अहिले काठमाडौँमा क्यान इन्फोटेक भइरहेको छ, केही अघि आइसीटी एक्सपो भएको थियो। यस्ता प्रदर्शनीहरुमा पेन ड्राइभ र एन्टी भाइरस प्रोग्रामहरु जति केही पनि बिक्दैन। क्यान इन्फोटेक काठमाडौँ बाहिर पनि हुने गर्छन्। त्यहाँ पनि एन्टी भाइरसहरुको बजार नै धेरै हुन्छ। सागर इन्फोसिसले कास्परस्की सस्तो मूल्यमा ल्याएर एन्टी भाइरसको बजार नेपाल पनि हुनसक्छ है भन्ने देखाएको थियो। अहिले त्यसैलाई पछ्याउँदै म्याकक्याफे, पान्डा, बिट डिफेन्डर, क्विकहिल पनि नेपाल भित्रिसकेको छ। जारी क्यान इन्फोटेकमा ‘मुर्गा फँसाउन’ यिनीहरुबीच चर्को प्रतिस्पर्धा छ। हेर्दाहेर्दै नेपालमा वार्षिक ३ करोड रुपियाँ बराबरको एन्टी भाइरसको कारोबार हुने भइसकेछ गत वर्षसम्ममा।
कम्प्युटरको भाइरसलाई ‘भूत लाग्ने’ जस्तै हौवाको रुपमा लिएका कारण धामीझाँक्रीरुपी यी एन्टी भाइरसका लागि नेपालीको ३ करोड रुपियाँ खर्च भएको हो। अलिकति मात्रै दिमाग चलाउने हो भने ती पैसा तिरेर किन्नुपर्ने एन्टि भाइरस सफ्टवेयरले जत्तिकै र त्योभन्दा राम्रो काम गर्ने एन्टी भाइरसहरु प्रशस्तै पाइन्छन्, त्यो पनि निःशुल्क। यदि तपाईँ पनि व्यक्तिगत प्रयोजनका लागि एन्टी भाइरस किन्न खोज्दै हुनुहुन्छ वा तपाईँको कोही साथीभाइ, आफन्तले किन्दै हुनुहुन्छ भने कृपया यसलाई पनि एक पटक पढेर त्यसपछि निर्णय गर्न अनुरोध छ। भाइरसलाई हौवाको रुपमा नलिउँ-
अस्ति नै भएको आइसीटी एक्सपोमा राउटर किन्न गएका एक दाजु हजार रुपियाँभन्दा बढी तिरेर एउटा एन्टी भाइरस सफ्टवेयरको सीडी पनि बोक्दै आए। हामीले यो चाहिँ किन किन्नुभएको भनेर सोध्दा उनले ‘यसले सबैखाले भाइरसबाट बचाउँछ रे नि त’ भने। भाइरसबाट बचाउने त सित्तैमा पाइने पनि सफ्टवेयर छ नि भनेर भन्दा यो ओरिजिनल रे नि त भन्ने जवाफ दिए। भरे उनको ल्यापटपको अपरेटिङ सिस्टम चाहिँ पाइरेटेड भिस्टा रहेछ। अपरेटिङ सिस्टम चाहिँ पाइरेटेड राखेर एन्टी भाइरस चाहिँ ओरिजिनल किन राख्नु ? यो अपरेटिङ सिस्टम २५ रुपैयाँमा पाइने सीडीबाट हाले जस्तै यही एन्टी भाइरसको पनि पाइरेटेड सीडी २५ रुपैयाँमा पाइन्छ भनेपछि उनी अलमल्लमा परे।
वास्तवमा भाइरसलाई हौवाको रुपमा लिनु नै हाम्रो सबैभन्दा ठूलो कमजोरी हो। पहिले पहिले त कम्प्युटर भएको कोठामा जुत्ता लगाएर छिर्नु हुन्न, भाइरस लाग्छ भन्ने गरिन्थ्यो। कति कम्प्युटर रुममा मानिसहरु चुरोट खाँदैन थिए। अहिले सुन्दा अचम्म लागे पनि हाम्रो मनस्थिति झण्डै त्यस्तै छ। भाइरस यत्तिकै आफै लाग्ने कुरा हैन। अहिले तपाईँको कम्प्युटरमा भाइरसको मुख्य स्रोत इन्टरनेट हुनसक्छ। आफू विश्वस्त नभएका साइटका लिङ्रुहरुमा क्लिक गर्ने (विशेष गरी पोर्न साइटमा सावधानी अपनाउनु पर्छ), इमेलमा आएका शंकास्पद एटेचमेन्टहरु खोल्ने गर्नुभयो भने भाइरस सर्छ। अर्को पेन ड्राइभ। भाइरसग्रस्त कम्प्युटरमा हालिसकेको पेनड्राइभ तपाईँको कम्प्युटरको युएसबी पोर्टमा हालियो भने तपाईँको कम्प्युटरलाई पनि त्यसले संक्रमित पार्न सक्छ। त्यसरी अर्काको पेन ड्राइभ प्रयोग गर्दा चाहिने फाइलमात्र झिकेर अरु फाइललाई छुन चलाउनबाट बचे मात्र पनि भाइरसबाट केही हदसम्म सुरक्षित हुन सकिन्छ।
किनेको एन्टी भाइरसले के गर्छ ?
किनेका एन्टी भाइरसले भाइरसको संक्रमण हुन लाग्यो भने त्यसलाई रोक्ने र संक्रमित भइसकेका फाइलहरुलाई अलग्गै राख्ने वा हटाउने काम गर्छ। विश्वमा नयाँ नयाँ भाइरस बनिरहेका हुन्छन्, त्यसको लागि उनीहरुले पनि अपडेट उपलब्ध गराइरहेका हुन्छन्। यी अपडेटहरु इन्टरनेटमा गरिरहनु पर्छ। तपाईँले पैसा तिरेर किन्नुभएको एन्टी भाइरसको अवधि जम्मा एक वर्षका लागि हो। यो अवधिसम्म तपाईँले अपडेट गर्न पाउनु हुन्छ। एक वर्ष सकिएपछि भने तपाईँले फेरि पैसा तिरेर रिन्यु गर्नुपर्ने हुन्छ। एक पटक एन्टी भाइरस किन्दैमा सँधैका लागि कम्प्युटरमा हुने भाइरस संक्रमणबाट सुरक्षित भइन्छ भन्ने सोच छ भने दिमागबाट त्यसलाई हटाइहाल्नुस्।

