नेकपा एमालेले विभिन्न घटनाका अपराधीहरूलाई संरक्षण गर्ने वर्तमान सरकार र गृह प्रशासनको निन्दा र भर्त्सना गरेको छ। केन्द्रीय कमिटी बैठकले विभिन्न माग रा्ख्दै यी माग सुनुवाई नभए सिङ्गो पार्टी अपराधीलाई संरक्षण गर्ने गृह प्रशासनविरुद्ध देशव्यापी विरोधमा उत्रन बाध्य हुने चेतावनी पनि दिएको छ।
बैठकले दोषीमाथि अबिलम्ब कार्बाही गर्न, शृङ्खलाबद्ध अपराधका घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय न्यायिक छानबीन आयोग गठन गर्न, दिवंगत कमरेड रामस्वरूप पासवानलाई शहीद घोषणा गर्दै परिवारजनलाई राहत उपलव्ध गराउन, मृतक सुरेश साहका परिवारजनलाई पनि राहत उपलव्ध गराउन, अपराधीलाई संरक्षण गर्ने स्थानीय प्रहरी प्रमुखलाई तत्काल कार्बाही गर्न जोडदार माग पनि गरेको छ।
बैठकमा पार्टी अध्यक्ष झलनाथ खनालले वर्तमान राजनीतिक परिस्थितिको बारेमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। केन्द्रीय सदस्य योगेश भट्टराईका अनुसार भोलिको बैठकमा यो राजनीतिक प्रतिवेदन र एमालेले तयार पारेको राज्य पुनर्संरचना प्रतिवेदनबारे छलफल हुनेछ।
एमालेले बैठकका निर्णयबारे दिएको जानकारी-
नेकपा (एमाले) केन्द्रीय कमिटीको तेह्रौं बैठक पार्टी अध्यक्ष कमरेड झलनाथ खनालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बस्यो। आजको बैठकमा पार्टी अध्यक्षले वर्तमान राजनीतिक परिस्थितिको बारेमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।
आजको बैठकले, यो बैठकमा प्रस्तुत गर्ने राजनीतिक, सांगठनिक प्रतिवेदन, विभिन्न आयोगका प्रतिवेदनहरु, केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन, पार्टीको आन्तरिक एकता र सुदृढिकरण सम्बन्धी प्रस्ताव, राष्ट्रिय प्रतिनिधि परिषद्को व्यवस्थापनको तयारी लगायत विभिन्न एजेण्डाहरु पारित गर्नुको साथै निम्न प्रस्तावहरु पारित गरेको छ –
१. केही समय यता सिराहा जिल्लामा भएका शृङ्खलावद्ध आपराधिक घटनाहरू, घटनामा सङ्लग्न अपराधीहरूलाई कार्बाही गर्नुको सट्टा प्रशासनबाट भइरहेको संरक्षण र यस्ता घटनाको विरोध गर्ने क्रममा नेकपा (एमाले) का कार्यकर्ता र सर्वसाधारणमाथि प्रशासनबाट भएका ज्यादति तथा दमनका घटनाबाट पार्टी नेकपा (एमाले) गंभीर भएको छ। २०६८/८/२८ मा लक्ष्मिनिया गाविस ४ का छेदी यादवको रहस्यमय हत्याका बिषयलाई लिएर हत्याराले अभियोग स्वीकार गरिसकेको अवस्थामा पनि राजनीतिक पूर्वाग्रहका आधारमा नेकपा (एमाले) गाउँ कमिटी अध्यक्ष शिवदयाल यादव लगायत ४ जनालाई कर्त्तव्य ज्यान मुद्दामा फसाउँने षडयन्त्र भएको छ। पौष ९ गते बेल्हामा प्रहरी चौकीको २०० मिटर नजिकै डकैती भएको छ र स्थानीय गाउँलेबाट त्यसबारे जानकारी गराउँदा गराउँदै पनि प्रहरीको वेवास्ताका कारण स्थानीय युवा सुरेश साहको हत्या भएको छ।
त्यसरी नै, मलहनियाका ५ बर्षे बालक शिवशंकर यादव, बरियारपट्टी १ का रामबालक यादव, चन्द्र उदयपुर २ का संजय सिंह र कुशाहा लक्ष्मिनियाका रामकरण दासको अपहरण, मधेसी जनअधिकार फोरम (लो) का अध्यक्ष रामचरित्र साहको गोली प्रहारका घटना भएका छन्। यी शृङ्खलावद्ध अपराधको विरोध, अपराधीहरूलाई कार्बाही गर्न प्रशासनले देखाएको वेवास्ता र अन्य स्थानीय सरोकारका बिषयलाई लिएर नेकपा (एमाले) जिल्ला कमिटीको अगुवाइमा माघ ९ गते भएको जिल्ला प्रशासन कार्यालय घेराउको सिलसिलामा उपरोक्त जायज मागहरूको सुनुवाइ गर्नुको सट्टा प्रहरी प्रशासनबाट निर्मम दमन गरिएको छ र त्यस क्रममा घाइते हुनुभएका हनुमाननगर प्र.