पर्वत चैत २९
नेपाल प्रहरीको सार्वधिक खोजीको सुची मोस्ट वान्टेड मा रहेका युनिटी लाइफ इन्सोरेन्सका प्रबन्धक विष्णुबहादुर क्षेत्रीको नाममा जारी भएको मोटरसाइकल चेक जाँचका क्रममा प्रहरीले पक्राउ गरेको छ ।
पर्वतको आर्थर डाँडाखर्क गाविस ३ घर भएका क्षेत्रीको नाममा जारी भएको बा २९ प १७४५ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल पर्वतकेा डिमुवा प्रहरी चौकीले चेकजाँचका क्रममा पक्राउ गरेको हो । मोटरसाइकलमा रहेको इन्जिन नम्बर र सवारी धनी प्रमाणपत्रमा उल्लेखित नम्बर बाँझिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त मोटरसाइकलको इन्जिन नम्बर ८३९२७ रहेको छ भने सवारी धनी प्रमाणपत्रमा ८३९३७ रहेको छ ।
प्रहरीले धादिङ जिल्ला घर बताउने प्रदिपकुमार मानान्धरले चलाएको अवस्थामा पक्राउ गरेको थियो । मोटरसाइकलको यथार्थ विवरण पठाउन सम्बन्धित यातयात कार्यालयलाई पटक पटक अनुरोध गरेपनि बेवास्ता गरेको र उल्टै धम्कीपूर्ण भाषा प्रयोग गरेको डिमुवा प्रहरी चौकी पर्वतका इाचार्ज प्रहरी सहायक निरिक्षक डोरबहादुर खड्काले बताउनुभयो । खड्काले बताए अनुसार ९८५१०५३१५१ नम्बरको मोबाइलबाट छोड्न दबाब दिँदै धम्की भाषा प्रयोग गरेको खड्काले बताउनुभयो ।
प्रहरीले क्षेत्री लगायत फेदिखोला ६ स्याङजाका प्रसाद भनेर चिनिने काशिराम गुरुङ आर्थर डाँडा खर्क ३ पर्वतका कृष्णबहादुर क्षेत्री बाग्लुङका महेन्द्र केसी र मोरङ ५ का विश्वनाथ गौतमलाई एउटै सुचीमा राखेको छ । उनीहरु विरुद्ध विना इजाजत बैंक तथा वित्तिय संस्था साचालन गरेको बैंकिङ कसुर र ठगी मुद्दा चली भइरहेको छ ।
No comments:
Post a Comment