दुई नेपाली महिला अन्तर्राष्ट्रिय गिरोहमा लागेर करोडपति


काठमाडौं, पुस साधरण लेखपढ मात्र जान्ने दुई  नेपाली अन्तर्राष्ट्रिय गिरोहमा लागेर करोडपनि बनेका छन्। एक महिला भारतमा जातिय राज्य माग्दै सशस्त्र गतिविधि गर्दै आएका निरञ्जन होजाईसँग बिहे गरेर अर्की एक महिला पाकिस्तानमा बसेर लागूऔषधको कारोबार गर्ने पाकिस्तानी गिरोहसँग मिलेर करोडपति भएका हुन्। होजाईसहित बिहे गर्ने सरिता खत्री पक्राउ परेकी छिन् भने पाकिस्तानी गिरोहमा आबद्ध गोपी लामा भने फरार नै छिन्। सिन्धुपाल्चोककी सरिता खत्री राई त्यसरी होजाईसँग बिहे गरेकी हुन्। सामान्य गाउँकी कमजोर आर्थिक अवस्थाकी उनी पछि रातारात करोडपति बनेकी थिइन्। उनको नाममा तीन करोडको घर तथा महंगा गाडी भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान थालेको छ।
   

होजाईकी श्रीमतीको नाममा सिंगापुरबाट लाख अमेरिकी डलर आएको देखिएपछि प्रहरीले सम्पत्ति शुद्धीकरण अर्न्तगत कारबाहीका लागि राईलाई दुई साताअघि पक्राउ गरेको थियो। उनलाई पक्राउ गरी अनुसन्धान गर्दा होजाईएको सहयोगी समूह समेत नेपालमा रहेको निष्कर्षमा प्रहरी पुगेको छ। तर लामो प्रयास गर्दा पनि प्रहरीले उनीहरूलाई भने समात्न सकेको छैन। होजाई भारतको आसाम छत्तिसगढमा छुट्टै राज्यको माग गर्दै सशस्त्र गतिविधि गर्दै आएको ब्लाकविडो भनिने डिमा हावोलाम डाओगा (डिएचडि जिवेल समूह)का कमाण्डर हुन्। भारतीय सरकारले  'मोष्ट वान्टेड' सूचिमा राखेपछि उनी नेपाल करिब तीन वर्षअघि नेपाल आएकोमा गत असारमा नेपाल प्रहरीले पक्राउ गरी भारतलाई बुझाएको थियो। भारतीय प्रहरीहरूसँगको सहकार्यमा होजाईको बारेमा अनुसन्धान गर्दै आएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अधिकारीका अनुसार नेपाल आएपछि आफूलाई सुरक्षित बनाउन उनले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट निर्मल राईको नाममा नेपाली नागरिकता लिएका थिए।  त्यही नागरिकताको आधारमा पासपोर्ट लिएर  परिचय बदली भूमिगत गतिविधिमा सक्रिय भएका थिए। नेपाललाई आधारभूमि बनाएर त्यसरी उनले पाँच वर्ष भूमिगत भएकोमा भारतीय अधिकारीहरूको सूचनाको आधारमा उनलाई सिंगापुरबाट नेपाल आउदै गर्दा गत असारमा नेपाल प्रहरीले पक्राउ गरी गोप्य रुपमा भारतीय प्रहरीलाई सुम्पेको थियो। 

सिआईबीका अधिकारीका अनुसार नागरिकता दिलाउनेदेखि नै उनलाई नेपालको एउटा समूहले सहयोग गरेको देखिएको छ। प्रहरी अधिकारीका अनुसार नागरिकता मिलाइदिनेदेखि सिन्धुपाल्चोककी सरिता खत्रीसँग विवाह गरिदिनेसम्मको प्रबन्ध नेपालकै एक समूहले मिलाइदिएको थियो। त्यसमा एकजना बिष्ट थरका व्यक्ति भएको खुले पनि विस्तृत आउन नसकेको सिआईबी स्रोतले बतायो। पक्राउ परेकी सरिताले पनि प्रहरीसँग पनि निकै चलाखीपूर्वक आफूलाई केही थाहा नभएको बयान दिएकी छिन्। उनलाई अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण ऐनअनुसार सम्पत्ति शुद्धिकरण अनुसन्ध्ाान विभागले बिशेष अदालतबाट म्याद थप गरी  थुनामा राखेको छ।

