माओवादीभित्र सल्कियो यौन काण्ड

भनिन्छ, युद्धले पराजित गर्न नसकेको व्यक्तिलाई स्त्रीको आशक्तिले क्षणभरमा पगाल्छ। युद्धकालमा एकीकृत नेकपा माओवादीका नेता–कार्यकर्ताहरुले यस 'कोटेशन' लाई पटक–पटक उच्चाहरण गर्दथे। भोगवादी सोंच र चेतबाट जोगिनु पर्दछ भन्ने मान्यतामा उनीहरुले यस्ता अभिव्यक्तिहरु दिने गरेका थिए। तर, जे प्रशिक्षण दिएर नेता–कार्यकर्ताहरुलाई अनैतिक मामिलाबाट टाटै राख्न खोजे पनि 'हावाले भरिएको बललाई जति जमिनतिर दबाउन खोजिन्छ उति आकाशतिर उफ्रन्छ' भन्ने वैज्ञानिक सत्य माओवादीमा पनि लागू नहुने कुरै भएन। माओवादी नेताहरु यौन आशक्तिलाई जति दबाउनु पर्छ भन्ने दवाव दिन्थे, त्यति–त्यति त्यस पार्टीका शीर्ष नेता–कार्यकर्ताहरु नै यौनकाण्डमा मुछिएर कारवाहीमा परिरहेका घटनाहरु धेरै छन्। कतिपय अवस्थामा सहकर्मीहरुको राजनीतिक भविष्यलाई सिध्याउनु पर्योर भने पनि यौन काण्डलाई मुद्दा बनाउने वा उचाल्ने कोसिस गरियो माओवादीमा। लुतोभन्दा चर्को रुपमा देखिएको यौनको रोग एमाओवादीमा यद्यपि फैलिइरहेको छ।