किन्नै पर्छ त ?
पैसा तिरेर किन्नुपर्ने एन्टी भाइरसले गर्ने काम निःशुल्क पाइनेले पनि गर्छन्। अझ कतिपय अवस्थामा त त्योभन्दा राम्रो काम पनि गर्छ। त्यसो भए किन मानिसहरुले पैसा तिरेर एन्टी भाइरस किनिरहेका छन् त ?
पैसा तिरेर किन्नुपर्ने एन्टी भाइरसले गर्ने काम निःशुल्क पाइनेले पनि गर्छन्। अझ कतिपय अवस्थामा त त्योभन्दा राम्रो काम पनि गर्छ। त्यसो भए किन मानिसहरुले पैसा तिरेर एन्टी भाइरस किनिरहेका छन् त ?
विज्ञापनले। कास्परस्कीले नेपालमा बजार विस्तार गर्न होर्डिङ बोर्डहरुको व्यापक प्रयोग गरेको थियो। पत्रपत्रिकामा आउने प्रचार सामाग्रीले पनि यसलाई साथ दिन्छ। अर्को कारण पैसा तिरेपछि राम्रो हुन्छ भन्ने हाम्रो सोच हो। त्यसबाहेक सित्तैमा यस्तै काम गर्ने सफ्टवेयर पनि पाइन्छ भनेर थाहा नहुनु पनि कारण हुनसक्छ।
कहाँ पाइन्छ त निःशुल्क एन्टी भाइरस ?
इन्टरनेटमा। अथवा कम्प्युटर प्रोग्राम बेच्ने सीडी पसलमा। यहाँ म तपाईँहरुलाई पैसा तिर्नुपर्ने सफ्टवेयरको पाइरेटेड संस्करण प्रयोग गर्न उक्साइरहेको छैन। निःशुल्क चलाउन पाइने सफ्टवेयर इन्टरनेटमा डाउनलोड गर्न गाह्रो भए त्यसको सीडी पनि किन्न पाइन्छ मात्रै भन्दैछु। सजिलो त इन्टरनेटबाट डाउनलोड गर्दा नै हुन्छ। आजभोलि धेरैको घरमा एडिएसएल जोडिएको हुन्छ। लोडसेडिङको तालिका हेर्नुस्, अलि लामो समय बत्ती आउने समय रोज्नुस्, डाउनलोड गर्नुस्, छाडिदिनुस्।

के छ त सित्तैमा पाइने एन्टी भाइरस ?
प्रशस्त छन्। यहाँ हामी केही मात्रै सुझाउँदैछौँ-
प्रशस्त छन्। यहाँ हामी केही मात्रै सुझाउँदैछौँ-
Microsoft Security Essentials
माइक्रोसफ्ट आफैले विकास गरेको एन्टी भाइरस हो यो। पछिल्लो समयमा निकै लोकप्रिय हुँदैछ यो। यो राखेपछि तपाईँले अरु कुनै पैसा तिर्नुपर्ने एन्टी भाइरसको झण्झट गरिरहनु पर्दैन। भाइरस, स्पाइवेयर र अरु खतरनाक प्रोग्रामहरुलाई यसले निस्क्रिय बनाउँछ। यसको आकार पनि ठूलो छैन। ७ देखि ९ एमबीसम्ममात्रै हो। यो डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्।

