नायक निखिल उप्रेतिको बेइज्जत

फिल्ममा स्टन्ट गर्नका लागि नाम चलेका नायक निखिल उप्रेतिलाई खलनायक बनाउने गरी आज गोरखापत्र संस्थानले एउटा विज्ञापन छापेको छ। कहिले दुइटी बिहे गरेकोमा र कहिले धनलक्ष्मी यन्त्र नामको ठगी सामानको विज्ञापनमा खेलेको विषयमा विवादमा आइरहने निखिल उप्रेति यस पटक फेरि सरकारी संस्थानलाई पैसा नतिरेर ठगेको विवादमा फँसेका हुन्। फोटोसहित छापिएको विज्ञापन अनुसार गोरखापत्रलाई उनीसहित सञ्चालक रहेको विज्ञापन एजेन्सीले झण्डै ३ लाख रुपैयाँ तिर्न बाँकी छ।

खासमा गोरखापत्रले उनी र उनकी दिदीको नाममा पैसा तिर्न आउन सूचना गत असार र साउन महिनामा गरी ६ पटक छापिसकेको थियो। तर त्यतिबेला फोटो बिना सूचना छापिएको र निखिलको वास्तविक नाम दिनेश उप्रेति छापिएको हुनाले धेरैले चालै पाएका थिएनन्।
यस पटक भने ६-६ पटक सूचना छापिँदा पनि टेरपुच्छर नलाएको भन्दै फोटोसहित तीन पुस्ते विवरण छापिएको हो। अब १५ दिनसम्म पनि पैसा नबुझाए प्रशासनिक र कानुनी कारबाही गर्ने चेतावनी गोरखापत्रले दिएको छ।
http://www.facebook.com/patichaur

Click here to like us on facebook

No comments:

Post a Comment