मुस्ताङ गाडीको ७० लाख बालुवाटारमै गायब


काठमाडौं । करिब सयजनाको परिवार एउटै छानामुनि बस्दै आएको मुलुकको पुरानो औद्योगिक घराना गोल्छा समूहभित्र मुस्ताङ गाडी प्रकरणले दरार उत्पन्न गरेको छ। कर्मवीर रामलाल गोल्छाका नाति सुरेन्द्र गोल्छाको सक्रियतामा एक दशकअघि मुस्ताङ गाडी निर्माण थालिए पनि प्रचार–प्रसारको अभावमा गति लिन सकेको थिएन। आफ्नो उत्पादनलाई बजारमा स्थापित गर्ने विभिन्न रणनीति सफल हुन नसकेपछि गोल्छा परिवारले मुलुकको प्रधानमन्त्रीलाई नै आफ्नो गाडी चढ्न लगाउने योजना गिरिजाप्रसाद कोइरालाकै पालादेखि गरेको थियो। तर सकिरहेको थिएन।


पछिल्लो समयमा डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुने सम्भावना बढेपछि सुरेन्द्र गोल्छाले गत वैशाखमा मजदुर नेता तेजलाल कर्णलाई बोलाएर भने– मेरो एउटा स्किम छ, त्यो पूरा भयो भने तपाई मजदुर नेता होइन, उद्योग वाणिज्य महासंघकै नेता बन्ने हैसियतमा पुग्नु हुनेछ।'  
माओवादी निकट टे्रड युनियनको केन्द्रीय सदस्य मात्रै रहे पनि चतुर बुद्धिका तेजलाल कर्णले भने, के स्किम हो भन्नोस् न? सुरेन्द्र गोल्छाले भूमिका बााध्दै भने– 'मुलुकको सबै उद्योगधन्दामा माओवादी मजदुर आन्दोलन हुादा पनि हाम्रो अर्गनाइजेसनमा तल–माथि नभएको कारण तपाई हाम्रै सम्बन्ध हो, तपाईसाग हामी यसै पनि कृतज्ञ छौं, तपाई डा.बाबुराम भट्टराईको नजिक पनि हुनुहुन्छ, तपाईलाई पनि फाइदा हुने हामीलाई पनि फाइदा हुने र डा.बाबुराम भट्टराईलाई फाइदा हुने एउटा स्किम हामीसाग छ।' सुरेन्द्र गोल्छाले यति भनिसकेपछि चतुर कर्णले भने, 'के गर्नुपर्योन म तयार छु।' 
'अब त डा.बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाइने कुरा हामीले थाहा पाइसकेका छौं। तपाईले अब उहाासाग अझ राम्रो सम्बन्ध बढाउनुपर्यो, र हाम्रो मुस्ताङ गाडी प्रधानमन्त्रीका रूपमा डा.बाबुराम भट्टराईले चढ्ने वातावरण जसरी पनि मिलाउनुपर्योप' सुरेन्द्र गोल्छाले यति भनिसकेपछि कर्ण गोरखाको पालुङटार बैठकमा जाादा बाबुराम भट्टराईसाग भने– 'तपाई प्रधानमन्त्री बन्नुभयो भने नेपालमै बनेको मुस्ताङ गाडी चढ्नुपर्छ।' 
कर्णले अचानक यो प्रस्ताव गरेपछि डा.भट्टराई अलमलिए। कर्णले भने– 'सैद्धान्तिक कुराले केही हुादैन, सर्वप्रथम त आफू लोकप्रिय बन्ने कोसिस गर्नुपर्छ। त्यसका लागि सर्वप्रथम स्वदेशमै उत्पादन भएको गाडी चढ्नोस्।' यो कुरा सुनाउादा कोचिला सहइन्चार्ज गंगा श्रेष्ठ पनि थिए।  
त्यतिबेलासम्म डा.भट्टराईलाई नेपालमा गाडी निर्माण हुन्छ भन्नेसमेत राम्रो जानकारी रहेनछ। गोल्छा समूहले विदेशबाट पाटपुर्जा ल्याएर वर्षौंदेखि गाडी बनाउने गरेको कुरा कर्णले बताएपछि त्यसमा सहमति जनाउादै डा. भट्टराईले भने– 'तपाईले ठीक भन्नुभयो। प्रधानमन्त्री बन्न दिए भने मेरो पहिलो निर्णय स्वदेशमै निर्मित गाडी चढ्ने हुनेछ।'  
