहरु बारे :
तपाईहरुले सक्रियतापूर्वक अलग हुने तयारी गरिरहनु भएको छ भन्ने सुन्दा हामी निकै उत्साहित छौं । यो कदम नेपाली क्रान्तिका निमित्त मात्र होइन विश्व कम्युनिष्ट आन्दोलनका निम्ति समेत निकै महत्वको हुने छ । निश्चय नै यसले रिमको पूनर्गठनको प्रयासलाई पनि प्रोत्साहित गर्ने छ । तपाईहरु आफ्नो उद्देश्यमा सफल हुनु हुनेछ भन्नेमा आशावादी छौं । दुई लाईन संघष्रको सन्दर्भमा तपाईहरुको दृढता र निरन्तरता प्रसंशनीय भएपनि कार्यदिशाको िवषयमा भने केही कमजोरी रहेको हामीलाई लागेको छ । त्यसकारण्ँ तपाईहरुलाई सहयोग हुने अपेक्षा राखेर हामीले निम्नानुसारका केही बुादाहरु उठाएका छौं ।
त्यसमा यी कुराहरु रहेका छन् । -१ तपाईहरु अझै पनि विस्तृत शान्ति सम्झाैताको घेराभित्रबाट मात्र सोचिरहनु भएको छ । -२ तपाईहरुको कामको योजना आफ्नै पहलकदमीमा आधारित भएको देखिादैन । -३ जनविद्रोहरजनयुद्धका सन्दर्भमा केही मनोगत समस्याहरु देखिन्छन् । -४ यस सन्दर्भमा विद्रोह गर्ने र नया माओवादी केन्द्र स्थापना गर्ने क्रममा तपाईहरुले सामना गर्नुपर्ने वैचारिक राजनीतिक तथा सांगठानिक समस्याहरुको नजरअन्दाज गरेको देखिन्छ । -५ बाबुरामको प्रधानमन्त्रीत्वबाट पैदा हुने खतराहरुलाई तपाईहरुले कम आंकलन गरेको देखिन्छ ।
१ यो सत्य हो कि तपाईहरु पार्टीबाट बाहिर नजादासम्म अहिले पनि औपचारिक रुपमा संविधान सभाको बनोट भित्रबाट बोल्नुपर्छ । तर परिस्थिति र तपाईहरुको उद्देश्यको पृष्ठभूमिमा संविधान सभाप्रति आफ्नो औपचारिक बफदारिता देखाउनु भन्दा पनि कार्यकर्ताहरुका बीचमा यसले पैदा गरेका भ्रमलाई चिर्दै जानु बढी महत्वपूण्र्ँ हुन्छ । शान्ति प्रक्रिया र संविधान सभाको प्रक्रिया अब मरिसक्यो । अब त यो माओवादीलाई ठेगान लगाउने एउटा पासो मात्र हो । यसबाट केही पनि राम्रो कुरा आउनेवाला छैन । यो िशक्षालाई कलात्मक तरिकाले जनतासम्म पुर्याएर दुश्मनका वृहत शान्ति सम्झाैता उलङघनका घटनालाई प्रयोग गरेर शान्ति प्रक्रिया र संविधान सभालाई ध्वस्त पारि सकिएको छ भन्ने कुरालाई जोडदार ढंगले उठाएर र यो सबैले फुटको औचित्य पुष्टि गर्दछ भन्ने कुरालाई स्थापित गर्दै विद्रोहको तयारी गर्नु उचित देखिन्छ । पार्टी अनुशासन उलङघन नगरि वा पार्टीको साविक वैधानिकता नतोडीकन पनि यस्तो गर्न सकिने ठाउा प्रशस्त छन् भन्ने हामीलाई लाग्दछ । तर यो कुरा तपाईहरुका लेखहरु अन्तरवार्ताहरु वा किरण्ँ र बादलद्वारा हस्ताक्षरित सेप्टेम्वर २ को बक्तव्यमा समेत पटक्कै देखिादैन जब कि तपाईहरुले सधैं शान्ति प्रक्रियाप्रति आफूलाई इमान्दार देखाउन चाहनु हुन्छ । -सडक सदन र सरकारको कार्यनीतिप्रति तपाईहरुको निरन्तरको स्वीकृति र सरकारमा सहभागिताको प्रश्न यसको एउटा उदाहरण्ँ हो । यद्यपी छलफलको क्रममा यसमा केही पूनर्विचार गर्न खोजेको जस्तो देखिन्छ तर अझै पनि यो माओवादी कित्ताभित्रको एउटा सुसंगठित दृष्टिकोण्ँ भने बनिसकेको छैन । तपाईहरु यसलाई कसरी सिमक्षा गर्नुभएको छ हामी त्यो जान्न ईच्छुक छौं ।