डिमासा जातीको लागि स्वतन्त्र राज्यको माग गरेर सशस्त्र गतिविधि गर्दै आएको  होजाईको संगठनले रेल तथा यात्रुवहाक बस समेत जलाउन थालेपछि भारतीय सरकारले उसलाई आतंकवादीको रुपमा व्यवहार गर्दै आएको छ। त्यसकारण एभरेष्ट बैंकमा सरिताको नाममा भेटिएको रकम आतंकवादी लागनीको रकम भएको भन्दै भारतीय दुतावासले पत्राचार गरेपछि होजाईको बारेमा छानबिन सुरु भएको हो।  डिएचडी प्रमुख रहेका जिवेल गोरलोस पक्राउ परेपछि होजाईले आफूलाई त्यसको प्रमुख भएको दाबी गर्दै आएका छन्। सो संगठनले सरकारसँग पटक पटक शान्तिवार्ता समेत गरेपछि सहमति हुन सकेको छैन। तीन वर्ष अगाडि उनी होजाई स्वयम्ले आसामका मुख्यमन्त्री तरुण गोगाईलाई हतियार बुझाएका थिए। तर त्यसबेला वार्तामा सहमति नभएपछि उनी भूमिगत भई नेपाल आएर गोप्य गतिविधि चलाउँदै आएका थिए। हाल पनि सो संगठनले सरकारसँग वार्ता गरिरहेको भारतीय संचारमाध्यमहरूले बताएका छन्। 

होजाईले पाँच कक्षा मात्र पढेको सिन्धुपाल्चोक घर भई काठमाडौं बस्ने निम्न आर्थिक अवस्था भएकी सरितालाई बिहे गर्नुको पछाडि सम्पती लुकाउने प्रमुख मनसाय रहेको प्रहरी अधिकारीको भनाई छ। जोरपाटीमा १३ आना जग्गामा बनेको आलिसान दुई तल भवन सरिताको आमाको नाममा होजाईले पासा गरेका थिए। सोही घरमा होजाई बस्दै आएका थिए। प्रहरी अधिकारीका अनुसार पाँच तारे होटलमा भन्दा पनि सो घरमा राम्रो सजावट गरिएको छ। त्यसैगरी सरिताको नाममा रहेको दुईवटा महंगा गाडि पनि बरामद गरिएको छ। सिआईबीका निर्देशक डिआईजी उपेन्द्रकान्त अर्याल पनि सबै सम्पती सरिता उनको आमाको नाममा रहेकाले सम्पती लुकाउनकै लागि बिहे गरेको हुनसक्ने आशंका गछन्। थप अनुसन्धान गरी केही दिन पनि घटनाको विषयमा सार्वजनिक गरिने उनको भनाइ छ।  होजाईले सिंगापुर, बैंकक मलेसियाबाट पटक पटक रकम भित्राएको देखिन्छ। सो रकम उनले फिराती लगायतका अपराधिक गतिविधिबाट आर्जन गरेको हुनसक्ने प्रहरी अधिकारीको भनाई छ। निर्मल राईको नाममा लिइएको पासपोर्ट लिएर उनी पटक पटक सिंगापुर, मलेसिया बैंकक गएको भेटिएको छ। पक्राउ परेकी सरिताले भने व्यापारको सिलसिलामा उनी निर्मल (निरञ्जन) बिदेश जाने गरेको बयानमा बताउने गरेकी छिन्। सरिताको नाममा रहका सम्पती सुरुमा निर्मलको नाममा खरिद गरेर पछि नामसारी गरिएको भेटिएको छ। उनीहरूले काठमाडौं महानगरपालिकामा विवाह दर्ता गरेको प्रमाण पनि प्रहरीले फेला पारेको छ। 

सरिताको नाममा सिंगापुरबाट दुई लाख डलर आएपछि प्रहरीले अनुसन्धान थालेकोमा उनको नाममा थप बैंकहरूमा खाता भेटिएको छ। सरिताको नाममा स्टान्डर्ड चार्टर्ड बैंकमा पनि खाता भेटिएको सिआईबी निर्देशक डिआईजी अर्यालले बताए। उक्त खातामा भने / लाख रकम मात्र भेटिएको छ। अन्य बैंकमा पनि शंकास्पद खाता भेटिएको छ। स्टान्डर्ड चार्टर बैंकमा रहेको खाताबाट भने पटक पटक कारोबार भएको देखिएको छ। त्यसैगरी सरिताको नाममा खरिद गरिएको लाखौं रुपैयाका कतिपय जग्गा भने बिक्रि गरिसकिएको देखिएको छ। सिआईबीले अनुसन्धानका लागि निर्मल राई सरिता राईको नाममा रहेको जग्गा रोक्का गर्न भूमिसुधार व्यवस्था विभागलाई बैंक तथा फाइनान्समा रहेको खाता बन्द गर्न राष्ट्र बैंकलाई पत्राचार गरिसकेको छ। 

