मौरीले गर्दा ट्राफिक जाम


कात्तिक ८ - अमेरिकाको उटाह राज्यमा मौरी बोकेर हिँडेको गाडी पल्टिँदा ठूलो संख्यामा मौरी बाहिर निस्किएपछि राजमार्ग नै बन्द गर्नुपरेको छ । बदामको बालीमा चराउनको लागि ४ सय ६० घार मौरी बोकेर क्यालिफोर्निया जाँदै गरेको गाडी पल्टिएपछि ठूलो संख्यामा मौरी उडेका थिए ।
झण्डै २ करोडको संख्यामा रहेका मौरीका कारण अरिजोनासँगको सिमा क्षेत्रमा रहेको राजमार्ग झण्डै १५ घण्टासम्म् बन्द गर्नुपरेको र स्थानीय मौरीपालकले रातभरीको कसरतपछि मात्र मौरीलाई नियन्त्रणमा लिएका एजेन्सीहरुले जनाएका छन् ।
दुर्घटनापछि उडेका मौरीको टोकाईबाट गाडी चालक उनकी श्रीमती तथा दुईजना प्र्रहरी घाइते भएका छन् । दुर्घटनापछि धेरै मौरी भागेका तथा मरेकाले  १ लाख १६ हजार डलर बराबरको क्षति भएको मौरी निर्यात गर्ने फार्मले जनाएको छ । 

No comments:

Post a Comment