प्रमुख राजनीतिक दलहरुवचि भएको सहमतिले आगामी ६ महिनाभित्र नयाँ संबिधान जारी गर्ने र २०६९ कात्तिक वा चैतमा आम निर्वाचन गर्ने अनौपचारिक सहमति भएको खुलासा भएको छ । सात बुँदे सहमति गर्ने क्रममा दलहरुवीच भएको दुई दलीय र त्रिदलीय छलफलका क्रममा सो सहमति भएको बताइएको छ । माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शुसिल कोइरालावीच भएको छलफलमा भने संबिधान जारी गर्ने सरकारको नेतृत्व माओवादीले र आम चुनाव गर्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति भएको छ । यसमा एमालेले आपत्ति जनाएको छ ।
७ मंसिरभित्र शान्ति प्रकृयाको मुलभूत काम सम्पन्न गरि प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बिदा गर्ने सहमति भएको नेपाली कांग्रेसका एक नेताले बताएका छन् । एक एमाले नेताले आगामी मंसिर १४ मा संबिधानसभाको म्याद ६ महिना थप्ने र आगामी कात्तिकभित्रै आम निर्वाचन सम्पन्न गर्ने बिषयमा नेताहरुवीच छलफल भएको बताए । कात्तिकमा सम्भव नभए चैतसम्म भएपनि निर्वाचन गर्नुपर्ने पक्षमा नेताहरु रहेका छन् ।
मंसिर ७ भित्र शान्ति प्रकृयाको काम सकिए सहमतिको सरकार, संबिधानसभाको म्याद लगायतका बिषयमा दलहरुवीच अर्को सहमति हुने नेताहरुले बताएका छन् ।
No comments:
Post a Comment