म. गाविस निवासी पार्टी कार्यकर्ता कमरेड रामस्वरूप पासवानको उपचारको क्रममा यही माघ २३ गते निधन भएको छ। यस बिषयलाई लिएर पार्टी पोलिटव्युरोले निन्दा र भ्रर्त्सना गर्दै दोषीलाई कार्बाही गर्ने माग गर्दागर्दै उल्टै आज फागुन ३ गते भएको सरकारी कार्यालय घेराउको क्रममा प्रहरी प्रशासनबाट निर्मम दमन गर्दै जिल्ला पार्टी अध्यक्ष कमरेड लीला श्रेष्ठ लगायत सय जनाभन्दा बढी साथीहरूलाई गिरफ्तार गर्ने र घाइते बनाउने काम भएको छ।
पार्टी केन्द्रीय कमिटीको यो बैठक अपराधीहरूलाई संरक्षण गर्ने वर्तमान सरकार र गृह प्रशासनको निन्दा र भ्रर्त्सना गर्दै दोषीमाथि अबिलम्ब कार्बाही गर्न, शृङ्खलावद्ध अपराधका घटनाको छानबीन गरी सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय न्यायिक छानबीन आयोग गठन गर्न, दिवंगत कमरेड रामस्वरूप पासवानलाई सहिद घोषणा गर्दै परिवारजनलाई राहत उपलव्ध गराउन, मृतक सुरेश साहका परिवारजनलाई पनि राहत उपलव्ध गराउन, अपराधीलाई संरक्षण गर्ने स्थानीय प्रहरी प्रमुखलाई तत्काल कार्बाही गर्न जोडदार माग गर्दछ। यी मागको सुनुवाइ भएन भने सिङ्गो पार्टी अपराधीलाई संरक्षण गर्ने गृह प्रशासन विरुद्ध देशव्यापी विरोधमा उत्रन वाध्य हुने चेतावनी पनि दिन चाहन्छ।
२. रौतहट जिल्लाको पतौरा गाविसमा यही माघ २७ गते एकीकृत नेकपा (माओवादी) पोलिटव्युरो सदस्य तथा विभिन्न आपराधिक घटनामा मुछिएका प्रभु साहको प्रत्यक्ष निर्देशनमा स्थानीय माओवादी कार्यकर्ताहरूले सांघातिक आक्रमण गरी हाम्रो पार्टीका रौतहट जिल्ला उपसचिव कमरेड कमल राय यादवलाई मरणासन्न घाइते बनाइएको छ। उक्त घटनामा झिगन राय यादवको हात भाँचिएको छ भने अन्य ५ जना कार्यकर्ताहरू गंभीर घाइते भएका छन्। पार्टी केन्द्रीय कमिटी यो साङ्घातिक आक्रमणको घोर निन्दा र भ्रर्त्सना गर्दछ, विभिन्न आपराधिक घटनामा सङ्लग्न व्यक्तिलाई कार्बाही नगरी उन्मुक्ति दिने वर्तमान सरकारको गलत नीतिका कारण यस्ता घटना बढ्दै गएको ठहर गर्दछ र उक्त घटनामा सङ्लग्नहरूलाई अविलम्ब कार्बाह ीगर्न जोडदार माग गर्दछ।
त्यसै गरी, पार्टी सुदृढीकरण अभियानको क्रममा हुम्ला जिल्लाको मैला गाविसमा भइरहेको कार्यक्रममा माओवादी कार्यकर्ताले सांघातिक आक्रमण गरी हाम्रो पार्टीका स्थानीय कार्यकर्ता प्रकाश शाहीलाई घाइते बनाएको घटनाको पनि जोडदार विरोध गर्दछ।
३. बझाङ जिल्ला दौलिचौर गाविस वार्ड नं ९ का नेकपा (एमाले) कार्यकर्ता सत्यराज बोहरालाई सोही गाउँका नेपाली कांग्रेसका २१ जनाको जत्थाले गतः जेठमा कुटी कुटी गरेको हत्यामा सबै हत्यारालाई पुनरावेदन अदालत, दिपायलका मुख्य न्यायाधिश दीपकराज जोशीले टुर मुकाममा गई शङ्कास्पद ढङ्गले धरौटीमा छाडिदिएको र सो बिषयमा निज विरुद्ध न्याय परिषद्मा उजुरी परेको सन्दर्भमा त्यसको प्रतिशोधमा अन्य घटनामा मुछेर नेकपा (एमाले) का २२ जना कार्यकर्तालाई झुठा मुद्दामा फसाउँन खोजिएको घटनाप्रति पार्टी गंभीर भएको छ। यस्ता गलत कृयाकलापद्वारा जनता तर्साउने र नेकपा (एमाले) का कार्यकर्ता विरुद्ध षडयन्त्र गर्ने काम बन्द गर्न सम्बन्धित सबैमा जोडदार माग गर्दछ।
बैठक भोली ११ बजे पुनः बस्नेछ
युवराज ज्ञवाली
सचिव
केन्द्रीय सचिवालय

No comments:
Post a Comment