यो कुराकानीको तीन महिनापछि डा.भट्टराई सााच्चिकै प्रधानमन्त्री बन्ने वातावरण वन्यो। प्रधानमन्त्री पदमा निर्वाचित हुने लगभग निश्चित भएपछि डा.भट्टराईले केन्द्रीय सदस्य गंगा श्रेष्ठलाई बोलाएर कर्णसाग सम्पर्क गरी स्वदेश निर्मित गाडीको प्रबन्ध गर्न निर्देशन दिए।  
यो प्रक्रियासम्म आइपुग्दा उनका स्वकीय सचिव गंगा श्रेष्ठमार्फत धेरै ठूलो रकम खर्च गरेको सुरेन्द्रले एकजना अटो व्यवसायीलाई बताए। यसका लागि एक करोड रुपैयाासम्म खर्च गर्ने सहमति गोल्छा अर्गनाइजेसनभित्र भएको बुझिएको छ। ७० लाख रुपैयाा त बैनाबापत मात्रै लगेको दाबी सुरेन्द्र गोल्छाले आफ्नो अर्गनाइजेसनभित्र हिसाब देखाउने क्रममा गरेको विराटनगरका एक अटो व्यापारीले हामीलाई बताए।  
गोल्छा अर्गनाइजेसनमा परिवारभित्रको सबैभन्दा बढी उमेरको पुरुषलाई अध्यक्ष (मुखिया) बनाउने चलन छ। मुखियाकै निर्णयअनुसार परिवारका हरेक सदस्यको तलब भत्ता, भूमिका र कामको तय हुन्छ। समाचार स्रोतका अनुसार पााच वर्षभन्दा मुनिका बच्चाका लागि मासिक पााच हजार, स्कुल पढ्ने बच्चाका लागि मासिक १५ हजार, कलेज पढ्नेका लागि स्वदेशमा भए मासिक २५ हजार, भारतमा भए मासिक ५० हजार र तेस्रो मुलुकमा भए मासिक एक लाख ५० हजार खर्च निर्धारण गरिएको छ। यसैगरी, १८ वर्षभन्दा माथिकालाई भान्छा हेर्नेदेखि लिएर उद्योग हेर्ने जुनसुकै जिम्मेवारीमा भए पनि मासिक एक लाख रुपैयाा खर्च दिने प्रबन्ध गरिएको छ। स्वास्थ्य उपचार र भैपरी आउने खर्च चाहिा बिल भरपाईमुताविक निकासा गर्नेगरी पारदर्शी र प्रक्रियागत ढंगले पााच पुस्तासम्मको परिवारलाई एउटै छानामुनि व्यवस्थित गर्न गोल्छा परिवार सफल भएको छ। गाडी निर्माण कम्पनी सुरेन्द्र गोल्छाको आफ्नै कम्पनी हो।  
लामो समयदेखि यो कम्पनी घाटामा रहेको छ। अन्य सदस्यले सञ्चालन गरेको उद्योगबाट भएको मुनाफाले आफ्नो उद्योगको घाटा परिपूर्ति गर्नुपरेका कारण गोल्छा परिवारभित्रै हेपिएका सुरेन्द्र प्रधानमन्त्री डा.भट्टराईले मुस्ताङ गाडी चढेदेखि उत्साहित छन्। विज्ञापनका लागि ४९ सदस्यीय मन्त्रिमण्डलका सबैले मुस्ताङ गाडी चढे भने मात्रै गोल्छाले विज्ञापनमा गरेको खर्च उठ्ने छ। चीन र भारतबाट पाटपुर्जा ल्याएर फिट गरिएको मुस्ताङ गाडीको वर्तमान लागत आठदेखि १२ लाख रुपैयाासम्म रहेको बताइन्छ। उनले सरकारलाई १६ देखि २० लाख रुपैयाासम्ममा बिक्री गर्ने योजना बनाएका छन्। मुस्ताङ गाडी निर्माणका लागि प्रयोग हुने पाटपुर्जामा ५० प्रतिशत भन्सार छुट दिने र सबै मन्त्रीले मुस्ताङ गाडी चढ्ने निर्णय गराउने निर्णय मन्त्रिपरिषद्द्वारा छिट्टै गर्ने तयारी भइरहेको छ। तर माओवादी पार्टीभित्र भने गोल्छा समूहबाट प्राप्त रकम क–कसको खल्तीमा पुग्यो भन्नेबारे छानबिन हुनुपर्ने माग उठ्न थालेको छ।  

No comments:

Post a Comment