मन्त्रीकी पत्निद्वारा अर्कै पुरुषसँग यौन सम्बन्ध


बैश र यौन भन्ने चीज पनि कस्तो रहेछ । जसलाई कसैले छेक्न र रोक्न नसक्ने । जो जसँग यौन तिर्खा मेट्न चाह्यो उसैलाई रोज्ने । १८ बर्षको युवकले ४५ वर्षेकी आइमाइसँग सम्बन्ध जोड्ने । अनि १५ वर्षे बालिकाले ५० वर्षे बृद्धलाई रोज्ने यस्तै मन्त्रीका पत्निले पनि अर्कै परपुरुषसँग सम्बन्ध राख्ने घटना ।
क्रान्किारी पार्टीका युवा नेता मानिने स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीकी श्रीमति सिमा भनिने योगमाया रायमाझी अर्कै परपुरुषसँग यौन सम्बन्ध राख्दै उसैसँग जीवन जीउने अवस्थामा पुगेको रहस्य खुलेको छ । योगमायाले बुटवल लक्ष्मीनगर बस्ने रामबहादुर कार्कीसँग दोश्रो विवाह गरेको र कार्कीले खान लाउन नदिएको भन्दै रुपन्देही जिल्ला अदालतमा मुद्दा हालेबाट यो घटनाको रहस्य खुलेको हो । बि।सं। २०४५ सालमा रायमाझीसँग प्रेम विवाह गरेकी योगमायाले कार्कीसँग बि।सं। २०६२ सालदेखि प्रेम सम्बन्ध रहेको र आफूले ३र४ महिनाअघि मात्र कार्कीसँग विवाह गरेको बताउनु भएको छ । तर 
simaaयोगमायाले अहिले स्थानीय विकास मन्त्री रहेका टोपबहादुरसँग सम्बन्ध विच्छेद गर्नुभएको छैन । टोपबहादुर काठमाण्डौंमा बस्दै आए पनि एकीकृत नेकपा माओवादीको अवैध राज्य समितिकी सदस्य समेत रहेकी योगमाया भने बुटवलमा एक्लै बस्दै आएकी छिन् । कार्कीसँग अंश माग्दै अदालतमा मुद्दा दायर गरेपछि अवध राज्य समितिले पार्टीको साधारण सदस्य समेत नरहने गरी योगमायालाई पार्टीबाट निष्कासन गरेको छ । योगमायाले कार्कीसँग बि.सं. २०६२ सालदेखि प्रेम सम्बन्ध रहेको जानकारी पार्टीलाई गराएको माओवादी श्रोतले जनाएको छ ।
योगमायाले पति दावी गर्दै उजुरी हालेका कार्की सामान्य नागरिक हुनुहन्छ । कार्कीले आफू टोपबहादुरको पिए भएको दावी गर्दै केही समय अघि काठमाण्डौंमा कोठा लिएर पनि योगमायालाई राख्नु भएको थियो । माओवादी अवध राज्य समिति श्रोतका अनुसार पार्टी र टोपबहादुर रायमाझीको नामको दुरुपयोग गरेको र पार्टी हित विपरित काम गरेको भन्दै पार्टीले योगमायालाई यसअघि पनि सचेत गराएको थियो ।
टोपबहादुर रायमाझी भूमिगत रहेको बेला दिल्ली जाँदा बि।सं। २०४० को दशकमा योगमायासँग भेट भएको थियो । लाहुरेकी छोरी योगमायाले मन पराए पछि २ जनाबीच बि।सं। २०४५ सालमा दिल्लीमा प्रगतिशिल विवाह भएको थियो । हाल योगमायाका एक छोरा र एक छोरी छन् ।

No comments:

Post a Comment