Google + बाटै Twitter र Facebook अपडेट गर्नुस !


सामाजिक सञ्जाल, एक-अर्काको बारेमा जानकारी राख्न र सन्देश अनि सूचनाहरू बाँडन जत्ति सरल माध्यम बनेको छ त्यत्ति नै जटिल बनेको छ दिनदिनै बढ्दै गएका यस्ता सामाजिक सञ्जालका पेजमा आफ्नो उपस्थिति जनाउन र सञ्चालन गर्नु ।
हामीहरू मध्ये सबैलाई यो समस्या रहेको हुनसक्छ । कसैले फेबुकलाई आफ्नो प्रमुख सामाजिक सञ्जाल पेज बनाएका होलान् त कोही गुगलप्लसमा मात्रै रमाउलान। कोही भने ट्वीटरमै वा Identi.ca जस्ता माइक्रोब्लगिङमा नै व्यस्त रहलान् । यस्तो अवस्थामा हरेक व्यक्तिको हरेक प्रमुख सामाजिक सञ्जाल पेजमा कोही न कोही ‘साथी’ हुन्छन् नै । अब एकै जनाले यी र यस्तै सबै पेजमा आफ्नो सन्देश प्रवाह गर्न परेमा सबै पेजमा लगइन गर्नु पर्ने भएकोले झन्झटिलो मात्रै हैन् , यसको लागि समयाभाव समेत रहन्छ ।
यस्तै हरेक सामाजिक सञ्जालका पेजमा छिर्नु पर्ने झन्झटिला प्रक्रियालाई सरल गर्न विभिन्न ब्राउजरका लागि धेरै एडअनहरू पनि बनेका छन् । जसका मद्दतले तपाँई एउटा सन्देश वा ‘स्टाटस्’ एकै क्लिकमा २ वा सो भन्दा बढी पेजहरूमा प्रेषित गर्न सक्नुहुन्छ ।
आजको पोस्टमा म यस्तै एउटा विधिको बारेमा लेख्दैछु जसले बिना कुनै एडअन, ग्याजेट वा सफ्टवेयरतपाईँको गुगलप्लसको सन्देश वा Stream लाई फेसबुक, ट्वीटर र Identi.ca मा संप्रेषित गर्छ । हो बिना कुनै एडअन ! । दर्ताको एउटा सानो प्रक्रिया सकेपछि तपाईँले गुगलप्लसमा राखेका सन्देशहरू तुरुन्तै तपाईँका फेसबुक, ट्वीटर आदिमा देखिनेछन् ।

अब, सुरु गर्ने हैन् त यो विधिको प्रयोग?
१) सुरुमा आफ्नो गुगलप्लसमा लगइन गर्नुस र यो पेजमा गएर Add to circles मा क्लिक गरी Rob McGee लाई आफ्नो सर्कलमा जोडनुस् । Create new circle गरि कुनै एउटा नयाँ सर्कलमा (Rob McGee लाई मात्रै) Add गर्दा सजिलो हुन्छ । तलको चित्रमा हेर्नुस:
A
(बाँकी हेर्न तल क्लिक गर्नुहोस )

२) अब यो पेजमा जानुस र आफ्नो ट्वीटर, फेसबुक आदिको युजरनेमा बाट साइन-ईन गर्नुस । उदाहरणको लागि यहाँ म आफ्नो ट्वीटरको माध्यमबाट लगइन गर्देछु (चित्रमा हेर्नुस) ।
Google   Twitter
३) ट्वीटर बाट साइईन गर्न अब खुल्ने पेजमा आफ्नो ट्वीटरको युजरनेम र पासवर्ड हाल्नुस र सो पेजमा रहेको "Sign in" मा क्लिक गरी यो अनुप्रोगलाई ट्वीटरसँग जोडने अनुमति दिनु पर्ने हुन्छ । चित्रमा हेर्नुस:
Google   Twitter
४) अब तपाईँ तलको चित्रमा देखिने जस्तो पेजमा पुग्नु हुनेछ र तपाईलाई एउटा "Authentication string" दिइने छ ।
G T
५) अब सो "Authentication string" अर्थात चित्रमा हरियो रङ्गले घेरिएको अक्षर र अङ्कहरूको समूह कपि गर्नुस अनि यो पेज खुलै राखि अर्को ट्याब वा पेजबाट आफ्नो गुगलप्लस पेजमा जानुहोस । गुगलप्लसमा गएर सो कपि गरिएको "Authentication string" लाई आफ्नो Stream वा सन्देश बनाएर Rob McGee लाई मात्रै Share गर्नुस्। तलको चित्रमा हेर्नुस:
G  2 Twitter
६) यो सन्देश Share गरेपछि अघिल्लो पेज अर्थात Authentication string कपि गरिएको पेज (यो चित्र भन्दा माथिको चित्र भएको पेज)मा जानुहोस र सो पेजलाई रिफ्रेस गर्नुस । वा सो पेजमा भएको "refresh this page" मा क्लिक गर्नुस (यो भन्दा माथिको चित्रमा हेर्नुस) ।
Final Finalअब तपाईँको ट्वीटर एकाउण्ट पूर्णरूपमा गुगलप्लस सँग जोडिने छ  र तपाईले वायाँतर्फ चित्रमा जस्तै "Connected to Twitter" भन्ने सन्देश देख्नु हुनेछ । बस् प्रक्रिया पुरा भयो ।
अब जब जब तपाईँ गुगलप्लसमा अपडेट गरिएको सन्देश वा Stream ट्वीटरमा पनि अपडेट गर्न चाहनुहुन्छ । आफूले लेख्ने कुरा लेखिसकेपछि Share गर्नु अगाडि "+Add more people" मा क्लिक गर्नुस र Rob McGee लाई समेत सो सन्देश Share गर्नुस् । Rob McGee लाई Share गरिएको सन्देशहरु आफै तपाईँको ट्वीटरमा समेत अपडेट हुनेछन् । यदि तपाई कुनै सन्देश ट्वीटरमा अपडेट नगरी गुगलप्लसमा मात्रै सेएर गर्न चाहनुहुन्छ भने Rob McGee लाई सेयर नगर्नुस बस् ।(तलको चित्र हेर्नुस)
Stream
फेसबुकमा गुगलप्लसको Stream सेयर गर्न पनि यसै अनुसार गर्न सक्नुहुन्छ । यसको लागि क्रम नम्बर २ मा भएको "Login with Facebook" मा क्लिक गरी अगाडि बढनु होला।
Light bulbनोट: यदि तपाईँले ट्वीटरको स्टाटस आफैँ फेसबुकमा जाने फेसबुक एप्लिकेसन प्रयोग गर्नु भएको छ भने केवल ट्वीटरमा मात्रै गुगलपल्स जोडेर दुबैमा सन्देश अपडेट गर्न सक्नुहुन्छ ।
                                                                                                                       लेखक: दिलीप आचार्य

No comments:

Post a Comment