आयरल्याण्डको राजधानी बेलफास्टमा भएको यो पटकको एमटिभी अवार्ड समारोह हलिउड नायिका हेदेन प्यानेट्टेरीका लागि मात्र होइन सबैका लागि अविश्मरणीय बन्यो । कुनैपनि फ्यान सेलिब्रेटीहरु आफ्नो अगाडि हुँदा कतिसम्म पागल हुँदो रहेछ भन्ने कुरा अवार्ड वितरण समारोहमा डेभिड मोनाहन नामका युवकले पुष्टि गरेका छन् ।जब हेदेनले उत्कृष्ट गीतको विधामा पुरस्कार दिन चर्चित पप गायिका लेडी गागालाई बोलाउने तयारी गरिरहेकी थिइन् पूरै निर्वस्त्र भएका डेभिड एकाएक मञ्चमा प्रवेश गरे ।डेभिड आफैमा एकजना कलाकार हुन् जसले विभिन्न स्थानिय विज्ञापनमा समेत अभिनय गरेका छन् ।
२४ वर्षे डेभिडले आफु कुनै पूर्व योजनाविपरित समारोहमा निर्वस्त्र भएको दाबी गरेका छन् । सेक्युरिटी कम्पनीका दुइजना साथीहरुको सहायताले आफु समारोह स्थलमा छिर्न सफल भएको र त्यसपछि एकाएक आफुलाई निर्वस्त्र भएर स्टेजमा जाने रहर जागेको उनले बताएका छन् । डेभिडले स्टोर रुममा गएर आफुले लगाएका कपडा फुकालेर सरीरमा कम्मल बेरेर दर्शकदीर्घामा आएका थिए । लेडी गागा आउने तयारी भैरहेकाले सरीरमा कम्मल बेरेको मानिसलाई कसैले ध्यान दिएनन् । तर जब उनी कम्मल फालेर दौडिँदै स्टेजमा पुगे नायिका हेदेन तथा उपस्थित सयौँ दर्शका आश्चर्यचकित भए ।
ठूलो समारोहमा नांगो मान्छे दौडिँदा समेत कसैले पक्रिएनन् । नायिका हेदेन एकछिन त अक्क न बक्क भइन् । तर केहीबेरपछि सम्हालिँदै मोनाहन सँग कुराकानी गर्न थालिन् । त्यसक्रममा मोनाहनले आफु हेदेनको ठूलो फ्यान भएको बताए । हेदेनले पनि धन्यवाद दिँदै कार्यक्रम सकिएपछि भेट्न आग्रह गरिन् । डेभिड त्यसपछि हेदेनको प्रसंसा गर्दै हावामा हात फैलाएर स्टेजबाट बाहिर दौडिए ।
एकछिनपछि अवार्ड वितरण कार्यक्रम फेरी सुरु भयो र हेदेनले गागालाई अवार्ड प्रदान गरिन् । गागाले स्टेजमा नांगिने युवकप्रति कुनै प्रतिक्रिया जनाइनन् । तर यो घटनाप्रति टि्वटर प्रयोगकर्ताहरुले भने कडा आलोचना व्यक्त गरेका छन् । उनीहरुले आयोजकले चर्चा कमाउन जानीजानी त्यस युवकलाई नांगो बनाएको आरोप लगाएका छन् ।





No comments:
Post a Comment