प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहने यो कक्षमा २४ सै घण्टा सातै दिन सहसचिवको सुपरिवेक्षण रहने छ । चार सिफ्टमा सञ्चालन हुने कक्षमा हरेक सिफ्टमा उपसचिव एक, टेलिफोनमा दुईजना, कम्प्युटर अपरेटर एक र कार्यालय सहयोगी एक गरी पाँच जनाको जनशक्ति रहने प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
यस कक्षमा गुनासा, माग तथा सुझावका लागि निःशुल्क टेलिफोन नम्बर ११११ र १११० नम्बरको फ्याक्सको व्यवस्था गरिएको छ । यसरी आएका सुझावलाई सोही माध्यमबाटै यथासम्भव सुनुवाई हुनेछ । त्यस्तै गुनासा, माग तथा सुझावलाई इमेल तथा एसएमएसबाट पनि राख्न सकिनेछ । हेलो सरकार कक्ष प्राप्त गुनासा तथा सुझावलाई तत्काल सम्बन्धित मन्त्रालयमा पठाउने तथा सुनुवाई गर्ने व्यवस्था समेत गरिएको छ । यस्तो अवस्थामा सम्बन्धित मन्त्रालयका अधिकारीबाट सम्बोधन नभए वा लापरवाही भए तत्काल विभागिय कारवाहीका लागि सिफारिस गर्न सक्ने समेत अधिकार प्रदान गरिएको छ ।
No comments:
Post a Comment