यो राख्नलाई तपाईँको कम्प्युटरको अपरेटिङ सिस्टम भने जेन्युइन हुनुपर्छ। धेरैजसो ल्यापटपहरुमा त जेन्युइन अपरेटिङ सिस्टमै हुन्छन्। जेन्युइन हैन भने चाहिँ अघि दाइलाई दिएको डायलग दिन सकिन्छ- अपरेटिङ सिस्टमदेखि प्रोग्रामसम्म सबै पाइरेटेड राख्ने, एन्टी भाइरस एउटा चाहिँ जेन्युइन खोज्ने ?
जोक मात्र गरेको, यदि तपाईँको कम्प्युटरमा जेन्युइन अपरेटिङ सिस्टम छैन भने पनि तपाईँका लागि यी सफ्टवेयरहरु सित्तैमा पाइन्छ-
AVG Antivirus Free Edition 2012
गत वर्ष डाउनलोड डट कममा सबैभन्दा बढी डाउनलोड भएको सफ्टवेयर हो यो। ५ करोड ८८ लाख ४ हजार ८४० पटक यो डाउनलोड भएको थियो। एभीजी एन्टिभाइरसको पहिलो संस्करण सन १९९२ मा बजारमा आएको हो। चेक कम्पनी एभीजी टेक्नोलोजिजले विकास गरेको यो सफ्टवेयरलाई १९९७ मा जर्मनी र बेलायतमा बेच्न थालिएको थियो। अमेरिकामा भने १९९८ मा मात्रै यसले बिक्री थालेको हो। विन्डोज, लिनक्स र म्याकमा समेत प्रयोग गर्न मिल्ने यो सफ्टवेयर छोटो समय मै यति लोकप्रिय भयो कि यसको निःशुल्क संस्करण सन् २०११ को सबैभन्दा बढी डाउनलोड गरिएको एन्टिभाइरसमात्र हैन, सफ्टवेयर मध्येकै सबैभन्दा बढी डाउनलोड गरिएको सफ्टवेयर हुनपुग्यो। वर्ल्डलिङ्कले यो सफ्टवेयर डाउनलोड गर्ने सुविधा दिएको छ। नेपालका प्रयोगकर्ताले यहीँबाट डाउनलोड गरे छिटो हुन्छ

AVG Free Edition 2012.0.1901 (32-bit) (Freeware) 162 MB
AVG Free Edition 10.0.1382 (64-bit) (Freeware) 181 MB
AVG Free Edition 10.0.1382 (64-bit) (Freeware) 181 MB
Avast! Free Antivirus
कूल डाउनलोड ४ करोड २३ लाख ९२ हजार २४२ पटक भएको यो एन्टी भाइरस गत वर्ष बढी डाउनलोड भएका सफ्टवेयरमध्ये तेस्रो नम्बरमा थियो। अभास्टको यो छैटौँ संस्करण हो। यसमा व्यवस्था गरिएको स्क्रिप्ट सिल्डले शंकास्पद स्क्रिप्ट भएका वेबसाइटहरुलाई लोड हुनबाट रोक्छ। गुगल क्रोम, फायरफक्स र एक्रोब्याट रिडरमा यसले काम गर्छ। डाउनलोड गर्न तलको लिङ्कमा क्लिक गर्नुस्-

Avira Free Anti Virus
गत वर्ष डाउनलोड डट कममा कूल १ करोड ६१ लाख ७५ हजार ९०२ पटक डाउनलोड भएर टप टेनमा परेको अभिराको १२ औँ संस्करणले इन्स्टल गर्न अझ सजिलो बनाएको छ। दुई क्लिकमा इन्स्टल हुने दावी कम्पनीले गरेको छ। यसको पैसा तिरेर किन्नु पर्ने संस्करण पनि छ तर निःशुल्क अलग्गै सफ्टवेयर पनि छ। निःशुल्क डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्।

अरु निःशुल्क एन्टिभाइरस
Cloud Antivirus 1.4.0 (Freeware) 33.1 MB
ANTIDOTE for PC Viruses (Freeware) 6.67 MB
AntiVir Personal 12.0.0.870 (Freeware) 50.2 MB
Cloud Antivirus 1.4.0 (Freeware) 33.1 MB
ANTIDOTE for PC Viruses (Freeware) 6.67 MB
AntiVir Personal 12.0.0.870 (Freeware) 50.2 MB
यति धेरै एन्टी भाइरसको नाम देखेर अलमल्लमा पर्नुभएको छ भने मेरो सुझाव Microsoft Security Essentials चलाउनुस्। तपाईँको अपरेटिङ सिस्टम जेन्युइन हैन भने तपाईँको सुविधा हेरेर अरु कुनै पनि चलाउनुस्। यति मात्रै हामीले बुझाउन सक्यौँ भने एन्टी भाइरसको नाममा वार्षिक ३ करोड रुपियाँ विदेशिनबाट जोगिन्छ।
के तपाईँले पनि यस्ता प्रदर्शनीहरुमा एन्टी भाइरस किन्नुभएको छ ? कस्तो सेवा पाउनु भयो ? कृपया आफ्नो अनुभव तल कमेन्टमा बाँड्नुहोस्। त्यसैगरी प्रविधिसँग जानकार साथीहरुले निःशुल्क पाइने राम्रा एन्टी भाइरसको बारेमा थाहा नपाएकाहरुलाई तल कमेन्टमा लेखेर जानकारी गराइदिनुस्।
source: mysansar.com
No comments:
Post a Comment