सत्ता गुमाउनुपरेको पीडा त पूर्व राजा ज्ञानेन्द्रलाई छदैछ । त्यसमाथि पनि बेला बेलामा परिवारको असमझदारीले ज्ञानेन्द्र पटक पटक तनाव झैल्दै आएका छन् । छोरा पारसको गतिविधिले वाक्क भएका ज्ञानेन्द्र छोरा बुहारीले विदेश बसाइले थप खल्लोपना महशुस गरिरहेका छन् । यता अहिले छोरी प्रेरणा शाह र ज्वाइँ राजबहादुर सिंहबीचको सम्बन्ध बिग्रिएपछि पूर्वराजा ज्ञानेन्द्र शाहको झन् तनावमा छन् ।तीन महिनायता प्रेरणा र राजबहादुर अलग(अलग बस्दै आएका छन् । उनीहरूबीच बोलचालसमेत छैन । पे्ररणा र राजबहादुरबीच करिब नौ वर्षअघि विवाह भएको थियो । उनीहरूबीच वेला-वेला सामान्य तनाव हुने गरेको र अहिले छुट्टाछुट्टै बस्न थालेको स्रोतले बतायो । स्रोतका अनुसार प्रेरणा यतिवेला छाउनीस्थित आफ्नो घर छाडेर बाबु ज्ञानेन्द्रसँगै निर्मलनिवासमा बस्ने गरेकी छिन् । उनका पति सिंह भने स्वदेशमा भएको वेला छाउनीमा बस्ने गरेका छन् । हाल उनी सिंगापुरमा छन् । बिहेपछि सिंहदम्पती छाउनीमा बस्ने गरेका थिए । ज्ञानेन्द्रले सो घर प्रेरणालाई दाइजोस्वरूप दिएका थिए ।
प्रेरणाले आफ्ना पति सिंहलाई ‘अब सँगै बस्न नसकिने’ भन्दै सन्देशसमेत पठाएको स्रोतले दाबी गर्यो । उनले परिवारभित्र सम्बन्ध विच्छेद गर्ने विषयमा कुराकानीसमेत गरेकी छिन् । सिंहले भने आफू मिलेर बस्न इच्छुक रहेको खबर प्रेरणा र शाह परिवारलाई पठाएको स्रोतले बतायो ।
आफूलाई राम्रो व्यवहार नगरेको, बाहिर केटीहरूसँग हिँडेको र परिवारभित्रको व्यवहार पनि ठीक नभएको आरोप प्रेरणाले आफ्ना पतिमाथि लगाउने गरेकी छिन् ।
भदौको आन्तिमतिर प्रेरणाले पूर्वएयरहोस्टेज रश्मिला मानन्धरको घरमा गएर आफ्नो पतिको विषयमा सोधपुछसमेत गरेकी थिइन्
No comments:
Post a Comment