जस्तो उदाहरण्ँका लागि माओवादीभित्रको बहस-विचार संघष्र कि पदको निम्ति बार्गेनिङ् भन्ने लेखमा तपाईले लेख्नुभएको छ-बालाजु बैठकदेखि अहिलेसम्म पार्टीभित्र चलेको दुई लाईन संघष्रको गुदी कुरो सामन्तवाद तथा साम्राज्यवाद विरोधी जनताको संविधान सुनिश्चित गर्न र सेना समायोजन पुरा गर्न नेपालमा प्रतिक्रियावादी सत्ताको नेतृत्व गर्ने दलाल पूाजीपति वर्गका विरुद्ध संघष्रमा जोड दिने कि सेना समायोजनका नाममा जनमुक्ति सेनाको आत्मसमर्पण्ँ गर्न र यथास्थितिवादी एक थान संविधान लेख्नका निम्ति दलालहरुसाग सहमतिमा जोड दिने भन्नेमा केन्द्रित रहेको छ । स्पष्ट छ अघिल्लो कुराले नेपालमा जनताको संघीय गण्ँतन्त्र स्थापना गरेर नयाा जनवादी क्रान्तिको ढोका खोल्दछ भने पछिल्लो कुराले बुर्जुवा लोकतान्त्रिक गण्ँतन्त्रलाई संस्थागत गरेर नयाा जनवादी क्रान्तिको तत्काल बन्ध्याकरण्ँ गर्दछ ।ू के यो तुलना दुई लाईन संघष्र बारेको सही चित्रण्ँ हो त तर्क नै गर्ने हो भने यदी संविधान सभामा तपाईहरुको प्रस्तावले बहुमत पायो भने के त्यसले जनसंविधान देला निर्वाचनपछि नै यो स्पष्ट भैसकेको छ कि -क संविधान सभाबाट जनसंविधान आउादैन र -ख संविधान सभाबाट जनसंविधान बन्छ भनेर विश्वास गर्ने लाईनले कहिल्यै पनि नयाा जनवादी क्रान्तिको ढोका खोल्न सक्दैन । अहिलेको परिस्थितिमा तपाईहरुलाई यो कुरालाई स्पष्ट राख्न पनि समस्या छ । तर पार्टीको अडानप्रति औपचारिक रुपले बफादार देखिने भन्ने नाममा तपाईहरुले गलत विचारलाई किन प्रस्तुत गर्नुपर्यो किन तपाईहरुले जनतामा भएको भ्रमलाई अरु प्रोत्साहित गर्नु हुन्छ र यही क्रममा किन माओवादी कित्ताभित्र पनि बिसर्जनवादी सोचले घर गर्ने ठाउा बनाईदिनु हुन्छ ।
२ छलफलको क्रममा तपाईहरुले भन्नुभएको छ- ूहामीलाई लाग्दछ कि अलग हुने प्रक्रिया बर्ग संघष्र र लाईन संघष्रमा एउटा ठूलो धक्का सावित हुनुपर्दछ केही नेताहरुको सामान्य असहमतिको अभिव्यक्तिको रुपमा मात्र होइन ।