लज्जाहिन नेताको रसहिन अभिनय


भिम रावलले आफ्नो पालामा टेन्डर गर्न लगाएर गृह मन्त्रालयको नाममा एक करोड बढीको गाडि किनेर मन्त्रीवाट हटेपछी आफुसँगै लगे। मन्त्रालयले पटक–पटक गाडि फिर्ता माग्दा उनले लाजै पचाएर दिन्न भने। कृष्णबहादुर महरा गृहमन्त्रीहुँदा केपी ओलिले पूर्व उपप्रधानमन्त्रीका रुपमा सुविधा बाहिर गएर आफुसँगै राखेको गाडि र सुरक्षाकर्मीको लर्को फिर्ता गराउने प्रकृया शुरु गर्दा माओवादी मन्त्रीले आफ्नो शुरक्षाकर्मी हटाएर हत्या प्रयास गरेको भन्दै गर्नुसम्म स्टन्ट गरे ओलिले। भिआइपीको नाममा कानुन विपरित राज्यस्रोत दुरुपयोग गर्नेको सुविधा खोस्न सर्वोच्चले आदेश दिएपछी  उनीहरुले सुविधावापत पाएका गाडि फिर्ता शुरु गरेका छन्। तर,उनीहरुको मुहारमा पश्चाताप र ग्लानीको भाव भने देखिन्न।

 
उनीहरु पत्राकारलाई बोलाई बोलाई शानका साथ गाडि फिर्ता गरिरहेका छन्। अनी सञ्चारमाध्यमले पनि उनीहरुले महान काम गरेझै–उनले सरकारी गाडि फिर्ता गरे अनी ट्याक्सीमा गए, उनी फलानासँग लिफ्ट मागेर हिडे भन्दै प्रचार गरिरहेका छन्।


कृष्णबहादुर महरा गृहमन्त्री भएर पनि केही सुविधा नलिने पहिलो पूर्व गृहमन्त्री बने।
जुन बेला उनीहरुले राज्यस्रोतको दोहन गरेका थिए यो गलत हो भन्ने जानकार थिए। एक पटक राज्य सञ्चालनको पदमा पुगेकै आधारमा जिवनभरी राज्यस्रोतको दोहन गर्न कानुनी रुपमा मिल्दैन भन्ने जानकार थिए उनीहरु। तर, त्यसले चै लिन हुने मैले किन लिन नहुने भन्दै जसले जत्तिसक्छ त्यत्ति सुविधा लिए। कसैले गाडि लिए,कसैले शुरक्षाको बहानामा शुरक्षाकर्मीको लर्को राखे घरमै। धेरै लिन नसक्नेले पेट्रोल खर्च र चालक भनेपनी राज्यस्रोतवाटै लिए।

घैटोमा पानी भरिएपछी पोखिन्छ नै। उनीहरुको कर्तुतले घैटो भरियो। बाध्य भएर सर्वोच्च अदालतले कानुन विपरित मन्त्रीपरिषद्को निर्णय भन्दै थपिएका सुविधा तत्काल फिर्ता गर्न आदेश दियो। त्यसपछी नै उनीहरुले पहुँचको भरमा राज्यस्रोतवाट गरेको मेजमानी फिर्ता गर्न बाध्य भए। प्रष्ट छ यदी सर्वोच्च नबोलेको भए उनीहरुले देहान्तपछी त्यो सुविधा आफ्ना छोरा नातीसम्म सार्ने प्रयास गर्ने थिए।

त्यसैले, अहिले उनीहरुले राज्यको सम्पत्ति राज्यलाई फिर्ता दिएर कुनै महान काम गरेका हैनन्। त्यसैले यसले यो गर्‍यो, उसले यो गर्‍यो भन्नुको कुनै अर्थ छैन। उनीहरुमा नैतिकता एक अंश मात्र मात्र बाँकी छ भने पहुँचको आधारमा राज्यस्रोतको दुरुपयोग गरेकोमा सार्वजनिक रुपमा माफि माग्दै भोलीका दिनमा गल्ती नदोहोर्‍याउने वाचा गर्नुपर्ने हो। तर,राज्यको ढुकुटीमा तर मार्न पल्केकाहरुको मुहारमा ग्लानीको रेखासम्म पनि देखिन्न। लज्जाबोध छैन उनीहरुलाई।

सर्वहाराको ‘दिलदार’ मन

२ वर्ष दुरुपयोग गरेर पुष्पकमलले फिर्ता गरेको गाडि
मन्त्रीपपरिषद्वाट आफु अनुकुल निर्णय गराउँदै लोकतान्त्रीक शासनमा प्रधानमन्त्री बनेका झलनाथ खनाल,माधवकुमार नेपाल, प्रजातान्त्रीककालका प्रधानमन्त्री शेरबहादुर देउवा,लोकेन्द्रबहादुर चन्द, सुर्यबहादुर थापा अनी पञ्चायतकालीन प्रधानमन्त्री मरिचमान सिंहलेसम्म राज्यस्रोतको दुरुपयोग गरिरहेकै थिए। उनीहरुले लिएको सुविधाको लिष्टमा चालक सहितको सुविधासम्पन्न गाडि,पेट्रोल अनी शुरक्षाकर्मीको बाक्लो घेरा थियो।

