अवस्थामा ४९ जनाको मन्त्रीमण्डललाई जम्वो भन्न नमिल्ने वताउनुभयो । उहांले सभासद्हरु मध्ये १० प्रतिशत मन्त्रीमण्डलमा जाने अन्तराष्ट्रिय अभ्यास समेत भएको वताउनुभयो । प्रधानमन्त्री भट्टराईले यही सरकारले शान्ति र संविधानको काम पुरा गर्ने भएकोले मंसिर ५ गतेभित्र आफ्नै नेतृत्वमा रहेको सरकारले राष्ट्रिय सरकारको स्वरुप ग्रहण गर्ने पनि दावी गर्नुभयो । प्रधानमन्त्री भट्टराईले आफ्नै पार्टीभित्रवाट समेत सरकार गिराउने कुरा आउन थालेकोले गठवन्धन दलहरुलाई विश्वासमा लिन र समेट्नका लागि पनि ठुलो आकारको मन्त्रीमण्डल वनाउनु परेको र यसमा आफुलाई पनि नमज्जा लागेको वताउनुभयो । मलाई मन्त्रीमण्डलको लागि यी नामहरु पहिला नै प्राप्त भएका थिए तर रोके, अहिले पार्टीभित्रकै अन्तरविरोध वढ्यो जसले गर्दा मन्त्रीमण्डल विस्तार गर्न वाध्य हुनुप¥यो – उहांले भन्नुभयो ।
विगतमा २०५ सभासद् हुंदा त ४८ सदस्यीय मन्त्रीमण्डल वनेका थिए भने अहिले ६०१ सभासद् छन्, यस्तो वेला संख्या वढ्नु स्वभाविक जस्तो हुन्छ तथापि म ठुलो आकारको सरकारको पक्षमा भने थिइन – प्रधानमन्त्री भट्टराईले भन्नुभयो ।
प्रधानमन्त्री भट्टराईले सोमवार राती एक टेलिभिजन कार्यक्रमसंग कुरा गर्दै कतिपय मन्त्रीहरुलाई आफैले नचिनेको, कतिको नाम थाहा नभएको र कतिपयको पृष्ठभूमि समेत थाहा नभएको भन्दै गठवन्धन दलहरुले सिफारिस गरेको आधारमा वाध्य भएर सपथ गराएको वताउनुभएको थियो । प्रधानमन्त्री भट्टराईले हत्याका कसुरदार माओवादी सभासद् वालकृष्ण ढुंगेललाई आममाफी दिंदा विरोध पनि उपयुक्त नभएको वताउनुभयो । उहांले यो आममाफी विस्तृत शान्ति सम्झौता र विगतका सहमति अनुरुप नै दिइएको वताउनुभयो ।
माधवकुमार नेपालको सरकारले दर्जनौ व्यक्तिहरुलाई आममाफी दिदा केही नहुने, मेरो सरकारले एकजनालाई आममाफी दिंदा यस्तो किन विरोध ? – भट्टराईको प्रश्न थियो ।
प्रधान मन्त्री भट्टराईद्वारा अर्को कीर्तिमान-
विमल गौतम, काठमाडौं, कात्तिक ३० - 'मितब्ययी' प्रधान मन्त्री बाबुराम भट्टराईले चियापानका लागि खर्च गरेको रकममा पनि ऐतिहासिक 'रेकर्ड' बनाएका छन्। प्रधान मन्त्री बनेलगत्तै खर्च मितब्ययी बन्ने घोषणा गरेका उनले दुई साताअघिमात्रै चियापानमा २७ लाख रुपियाँ खर्च गरे।
प्रधान मन्त्री कार्यालय स्रोतका अनुसार ९ हजार निम्तालु सहभागी रहेको चियापानमा यो रकम खर्च भएको हो। दसैं, तिहार, छठ र इदका अवसरमा उनले यो चियापान आयोजना गरेका थिए।
यसअघिका प्रधान मन्त्रीहरुमा माधव कुमार नेपालले चियापानमा ५ लाख रुपैयाँ तथा पुष्पकमल दाहालले ३ लाख रुपियाँ खर्च गरेका थिए।

No comments:
Post a Comment