ू यो पनि माओवादी कित्ताभित्रको आम सोच जस्तो देखिन्छ । त्यो ठिकै छ । एउटा व्यवहारिक नाराभित्र धेरैलाई गोलबन्द गर्ने तपाईहरुको विचारप्रति सहमत नै छौं । तर यसले पनि केही चिन्ता र केही प्रश्न उब्जाएको छ । मूख्य चिन्ताको िवषय पहलकदमीको हो । तपाईहरुले ल्याएको योजना दुश्मन र संशोधनवादीहरुले के गर्दैछन् भन्ने कुरामा भर परेको देखिन्छ तिनीहरुले जनताको संविधान बनाउन सक्दैनन् त्यसकारण्ँ त्यही िवषयलाई उठाउनु पर्दछ भन्ने तपाईहरुको तर्क देखिन्छ । कमरेडहरु कृपया सम्झनुहोला तपाईहरुको पार्टी २००५ २००६ २००७ २००८ मा शान्ति प्रकि्रया भंग गरेर अगाडि बढ्न यस्तै योजना दिएको थियो । यदी दुश्मनले -संशोधनवादीहरुसंगको मिलेमतोमा चीजलाई लम्बाउदै लगे भने के गर्ने तिनीहरुले संविधान सभाको म्याद थपि रहे भने के गर्ने तपाईहरुमा यो स्थितिमा के गर्ने भन्नेमा स्पष्टता देखिदैन । आफ्नो स्वार्थको रक्षा हुदासम्म बाबुराम सरकारमा रहनु दुश्मनका लागि खुसी कै कुरा हुनेछ संविधान सभालाई निरन्तरता दिने छन् । त्यति बेला तपाईहरु के गर्नु हुन्छ
तिनीहरुले त्यसो गर्छन् त्यति बेला हामीलाई यसो गर्ने अवसर मिल्छ भन्ने सोच तपाईहरुले छाड्नुपर्छ भन्ने हाम्रो बुझाई हो । यो योजनाविनाको योजना हो । प्रश्न संविधान सभालाई तपाईहरुले मुद्दा बनाउनु हुन्छ कि हुादैन भन्ने होइन । गााठी कुरो पहलकदमी तपाईहरुको हातमा हुनु पर्दछ भन्ने हो । तपाईहरुले यस्तो परिस्थिति निर्माण्ँ गर्नु पर्दछ जसले गर्दा तिनीहरु अगाडि आउन संविधान सभा भंग गर्न वा अन्य केही गर्न बाध्य हुन्छन् । त्यति बेला मात्र तपाईहरुले पहिल्यै अलग हुने योजना बनाउन तपाईहरुका पछाडिका शक्तिलाई परिचालन तथा तयार गर्न र विद्रोहलाई व्यवस्थित गर्न सक्नुहुन्छ । तपाईहरुको हातमा पहलकदमी भएन भने तपाईहरु अनिण्ँिर्त मानसिकताको स्थितिमा हुनुहुनेछ । आफ्नो कित्तालाई उत्साहित गर्न आवश्यक हुने मानसिक विश्वास तपाईहरुमा कमजोर बन्ने छ र दुश्मनले स्थितिलाई लम्बाउने निण्र्ँय लियो भने तपाईहरु अगाडि बढ्ने कि नबढ्ने वा के गर्ने भन्ने अनिश्चयको स्थितिमा पर्नुहुनेछ । अन्तिममा तपाईहरुलाई यसले या त हतारको उप्रुाईमा वा निरासाजनक पछि हटाइमा पुर्याउने छ ।
३ कुराकानीबाट हामीले यो देख्यौं कि तपाईहरुले जनविद्रोहलाई अहिले पनि एउटा सम्भावित विकल्पको रुपमा लिनुभएको छ । स्वभावतः यसमा सबैको मत भने एउटै छैन । जनयुद्धमा जाने सोच पनि देखिन्छ । हामीले यसबारेमा केही भन्न सक्दैनौं । तर हामी यस मानेमा चिन्तित छौं कि सशस्त्र संघष्र -जुनसुकै रुपको भए पनि का निम्ति तपाईहरुको आत्मगत स्थिति परिपक्व छ वा छैन भनेर मुल्याङकन गर्ने िवषयमा तपाईहरुको टिममा गम्भिर चिन्तन मनन भएको जस्तो लागेन । तपाईहरुको स्थितिको बारेमा हामीले जे जानेका छौं त्यसका आधारमा भन्ने हो भने फुट भएपछिको छोटो समयभित्र पनि तपाईहरु सशस्त्र संघष्रमा जाने आत्मगत सम्भावनाको बारे हामीलाई