त्यसैगरी गाउँमा हुर्केकी एक निरक्षर नेपाली महिला लागूऔषध कारोबारको अन्तराष्ट्रिय गिरोहमा आबद्ध भई ठूलो परिणाममा सेतो हेरोइनको कारोबारमा सक्रिय रहेको पाइएको छ। नेपाललाई ट्रान्जिट बनाएर लागूऔषधको कारोबार गर्ने धादिङकी गोपी लामालाई विगत वर्षदेखी प्रहरीले खोजी गरेपनि उनलाई पक्राउ गर्न सकेको छैन।  पछिल्लो समयमा पनि आफ्ना सहयोगीहरू परिचालन गरेर ठुलो परिणाममा लागू औषधको कारोबारमा उनी सक्रिय रहेको प्रहरीले जनाएको छ। नेपाललाई ट्रान्जिट बनाएर लागूऔषधको कारोबार गर्ने तामाङ प्रमुख व्यक्ति भएको लागूऔषध नियन्त्रण कानुन कार्यान्वायन इकाईका प्रहरी बरिष्ठ उपरीक्षक(एसएसपी) नवराज सिलवाल बताउछन्। 

 
गत महिनामात्र तामाङकी सहयोगी फुलमाया तामाङ २० ग्राम सेतो हेरोइनसहित पक्राउ परेपति उनी सक्रिय रुपमा कारोबारमा लागेको प्रहरीको निष्कर्ष छ। गत चैत महिनामा उनकै तीनसहयोगी लागूऔषध कारोबार वापतको २७ लाख रुपैयाँसहित पक्राउ परेका थिए। गोपीका सहयोगीहरू पटक पटक नेपालमा पक्राउ परेकाले उनी कारोबारमा सक्रिय रहेको एसएसपी सिलवाल बताउछन्। धादिङको दार्खा विल्चेत स्थायि घर भएकी तामाङ मुसा नामका एक नाइजेरियन नागरिकसँग दोस्रो बिहे गरेकी छिन्। पाकिस्तानको लाहोरमा बसेर लागूऔषध कारोबारीको अन्तराष्ट्रिय गिरोहको नेतृत्वमा बसेर उनले ओसारपसारको काम गर्दै आएको प्रहरी अधिकारीहरू बताउछन्।  लागूऔषध कानुन कार्यान्वायन इकाईका डिएसपी रवीन्द्र रेग्मीका अनुसार तामाङ विगत / वर्षदेखी लागूऔषधको कारोबारमा संलग्न छिन्। तर पनि उनी हालसम्म पक्राउ परेकी छैनन्। प्रहरीले पटक पटक उनलाई पक्राउ गर्ने प्रयास गरेपनि त्यसबारे थाहा पाई उनी नेपाल नै आउन छाडेको प्रहरी अधिकारीहरू बताउँछन्। 

२०६५ साल चैतमा  धादिङको सतीदेवीकी मुइस्याङ तामाङ पक्राउ परेपछि प्रहरीले गोपीको बारेमा पहिलोपटक जानकारी पाएको थियो। मुइस्याङलाई प्रहरीले एक सय ५४ ग्राम सेतो हेरोइनसहित पक्राउ गरेका थिए। त्यसपछि पक्राउ परेका धादिङका धेरै व्यक्तिले आफुले गोपी तामाङका लागि काम गर्दै आएको बताउने गरेका छन्। मुइस्याङलाई पाँच वर्ष कैद सजाय भोगीरहेकी थिइन्। उनी मात्र नभई एक गोपीका सहयोगी हाल जेलमा रहेको केही जेलबाट छुटीसकेका छन्। कतिपय जेलबाट छुटेपछि पनि पुन लागूऔषध कारोबारमै संलग्न भएर पक्राउ पर्ने गर्छन

प्रहरीका अनुसार उनले गाउँका महिलामार्फत पाकिस्तानमा कारोबारवापतको रकम उता लैजाने त्यहाबाट लागूऔषध बोकाएर पठाउने गरेकी छिन्। प्रहरीका अनुसार कारोबारबापतको डलरको क्याम्पुल बनाएर खाई पेटमा राखेर पाकिस्तान पुर्‍याइने गरिन्छ भने पाकिस्तानबाट सेतो हेरोइन पनि त्यही तरिकाबाट काठमाडौं ल्याउने गरिएको छ।

No comments:

Post a Comment