जनताको मुक्तिका लागि लडेका,सर्वहारामा नेता भन्ने पुष्पकमल दाहालले राज्यवाट सुविधा लिन सबै पूर्व प्रमलाई पछारेका रहेछन्। अरु पूर्व प्रधानमन्त्रीले लिएझै सुविभासम्पन्न गाडि,शुरक्षाकर्मीको बाक्लो लर्को मात्रै हैन उनले राज्यस्रोतवाट घरभाडा भनेर महिनाको ८० हजार समेत लिँदै आएका रहेछन्।

लाजमर्दो विषय के भने उनले सभासद्को रुपमा पाउने भक्तामै आवास सुविधा वापतको भक्ता पनि हुन्छ। तर, उनको यसमा मात्र चित्त बुझेनछ। राज्यको ढुकटीमा पहुँच भएको मौका पारेर थप ८० हजार समेत लिन भ्याए।


भिम रावलले आफ्नै लागी एक करोड बढीको गाडि किने र आफुसँगै लगे ।
२०६६ साउन ९ गते निर्णय गराएर उनले यो आवास भक्ता लिन थालेका रहेछन्। यो आधारमा उनले अहिलेसम्म ३२ महिना ८० हजारको दरले यो सुविधा लिए। जसवापत राज्यको ढुकुटीवाट उनले २५ लाख ६० हजार चुना लगाएछन्।

सार्वजनिक पदमा बसेर कानुन विपरित आफु अनुकुल निर्णय गरेर राज्यस्रोतको दुरुपयोग गर्नु भनेको पाएको अख्तियारीको दुरुपयोग हो। जुन प्रष्ट भ्रष्टाचार हो। सर्वोच्चले गैर कानुनी रुपमा उपभोग गरिरहेका सेवा–सुविधा फिर्ता गराउन सरकारलाई आदेश दिनुको साथै फिर्ता भयो कि भएन भनेर अनुगमन गर्ने जिम्मेवारी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सर्तकता केन्द्रलाई दिनुको अर्थ पनि यही हो।

यदी अख्तियारले हिम्मत गर्ने हो भने हिजोका दिनमा यस्तो निर्णय गर्ने र निर्णय अनुसार गैर कानुनी रुपमा सुविधा उपभोग गर्ने दुबै विरुद्ध पाएको अख्तियारी दुरुपयोग गरी राज्यकोषको दुरुपयोग गरेको अभियोगमा भ्रष्टाचार मुद्धा चल्नसक्छ। यसले भोलीका दिनमा यसरी राज्यकोषको नाङो दोहन त हुने थिएन। तर,त्यो बाटोको साटो उनीहरुले गाडि फिर्ता गरेरे भनेरै हामी रमाइरहेका छौं। विचरा हामी।




पूर्वप्रधानमन्त्री झलनाथ खनाल 

  
    १.     इन्धन सुविधा २०० लिटर पेट्रोल     

    २.     बा.६च. १०२६ नं. प्राडो जीप     

    ३.     सवारी चालक - १ जना     

    ४.     नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी 

    ५.    सशस्त्र प्रहरी - १३ जना सुरक्षाका लागि 

        पछुवा गाडी र सशस्त्र प्रहरीबाट उपलब्ध

    -२०६७/१२/९ को मन्त्रिपरिषद्को निर्णयबमोजिम)



पूर्वप्रधानमन्त्री
माधवकुमार नेपाल


    १.     इन्धन सुविधा मासिक ३०० लिटर डिजेल      

    २.    बा.६च. १०३० नं. को चमेलिया जलविद्युत् आयोजनाको प्राडो जीप       

    ३.     सवारी चालक- १ जना      

    ४.     नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी     

    ५.    सशस्त्र प्रहरी बल - १३ जना सुरक्षाकर्मी 

        र आवश्यकताअनुसार इन्धन 

    ६.    टाटा टेल्को गाडी - १ थान 

        -सशस्त्र प्रहरी बलबाट)

    -२०६१/८/२१  र २०६७/१२/९ को 

    मन्त्रिपरिषद्को निर्णय बमोजिम)



