प्रधानमन्त्री
भएलगत्तै जनतालाई राहत दिने घोषणा गरेका डा. बाबुराम भट्टराई राहत होइन आहत
पुर्याहउने काममा क्रियाशील छन्। प्रधानमन्त्री भट्टराईको सरकारले गरेको निर्णयहरू
मुलुकमा सुशासनभन्दा कुशासन कायम गर्न उद्धृत रहेको पाइन्छ। तर, प्रधानमन्त्री भने
अझै पनि तारेहोटलहरूमा सुशासन कायम गर्छु भनी भाषण ठोक्न व्यस्त छन्।
प्रधानमन्त्री भएलगत्तै मुलुकमा सुशासन कायम गर्ने र कर्मचारीहरूको सरुवाबढुवा
कार्य सम्पादन मूल्याङ्कनका आधारमा गर्ने घोषणा गरेका भट्टराई आफ्नो कार्यकाल एक
महिना पनि पूरा हुन नपाउँदै गृहसचिवबाट लिलामणी पौडेललाई हटाएर सुशील जंगबहादुर
राणालाई गृहसचिवमा सरुवा गरे।
प्रधानमन्त्री भट्टराईको निर्देशनअनुसार आफ्नो जिम्मेवारी निवार्ह गरिरहेको विभिन्न १० जना सचिवहरूको सरुवा गरेका छन्। सचिवहरूको सरुवा प्रधानमन्त्रीले भनेजस्तो कार्य सम्पादन मूल्याङ्कनको आधारमा नभई प्रधानमन्त्री र मन्त्रीहरूसँगको निकटताका आधारमा सरुवा भएको छ। त्यस्तै अघिल्लो वर्षभन्दा ३० करोड कममा पाइपा खरिद गर्ने खानेपानी विभागका महानिर्देशक कृष्ण आचार्यलाई प्रोत्साहन गर्नुको बदला सरुवा भएको छ। प्रधानमन्त्री स्वयम्ले नै राम्रो काम नगरको भनी सरुवा गरेका काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृतलाई सरकारी टोलीको प्रमुख बनाएर विदेश पठाइएको छ।

एउटै भोजमा २७ लाख रुपियाँ राष्ट्रको
ढुकुटीबाट खर्च गरेर नयाँ कृतिमान कायम गरेका प्रधानमन्त्री भट्टराई आफूले मुस्ताङ
मोटर चढे पनि उनको निजी सचिवालयमा आठवटा पजेरो मोटरहरू प्रयोग भइरहेको बताइन्छ।
प्रधानमन्त्रीको निजी सचिवालय भट्टराईको निर्देशनमा भन्दा
पनि उनकी श्रीमती हिसिला यमीको
निर्देशनमा सञ्चालन भइरहेको पाइन्छ। श्रीमती यमी हाल आफ्नी दिदी तिमिला यमीलाई
काठमाडौं उपत्यका खानेपानी लिमिटेडको अध्यक्ष बनाउन क्रियाशील छिन्। प्रधानमन्त्री
भट्टराईको कार्यकालमा महँगी चरम रूपमा बढेको छ। इन्धन र सार्वजनिक सवारी साधनको
भाडा सरकारले बढाएर आहत भएका जनता माझ हाल तरकारी नयाँ खाद्यवस्तुको मूल्यबृद्धि
भएरबाट थप राहत पुगेको छ। तर, प्रधानमन्त्री भट्टराई भने आफू शान्ति संविधानमा
क्रियाशील छु भन्दै भाषण ठोकेर हिँडिरहेका छन्। सर्वाेच्च अदालतले जन्मकैदको सजाय
तोकेका सभासद् बालकृष्ण ढुंगेललाई आममाफी दिन प्रधानमन्त्री भट्टराईले गरेको
प्रयासले उनको भित्री नियती के रहेछ भन्ने जनतामाझ स्पष्ट भएको छ। माओवादीका
नेताहरूमध्ये पनि बालकृष्ण ढुंगेल, प्रभु शाह, सूर्यमान दोङ आदि जस्ता विभिन्न
आपराधीक घटनाहरूमा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा नाम जोडिएका नेताहरूलाई
प्रधानमन्त्री भट्टराईले संरक्षण गर्नुले उनको वास्तविकता सार्वजनिक भएको छ र
उनीको नेतृत्वमा बनेको सरकारबाट जनताले राहत पाउँछन् भनी आशा गर्नु बेकार हुनेछ।
No comments:
Post a Comment