केही दिनयता एमाओवादीका दुई युवा नेताहरु विवादमा तानिएका छन्। सभासद्जस्तो गरिमामय पदमा रहेका, माओवादीमा दोस्रो पुस्ताका आशा लाग्दा र भर पर्दा नेताका रुपमा हेरिएकाहरुले समेत यौन मामिलामा आफूलाई नियन्त्रण गर्न नसकेको घटना प्रस्तुत गरिँदैछ। एमाओवादीका दोस्रो पुस्ताका केही नेताको यौनप्रति आशक्तिले यस्तै प्रश्न उब्जाइदिएको छ। उनीहरु हुन् सभासद् टेकेन्द्र भट्ट र पूर्व विद्यार्थी नेता लेखनाथ न्यौपाने। स्रोतहरुका अनुसार संविधानसभामा प्रवेश गरेयता एक दर्जनभन्दा बढी माओवादी सभासदहरु यौन काण्डमा मुछिइसकेका छन्। तीमध्ये कतिपयलाई आन्तरिक कारवाही गरिएको छ भने कतिपयको मुद्दा गुपचुप मिलाउने प्रयत्न गरिएको छ। पर्वतबाट प्रत्यक्ष निर्वाचित माओवादी सभासद् गुणाखर बस्यालले त यौन काण्डकै कारण सभासद् पद नै त्यागिसकेका छन्। जीवनभर आफूले त्याग गरेको पार्टी र संविधान बनाउने गहन दायित्व पाएर निर्वाचित भएको सभासद्जस्तो व्यक्ति नै पद त्याग्न तयार हुनुले माओवादीभित्र यौनकाण्ड कति भयावह रहेछ भन्ने तथ्य खुलाउँछ।  
एमाओवादी कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित सभासद् तथा कञ्चनपुर जिल्ला इन्चार्ज टेकेन्द्र भट्ट पनि यौन काण्डमा बेलाबखत चर्चामा आउने नेता हुुन्। भट्टले अघिल्लो महिनामात्र दोस्रो विवाह गरेका छन्। जनवादको गुड्डी हाँक्ने सभासद्ले भारतको हरिद्धार पुगेर हिन्दू परम्पराअनुसार विवाह गरेका हुन्। स्रोतका अनुसार भट्टले कञ्चनपुर जिल्लाको सुन्दरपुर गा.वि.स. निवासी दिव्यश्वरी मैयासँग दोस्रो लगनगाँठो कसेका हुन्। युद्धकालमा नै भट्टको विवाह रेणु चन्दसँग भएको थियो। उनीहरुकी एक छोरीसमेत छन्। रेणु पनि एमाओवादी डोटी जिल्ला इन्चार्ज र संविधानसभा निर्वाचनमा बैतडी क्षेत्र नम्बर २ बाट निर्वाचित सभासद् हुन्। झण्डै चार वर्षदेखि भट्ट र रेणुबीचको सम्वन्धमा तिक्तता आएको थियो। तीन महिनाअघि मात्र उनीहरुबीच औपचारिक सम्वन्ध बिच्छेद भएको थियो। जेठी श्रीमतीसँग सम्वन्ध बिच्छेद भएको महिना नबित्दै भट्टले अर्को विवाह गरेको समाचार स्रोत बताउँछ। उनले भट्टलाई सचेत गराउन पार्टीमा पटक–पटक निवेदनसमेत दिएकी थिइन। केही महिलासँग रंगेहात्त पक्राउ गरेकोले भट्टसँग मिलेर बस्न नसक्ने रेणुको दलिल थियो।  यता भट्टले भने रेणुलाई तेस्रो लिंगी भएको आरोप लगाएका थिए। स्रोतका अनुसार भट्टले आफूलाई रेणुबाट यौन सन्तुष्टी मिल्न नसकेको कुरा निकटस्थहरुसँग बताउने गरेका थिए।  
'संसदीय व्यवस्थामै आउनु थियो भने हामीले हिजो गल्ती गर्यौंन। जनताको सत्ता स्थापना यानेकी नयाँ जनवाद हुँदै समाजवादमा पुग्ने हो भने आज गल्ती गर्दै छौं।' माओवादीको सबैभन्दा जुझारु भनिएको भातृ संगठन अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपानेले हिजो अर्थात् फागुन १ गते बिहान ८ बजेर ४७ मिनेटमा आफ्नो फेसबुक स्टाटसमा लेखे। उनको यो लेखाइले न्यौपाने क्रान्ति र परिवर्तनप्रति असाध्यै चिन्तित रहेको देखाउँछ। तर, उनको जीवनको पाटा पक्षलाई नियाल्ने हो भने न्यौपाने पनि क्रान्तिप्रति भन्दा यौनप्रति नै बढी आशक्त रहेको पाइन्छ। युद्धकालमै न्यौपानेको विवाह उर्मिला अधिकारी नाम गरेकी एक विद्यार्थी नेतृसँगै भएको थियो। विवाह गरेको लामो समय नबित्दै अधिकारीलाई तत्कालीन शाही नेपाली सेनाले बारामा हत्या गरिदियो। त्यसबेला श्रीमतीको हत्यबाट न्यौपाने यति विक्षिप्त भएका थिए कि शायद पौराणिक युगका महादेव सतीदेवीको मृत्युमा त्यति चिन्तित भएका थिएनन् होला। अधिकारीको सम्झनामा न्यौपानेले पुस्तक नै लेखेका थिए। मामिला यौन सम्बन्धको न पर्योि। प्राकृतिक आवश्यकता कसलाई महसुस हुन्न र। त्यसैले शान्ति प्रक्रियामा आएलगतै अधिकारीको पीडालाई भुल्न पनि हुनसक्छ, न्यौपानेले हेटौडाकी आस्था घिमिरेसँग दोस्रो विवाह गरे। उनीहरुको उमेर १५ वर्षभन्दा बढी अन्तर थियो। विवाह गरेको वर्ष दिनभित्रैमा न्यौपाने र घिमिरेको छोरा पनि जन्मिए। विद्यार्थी संगठनले नै न्यौपाने–घिमिरेको विवाहको व्यवस्थापन गरिदिएको थियो कंलकीस्थित एक क्याटरिङमा। तर न्यौपानेले पनि अघिल्लो महिनानै घिमिरेसँग औपचारिक सम्वन्ध बिच्छेद गरेका छन्। स्रोतका अनुसार विवाहित तर वैध श्रीमानसँग छुट्टिएर बस्दै आएकी एक युवतीको प्रेम चक्करमा परेपछि न्यौपानेले घिमिरेसँगकेा सम्बन्ध टुटाएका हुन्। यद्यपि उनीहरुबीच औपचारिक विवाह भने भइसकेको छैन्। 'प्रेमको चक्करमा रहेकी केटीसँग तेस्रो विवाह गर्न नै न्यौपानेले घिमिरेसँगको सम्वन्ध बिच्छेद गरेका हुन्।

No comments:

Post a Comment