पूर्वप्रधानमन्त्री 
पुष्पकमल दाहाल 


    १.     २०६६ जेठ महिनादेखि आवास सुविधा मासिक रु. ८०,०००/-    

    २.     प्र.म. कार्यालयबाट एउटा गाडी उपलब्ध गराइएको चमेलिया जलविद्युत् आयोजनाको     

        १०२९ नं. को प्राडो जिप  

    ३.     सुरक्षा -पछुवा) का लागि माज्दा गाडी सशस्त्र

        प्रहरी बलबाट उपलब्ध गराइएको

    ४.     नेपाल प्रहरीबाट सुरक्षा प्रयोजनका लागि

        बा.१.झ. ५५९९ नं. को सवारी साधन र

        सोका लागि ३५० देखि ४०० लिटर मासिक

        रूपमा इन्धन

    ५.    नेपाल प्रहरीबाट २६ जना सुरक्षाकर्मी

    ६.    सशस्त्र प्रहरी बलबाट ४५ जना सुरक्षाकर्मी र

        आवश्यकताअनुसार इन्धन  

    -२०६१/८/२१ र २०६६/४/९ को मन्त्रिपरिषद्को 

    निर्णय बमोजिम)



पूर्वप्रधानमन्त्री 
शेरबहादुर देउवा  

     १.     इन्धन सुविधा मासिक २०० लिटर डिजेल     
     २.     सुरक्षा -पछुवा) गाडीको लागि १०० लिटर  डिजेल र १ लिटर मोबिल मासिक उपलब्ध    

        गराइएको  

    ३.    सुरक्षा -पछुवा) का लागि पिकअप नं. ७५१४

        -गृह मन्त्रालयको) 

    ४.    सरकारी साधन चमेलिया जलविद्युत् 

        आयोजनाको बा.६च. को प्राडो जीप  

    ५.     सवारी चालक - १ जना

    ६.    नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी 

    ७.     सशस्त्र प्रहरी बल - २० जना सुरक्षाकर्मी 

        -२०६१/८/२१ को मन्त्रिपरिषद्को निर्णयका

        आधारमा उपलब्ध गराइएको)



पूर्वप्रधानमन्त्री 
लोकेन्द्रबहादुर चन्द    

    १.     इन्धन सुविधा मासिक २०० लिटर डिजेल    २०६१/८/२१ को  

    २.     ९१४५ नं. को सवारी साधन युवा तथा     मन्त्रिपरिषद्को निर्णयका 

        खेलकुद मन्त्रालयबाट उपलब्ध गराइएको     आधारमा उपलब्ध गराइएको    

    ३.     सवारी चालक - १ जना

    ४.    नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी 

    ५.     सशस्त्र प्रहरी बल - १३ जना सुरक्षाकर्मी 

    ६.     टाटा टेल्को गाडी -सशस्त्र प्रहरी बलबाट)             



पूर्वप्रधानमन्त्री     १.     सुरक्षामा खटिएका पछुवाका लागि इन्धन    २०६१/८/२१ को 

सूर्यबहादुर थापा        सुविधा मासिक १०० लिटर डिजेल र १    मन्त्रिपरिषद्को निर्णयका

        लिटर मोबिल उपलब्ध गराइएको      आधारमा उपलब्ध गराइएको

    २.    नं. १६०२ को ने.वि.प्रा. को सवारी साधन

        प्रयोगमा रहेको  

    ३.     सुरक्षा -पछुवा) को लागि पिकअप नं. ७३६८

        -गृह मन्त्रालयको) 

    ४.    मासिक इन्धन २०० लि. डिजेल उपलब्ध

        गराइएको  

    ५.     सवारी चालक - १ जना 

    ६.     नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी 

    ७.     सशस्त्र प्रहरी बल - १४ जना सुरक्षाकर्मी 



पूर्वप्रधानमन्त्री    १.     नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी  

मरिचमान सिंह



पूर्वउपप्रधानमन्त्री    १.     मासिक इन्धन २०० लिटर डिजेल     २०६१/८/२१ को     

एवं गृहमन्त्री     २.     बा.१झ. ५५२१ को कार     मन्त्रिपरिषद्को निर्णयका        

वामदेव गौतम    ३.     बा.१झ. ८२५६ नं. को माज्दा गाडी सुरक्षा    आधारमा उपलब्ध 

        -पछुवा) को लागि -सशस्त्र प्रहरी बलबाट)     गराइएको 

        र आवश्यकताअनुसार इन्धन 

    ४.     सवारी चालक - १ जना 

    ५.     नेपाल प्रहरी - ३ जना सुरक्षाकर्मी 

    ६.     सशस्त्र प्रहरी बल - १४ जना सुरक्षाकर्मी 



पूर्वउपप्रधानमन्त्री    १.     बा.१झ. ६५१९ को पिकअप सुरक्षा र -पछुवा)     २०६१/८/२१ को 

एवं गृहमन्त्री         का लागि -सशस्त्र प्रहरी बलको)     मन्त्रिपरिषद्को निर्णयका 

