माओबादी उपाध्यक्ष मोहन बैद्य र महासचिब रामबहादुर थापाले समायोजन प्रक्रियामा सहभागी नहुन लडाकुलाई गरेको अपिल शिविरमा रहेका लडाकुले नमान्ने बताएका छन्। बैद्य पक्षले समायोजन प्रक्रियाबाट अलग रहन मंगलबार दिउंसो जारी गरेको अपिलपछि शक्तिखोरस्थित तेस्रो डिभिजन शिविरका लडाकु संग लिईएको प्रतिक्रियामा समायोजनका कुनै पनि काम प्रभावित नहुने बताए ।
उनीहरुले बहुसंख्यक लडाकुलाई दाउमा राखेर कसैको बिज्ञप्ति जारी हुंदैमा समायोजनका काम नरोकिने उल्लेख गरे । बिभिन्न बहाना बनाएर उनिहरुले हामी माथि धोका दिन थालेको उल्लेख गर्दे नक्कली क्रान्तिको भुल्भुलैयामा कोहि नपर्ने उनले बताए । कोहि साथीहरुलाई मन पर्देन भन्दैमा समायोजन बिथोलिने छैन, कल्याण अनिश स्मृति बिग्रेडका सह–कमाण्डर धनन्जय शर्माले भने,‘यहांका सबै लडाकु साथीहरु बर्गिकरणमा सहभागी हुनेछन् ।
तेस्रो डिभिजनका उपल्लो तहका लडाकुदेखि तल्लो तहसम्म बैद्य पक्षको प्रभाव न्युन भएकोले समायोजनमा बाधा नपुग्ने कमाण्डरहरु बताउंछन् ।
तर, यहांको शिविरमा उपल्लो तहमा बैद्य पक्षका एक मात्र लडाकु डिभिजनका सह–कमाण्डर उदयबहादुर चलाउनेले भने आंफुहरु शान्ति प्रक्रियाको बिरोधी नभएको प्रतिक्रिया दिए ।

No comments:
Post a Comment