लिवियाका पूर्व शासक गद्दाफी को थिए ?


लिवियाका पूर्व शासक गद्दाफी को थिए  ? लिवियाका अपदस्थ शासक कर्नेल मोउमार गद्दाफी मारिएका छन् । गद्दाफी उनको जन्मथलो सिर्ते शहरमा राष्ट्रिय अन्तरिम परिषदका सेनाले गरेको कारवाहीमा मारिएका अल जजिरा टेलिभिजनले जनाएको छ । अन्तराष्ट्रिय आपराधिक अदालतले गद्दाफीको पक्राउ पूर्जि जारी गरेको थियो । गद्दाफीले सन् १९६९ देखी लिवियामा शासन गर्दै आएका थिए ।



को थिए गद्दाफी  ?
सन् १९४२ को जुन ७ तारिखमा जन्मिएका गद्दाफी १८ बर्षको उमेरमा नै सेनामा भर्ति भएका थिए ।  राजा इदि्रस उपचारका लागि टर्की गएको बेला गद्दाफी नेतृत्वको एउटा सानो सैनिक समुहले रक्तपात बिहीन सत्ता कब्जा गरेपछि ४२ बर्षअघि सन् १९६९ मा उनी सत्तामा आएका थिए । सत्तामा आउँदा उनको उमेर २७ बर्षको थियो । २ वटी श्रीमति भएपनि फतिया अल नुरीले छोडपत्र गरेपछि सफिया फर्कसँग विवाह गरेर ४१ वर्ष बिताई सकेका गद्दाफी युवती अंगरक्षकबाट घेरिएर बस्ने गदर्थे ।

अरब र अपि्रुकन देशहरुमा राम्रै प्रभाव पार्ने गद्दाफी संबैधानिक रुपमा लिवियाको प्रधानमन्त्री राजा र राष्ट्रपति केही थिएनन् । तर उनी कुनै बेला आफूलाई राजाहरुको राजा भन्न पनि पछि पर्दैनथे । साम्यवाद र पुँजीवादलाई समायोजन गरेर आफ्नो छुट्टै दर्शन बनाएका गद्दाफीले २ बर्षअघि अरक देशहरुको सम्मेलनमा संबोधन गर्दै आफू अन्तर्राष्ट्रिय नेता अपि्रुकाका राजाहरुको राजा र मुस्लिमहरुको इमाम रहेको घोषणा गरेका थिए ।



नागरिकहरु गद्दाफी सरकारको विरोधमा बोल्न डराउँथे किनकी जताततै सरकारी गुप्तचर फैलिएका हुन्थे । कसले कसको कतिखेर विरोध गर्छ भन्ने सबै हिसाब किताब गुप्तचरले राख्ने गर्थे त्यसैले कोही पनि गद्दाफी शासनको विरोधमा बोल्न चाहँदैनथे । तर सन् २०११ को सुरुवात सँगै ट्युनिसिसा र इजिप्टमा भएको सरकार विरोधी प्रदर्शन देखेपछि गद्दाफीसँगको डर हरायो र लिवियाली नागरिक सडकमा उत्रिए । एक जना महिला मानवअधिकारकर्मीलाई सरकारले पक्राउ गरेपछि सुरु भएको आन्दोलनले ६ महिनामा गद्दाफीलाई सत्ता छाड्न बाध्य पारेको थियो र सत्ता छाडेको २ महिनामा अन्तत गद्दाफी गद्दाफी मारिएका छन्।

गद्दाफीको सरकारमा कानुन मन्त्री रहीसकेका मुस्तफा मोहमद अब्दुल जलिलको नेतृत्वमा रहेको ३१ सदस्यीय अन्तरिम संक्रमणकालिन राष्ट्रिय परिषदले आन्दोलनको नेतृत्व गरेको थियो । सुरुमा बेनगाँजी शहरलाई आन्दोलनको केन्द्रबिन्दु बनाएका विद्रोहीहरु माथि गद्दाफीले हवाई आक्रमण सुरु गरेपछि पश्चिमा मुलुकले लिवियाली नागरिकको सुरक्षाका लागि भन्दै ५ महिनाअघि लिवियामा आक्रमण थालेका हुन् । सुरुमा प्रुान्सका युद्धक विमानले लिवियाली सैनिकका ट्याँक ध्वस्त पारे पछि वेलायत अमेरिकी क्यानडा नर्वे बेल्जियम डेनमार्कका सैनिकले लिवियाली सैनिक माथि निरन्तर आक्रण गरिरहेका थिए ।
click below to look video

श्रोत : एजेन्सी

No comments:

Post a Comment