बैद्य पक्षधर लडाकुले समायोजन प्रकृयाबाट अलग भएको घोषणा


ladaku
धनगढी, मंसिर १ – माओवादीको सातौं डिभिजन अन्तर्गतको सहायक शिबिर बडैपुर स्थित लिस्नेग्राम व्रिगेडमा मोहन बैद्य पक्षधर लडाकुले समायोजन प्रकृयाबाट अलग भएको घोषणा गरेका छन् । बिहीवार बिहानको रोलक्रमलाई पनि बहिष्कार गर्दै बिरोधमा उत्रेका छन् । उनीहरु दिनभर शिविर भित्रको सैन्य गतिविधिमा समावेश समेत भएका छैनन् ।

सहायक शिबिरमा ब्रि्रोह उत्पन्न भएपछि कार्यवाहक डिभिजन कमान्डर जिवन बुढा, डिभिजन सचिवालय सचिव नेपबहादुर चौधरी विहानदेखि बहिष्कारको घोषणा गरेका लडाकुलाई सहमतिमा ल्याउने प्रयासमा जुटेका छन् ।
बहिष्कार घोषणबारे शुक्रबार नै आधिकारिक जानकारी मिडियालाई दिने तयारी लडाकुहरुको छ । बहिस्कार गर्ने समुहका नेतृत्व गरेका ४ नम्वर बटालिनका कम्पनी कमान्डर रणबहादुर बिष्टले टेलिफोनमा भने, ‘स्पष्टताका लागि नेतृत्वसँगै कुराकानी गराउने भनेर डिभिजन कमान्डरले भनेकाले बिहीबार पत्रकार सम्मेलन रोकेका छौं । भोली बिहान गर्छौं।’
लिस्नेग्राम ब्रि्रेड अर्न्तगतका तिन बटालिनका ७ जना भन्दा बढी कम्पनी कमाण्डर स्तरका लडाकुले बहिस्कार गर्ने समुहको नेतृत्व गरेका छन् । कम्पनी कमान्डरमा निरबहादुर सिंह, शान्ति शाही, कमल धामी, सतराम थारु लगायतका ७ जना कम्पनी कमान्डरले समुहको नेतृत्व गरेका छन् ।
उनका अनुसार अर्ढाई सय लडाकु बहिस्कार गर्ने भनेर मैदानमा खुलेर उत्रिसकेको अवस्था छ । उनले भने, ‘बहिस्कार गर्ने साथी मोर्चा बाधेर बसेका छौ ।’ उनले तत्कालै शिविर बाहिर नआएर विरोध गर्ने र समायोजन प्रकृया यही ढंगले अघि बढे सडकमा आउने बताए ।
विष्टका अनुसार ७ बुँदे सहमतिमा समायोजन, पुर्नस्थापना र स्वेच्छिक अवकाशको स्पष्ट खाका आएपछि चरम असन्तुष्टि बढ्यो । उनले समायोजन, पुर्नस्थापना र स्वैच्छिक अवकासको मोडालेटीमा कसैको पनि भविश्य नभएको बताए । सत्ताका लागि नेतृत्वले लडाकुको जिउँदै बलिदान गरिदिएको भन्दै उनले आक्रोश पोखे ।

No comments:

Post a Comment