के.पी. शर्मा     २.     बा.५च. ४७१८ नं. को प्याट्रोल निसान जीप     आधारमा उपलब्ध 

ओली     ३.     सवारी चालक - १ जना     गराइएको 

    ४.     नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी 

    ५.     सशस्त्र प्रहरी बल - १७ जना सुरक्षाकर्मी 

        र उनीहरूका लागि इन्धन 



पूर्वउपप्रधानमन्त्री    १.     नेपाल प्रहरी - ३ जना सुरक्षाकर्मी 

सुजाता कोइराला



पूर्वउपप्रधानमन्त्री    १.     सशस्त्र प्रहरी बल - १० जना सुरक्षाकर्मी 

कृष्णबहादुर महरा



पूर्वगृहमन्त्री     १.     बा.७च. ७३०४ नं. को सवारी साधन     २०६१/८/२१ को 

पूर्णबहादुर         -भौतिक योजना तथा निर्माण मन्त्रालयको)    मन्त्रिपरिषद्को निर्णयका

खड्का        प्रयोगमा रहेको      आधारमा उपलब्ध

    २.     सवारी चालक - १ जना     गराइएको 

    ३.    नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी 

    ४.     सशस्त्र प्रहरी बल - १३ जना सुरक्षाकर्मी 



पूर्वगृहमन्त्री     १.     मासिक इन्धन २०० लिटर डिजेल     २०६१/८/२१ को 

कृष्णप्रसाद     २.     २९९४ नं. को जीप -भौतिक योजना तथा     मन्त्रिपरिषद्को निर्णयका

सिटौला        निर्माण मन्त्रालयको) प्रयोगमा रहेको      आधारमा उपलब्ध 

    ३.     सवारी चालक १ जना     गराइएको 

    ४.     नेपाली प्रहरी - ३ जना सुरक्षाकर्मी 

    ५.     सशस्त्र प्रहरी बल - १० जना सुरक्षाकर्मी 



पूर्वगृहमन्त्री     १.     इन्धन सुविधा मासिक २०० लिटर डिजेल 

भीमबहादुर     २.     बा.१झ. ५५५५ नं. को पजेरो जीप र सवारी

रावल        चालक १ जना 

    ३.     नेपाल प्रहरी - ६ जना सुरक्षाकर्मी 

    ४.     सशस्त्र प्रहरी बल - १५ जना सुरक्षाकर्मी र 

        आवश्यकता अनुसार इन्धन  

    ५.     टाटा टेल्को -सशस्त्र प्रहरी बलबाट) 



पूर्वगृहमन्त्री     १.     नेपाल प्रहरी - ४ जना सुरक्षाकर्मी 

खुमबहादुर     २.     सशस्त्र प्रहरी बल - ८ जना सुरक्षाकर्मी 

खड्का 



पूर्वगृहमन्त्री बुद्धिमान तामाङ     १.     नेपाल प्रहरी - १ जना सुरक्षाकर्मी 

पूर्वगृहमन्त्री निरन्जन थापा    १.     नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी  

पूर्वगृहमन्त्री कमल थापा    १.     नेपाल प्रहरी - ३ जना सुरक्षाकर्मी 

पूर्वगृहमन्त्री दानबहादुर शाही     १.    नेपाल प्रहरी - १ सुरक्षाकर्मी 

पूर्वगृहमन्त्री गोविन्दराज जोशी     १.    नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी 

    २.     सशस्त्र प्रहरी बल - ७ जना सुरक्षाकर्मी 

पूर्वअर्थमन्त्री रामशरण महत     १.     सशस्त्र प्रहरी बल - १ जना सुरक्षाकर्मी 

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे     १.     सशस्त्र प्रहरी बल - १ जना सुरक्षाकर्मी 

पूर्वऊर्जामन्त्री प्रकाशशरण महत    १.    सशस्त्र प्रहरी बल - ३ जना सुरक्षाकर्मी 

पूर्वमुख्यसचिव लोकमानसिंह कार्की     १.     नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी 

पूर्व रा.अ.वि. प्रमुख देवीराम शर्मा    १.    सशस्त्र प्रहरी बल - ५ सुरक्षाकर्मी 

पूर्व स.प्र.म.नि. वासुदेव वली     १.     सशस्त्र प्रहरी- ५ जना सुरक्षाकर्मी

    २.     टाटा सुमो - १ थान

पूर्व स.प्र.म.नि. सनतकुमार बस्नेत    १.     सशस्त्र प्रहरी- ७ जना सुरक्षाकर्मी 

    २.     टाटा सुमो - १ थान 

पूर्व स.प्र.म.नि.    १.     सशस्त्र प्रहरी- ७ जना सुरक्षाकर्मी 

किशोरकुमार लामा    २.     टाटा सुमो - १ थान         


No comments:

Post a Comment