प्रहरीले विमानस्थलमा सलिमलाई लिन आएका नेपालीलाई पनि नियन्त्रणमा लिएर केहीबेरमा निर्दाेष भेटेपछि छाडेको थियो।विमानस्थल प्रहरी प्रमुख डिआइजी नारायण बस्ताकोटीले बरामद नोट नक्कली पुष्टि भएको बताए। …५ सय दरका ९ लाख ९० हजार र एक हजार दरका ३० लाख भारतीय रुपैयाँ फेला परेकोमा सबै नक्कली पाइयो,’ उनले भने। नेपालमा सक्कली एक हजार र ५ सय भारतीय रुपैयाँ कारोबारसमेत प्रतिबन्धित
प्रारम्भीक अनुसन्धानवाट नक्कली भारतीय रुपैंयाको कारोवारमा सक्रिय पाकिस्तानी समुहले नेपाली सहयोगी मार्फत सलिमलाई ५५५ कोड नम्बर दिएर ठमेलको होटल मनाङमा कोठा बुक गराएका थिए। सुर्यबहादुर कार्कीले फोनमार्फत होटलको कोठा बुक गरी होटलको बैक खातामा रकम जम्मा गरिदिएका थिए।
वस्ताकोटीका अनुसार सलिमलाई सिकन्दर नामका पाकिस्तानीले नक्कली भारतीय रुपैंया बोकाएर नेपाल पठाएको खुलेको छ। सिकन्दरले … मनाङ होटलमा गएर बसेपछी अर्को ब्यक्ति उनको सम्पर्कमा आउने र उसलाई सो रकम दिन अह्ाएका थिए। प्रहरी अधिकारीका अनुसार उनी पक्राउ परेलगत्तै प्रहरीले सोधपुछ गर्दा नेपालमा कसैलाई पनि नचिन्ने र सिकन्दरले विमानस्थलमै लिन मान्छे आउने बताएपछी प्रहरीले उनलाई साथै लिएर विमानस्थल बाहिर आएका थिए।
…सलिमलाई लिन आएका एक नेपालीलाई पक्राउ गर्यौ’ वस्ताकोटीले भने…तर,उनी होटलका ग्राहक लिन विमानस्थल आउने कर्मचारी रहेछन्।’ प्रहरीले होटलमा उनलाई भेट्न अन्य ब्यक्ति आउनसक्ने आशंका गरी मंगलवार बेलुका होटलमा राखेपनी कोही सम्पर्कमा आएनन्।
वस्ताकोटीका अनुसार मोहम्मदले शुरुमा सो सो कार्टुनमा केही नभएको बताएर पन्छेका थिए। तर प्रहरीले चेक जाच पछि आफू फसेको दावी गरेका थिए। उनका अनुसार प्रहरीले यी पाकिस्तानी नागरिकलाई दुई महिनादेखि खोजी गरेको थियो।
प्रहरीका अनुसार सलिम विमानस्थलमा उत्रिएपछी कार्कीले होटलमा फोन गरेर उनीबारे जानकारी लिएका थिए। उनी होटल पुग्नु अगाडिनै प्रहरीले पक्राउ गरीसकेका थिए। होटलका कर्मचारी उनी होटलमा नआएको बताएपछी कार्की सम्पर्कमा आएका छैनन्।
प्रहरीका अनुसार कार्की थरका ती व्यक्तिको स्वर भने तराई मुलको नागरिकको जस्तो भएकाले ति व्यक्तिले आफ्नो परिचय बदलेको निष्कर्ष निकालेको छ। फोनमा ती व्यक्तिले आफू सो होटलमा आउन नसक्ने भन्दै ससलिमलाई होटलको २ सय १ नम्बरको कोठामा बस्दै गर्नु भनेका थिए।
प्रहरीका अनुसार सलिम पहिलो पटक नेपाल आएका हुन। उनको राहदानीको रेकर्ड अनुसार उनी यस अगाडि बंगलादेश गएको देखिएको छ। नक्कली भारतीय रुपैंयाको कारोवारमा सक्रिय समुहले नेपाल र बँगलादेशलाई ट्रान्जीट बनाएर कारोवार गर्ने गरेकाले सलिम सोही समुहका सक्रिय सदस्य रहेको प्रहरीको निष्कर्ष छ।
प्रहरीले सिकन्दर समुहका कारोवारी पक्राउ गरेको यो तेस्रो घटना हो। यस अगाडि विमानस्थलमै पाकिस्तानी नागरिक मोहम्मद फारुकलाई २५ लाख नक्कली भारतीय रुपैया सहित पक्राउ परेका थिए।
बयानमा उनले पाकिस्तानी नागरिक सिकन्दरले आफुलाई नेपाल पठाएको बयान दिएका थिए। प्रहरीले २०६९ चैतमा सिकन्दर समुहकै मोहम्मद अली सुल्तानलाई ३५ लाख नक्कली भारतीय रुपैंया सहित पक्राउ गरेको थियो।
source :hamroblog.com

No comments:
Post a Comment