गहिरो आशंका छ । यसो भन्नुका पछाडि थुप्रै कारण्ँहरु छन् । -क शान्तिको धङधङी ९ष्लभचतष्ब कायम छ । -ख मध्यम वर्गको महत्वपूण्र्ँ हिस्सा युद्धको विरुद्धमा छ जुन १९९६ मा यस्तो थिएन । -ग देशभित्र र बाहिरका तपाईहरुका पुराना मित्रहरुले सकि्रयतापूर्वक प्रतिकि्रयावादी वर्गलाई सहयोग गर्नेछन् भन्ने कुरामा तपाईहरु निकै होसियार हुनुपर्दछ । छोटोमा भन्नुपर्दा तपाईहरुलाई केही समय चाहिन्छ मूख्यतः जनयुद्धरशान्ति प्रकि्रयालाई सिमक्षा गर्न र नयाा केन्द््रलाई माओवादी आधारमा सुसंगठित गर्न । यस्तो स्थितिमा ूछिटै सशस्त्र संघष्रमा फड्को मार्नेू िवषयलाई दुई लाईन संघष्रको केन्द्रीय मुद्दा बनाउने कुरा प्रत्युत्पादक सावित हुन सक्छ ।
४ नया केन्द्रको निर्माण्ँ गर्ने र त्यसलाई सुदृढ गर्ने काम सोचेभन्दा जटिल हुन सक्दछ । विद्रोह गरेपछि र नया माओवादी केन्द्र स्थापना गरेपछि तपाईहरुले सामना गर्नुपर्ने समस्याहरु -वैचारिक राजनीतिक तथा संगठनात्मक बारे वास्तविक मूल्याङकन गर्न तपाईहरुले विस्तृत सामूहिक छलफल गर्नुपर्ने थियो । जहासम्म हामीलाई थाहा छ माओवादी खेमाको नेतृत्वदायी केन्द्रमा समेत यसबारे सुसंगठित र एकीकृत दृष्टिकोण्ँ पाइदैन । यो कुरा पहिले भएका र अहिले पछि भएका छलफलबाट स्पष्ट बुझन्छ । अलग नहुदासम्म नेतृत्वका विरुद्ध तपाईहरुको लडाइले क्रान्तिकारी केन्द्रलाई एक ठाउामा राख्न सुपरग्लुको काम गर्ने छ । तर त्यो त उल्टो बल हो । अलग भएपछि त्यो बल कमजोर हुन थाल्ने छ । व्यवहारिक कामलाई अलग-थलग गर्ने गरि नयाा नेतृत्वदायी टिमभित्र पनि तिखो दुई लाईन संघष्र पैदा हुन सक्छ । यो अपरिहार्य छ भन्न खोजेको होइन । तर यदी तपाईहरुले नकारात्मक सुपरग्लुलाई विगतको सिमक्षा र भावी कार्यदिशा तथा योजनाको सकारात्मक सुपरग्लुले प्रतिस्थापन गर्न सक्नु भएन भने त्यसो हुने सम्भावना बढी हुन्छ ।
५ बाबुरामलाई प्रधानमन्त्रीमा समर्थन गर्नुका पछाडि तपाइाहरुले दिएका कारण्ँहरुमा हाम्रो चित्त अझै बुझेको छैन । मधेशी समूहहरुका साथमा बाबुराम भारतीय विस्तारवादको हतियार भएका छन् । यो उनको वैचारिक तथा राजनीतिक अडानबाट देखिने कुरा हो । यस स्थितिमा तपाईहरुलाई जनस्तरसम्म काम गर्न उनले छुट दिनेछन् भन्ने कुरामा तपाईहरुले कसरी कल्पना गर्न सक्नुभयो सरकार निर्माण्ँपछि तिनीहरु -प्रचण्ड र बाबुराम ले चालेको पहिलो कदम चााबीको हस्तान्तरण्ँ थियो । हिन्दुको अन्तरवार्तामा बाबुरामले यसको औचित्य पुष्टि गर्न खोजेका छन् । यति हुादा पनि किरण्ँ र बादलले आफ्नो विरोध बक्तव्यमा उनको नामसम्म उच्चारण्ँ गरेको पाइएन । चीज भित्रभित्रै कुही राखेको छ तपाईहरु निकै लाटो ९ल्बïखभ० हुनुभएको छ । यसलाई कहिल्यै नभुल्नु होला- मध्यपन्थी अवसरवाद दिक्षण्ँपन्थी संशोधनवादमा जाने खुड्किलो हो । निश्चय नै चााबीको हस्तान्तरण्ँ मूख्यतः सांकेतिक कुरा हो । बाबुरामबाट हुने मूख्य खतरा ूस्वच्छ सरकार र सुधारवादू हो । साम्राज्यवादी मुलुकहरु र भारतबाट हुने नगद सहयोगबाट उनले यो काम राम्रोसाग फत्ते गर्नेछन् । लामो समय होइन केही बष्र यस्तो हुनेछ । यसलाई जनयुद्ध र संविधान सभाको उपलब्धीको रुपमा प्रस्तुत गरिने छ । ूफुटेर जानेलाई शान्तिपूण्र्ँ विकासको अवरोध गर्नेू भनेर आक्रमण्ँ गरिने छ ।
वास्तवमा, मधेशीहरुको सहयोगको सुनिश्चिततासहित बाबुराम कुसर्ीमा आसिन हुनु प्रतिक्रियावादीहरुका लागि सबैभन्दा उत्तम उपाय हो । उनलाई समर्थन गर्ने बेलामा तपाईहरुले यी कुराहरुको कति ख्याल गर्नुभएको थियो तपाईहरुले यी िवषयलाई कसरी अध्ययन गर्नुभयो र यो निण्र्ँयमा पुग्नुभयो सााच्चै हामी जान्न चाहन्छौं ।
प्रचण्डको कद होच्याउन बाबुरामलाई समर्थन गरेको भन्ने कुरामा पनि हाम्रो चित्त बुझेको छैन । प्रचण्डको छवि ठूलो समस्या भयो मानियो । तर त्यो स्थितिमा उनीलाई रुपान्तरण्ँ नहुने मान्दा उनको पुरा भण्डाफोर गर्ने कार्यनीति पो राम्रो हुन्थ्यो कि बाहिर रंगीन पालिस लगाएको साधारण्ँ जीवन शैली भएको र शिष्ट व्यवहार देखाउनेसाग भन्दा भ्रष्ट जीवन शैली र निरङकुशताका कारण्ँ आम जनसमुदाय र क्रान्तिकारीहरुबाट तिरस्कृत भएको विरोधीसंग लड्न सजिलो हुन्थेन र
अलग भएर नया केन्द्र बनाउने निण्र्ँय गरि सकेपछि प्रचण्डको निरंकुशताको चिन्ता तपाईहरुले किन गर्नुपर्यो यसलाई तपाईहरुले केन्द्रीय निण्र्ँयहरुको उलङघन भयो भनेर किन प्रयोग गर्न सक्नु भएन तपाईहरुको बाबुरामलाई समर्थन गर्ने कार्यनीति हामीलाई ठिक लागेन र यसले तपाईहरुको स्थितिलाई सुधार्ने भन्दा अरु कमजोर पार्छ भन्ने लाग्छ ।
अन्तमा सतर्कताको लागि एउटा शब्द संशोधनवादीहरु क्रुर हुन्छन् । तिनीहरुले क्रान्तिलाई ध्वस्त गर्न जुनसुकै हदसम्म पनि जान सक्छन् । जर्मनीमा रोजा र कार्ललाई गिरफ्तार गर्ने वा हत्या गर्नेलाई पुरस्कार दिन सामाजिक प्रजातन्त्रवादी नेताहरुले गोप्य आथिर्क कोषको व्यवस्था गरेका थिए ।
यो चिठी माओवादी खेमाको मूख्य टिमसम्म पुर्याउनु होला । हाम्रो विचारलाई सिधा तरिकाले राखिएको छ । परिस्थितिको गम्भिरताले यो माग गर्यो भन्ने लाग्छ । हाम्रो बीचमा घनिष्ठ सम्बन्ध भएको कारण्ँले हामीले यो स्वतन्त्रता लिएका हौं । मलाई लाग्छ यसबाट कोही पनि दुखित हुनुहुने छैन ।
अभिवादन सहित
कुमार
source:www.nepaleverestnews.com
No comments:
Post a Comment