संधै नेताहरुलाई मात्र गाली गर्ने, नेताहरुको अश्लिल कार्टुनहरु बनाई अपलोड गर्ने र अधिकांश च्याट मात्र व्यस्त रहने भन्ने आरोप खेपिरहेका फेसबुक प्रयोगकर्ताकाले अहिले राष्ट्रिय ढुकुटीबाट अनावश्यक खर्च हुन लागेको २ करोड रुपैया जोगाएका छन् ।
विश्वमा सामाजिक सञ्चालबाट भएका विरोधहरुबाट देशका ठूला निर्णय नै पल्टेका छन् । नेपालमा भने भख्खर भख्खरै यसको प्रभाव पर्न थालेको छ । केही समय अगाडी नेपाली कांग्रेस गरेको देश व्यापी अन्श्चितकालिन हड्ताल होस् वा ज्याला पुरै लियौं अब संविधान देऊ भन्दै स्वतस्फूत रुपमा अगाडी बढेको नेपाल युनाईट्स नामक फेसबुक पेज ।
नेपालका मुल धारका मिडियाहरुमा पनि अब सामाजिक सञ्जालले ठूलो स्थान पाउन थालेको छ । यसको सुरुवात भएको थियो नेपालका लागि अमेरिकी राजदुत स्कट् एच.डेलिसको स्टाट्स मार्फत । यसबाट विभिन्न राजनैतिक दल तथा तिनीहरुका भातृ संगठनहरुले ठूलो पाठ सिक्नुपर्ने देखिन्छ । सरकारले गरेको निर्णयको विरोधमा चक्काचाम, बन्द हड्ताल र टायर बाल्ने जस्ता प्रवृती देखाउन आवश्यक छैन भन्ने कुरो उनिहरुको दिमागमा खुस्नु जरुरी छ । जसलाई दाहालपुत्र प्रकाशको २ करोड काण्डबाट पुष्टि भएको छ ।
जब प्रकाश स्वंयले सरकारबाट ३ करोड मागिएकोमा २ करोड मात्र उपलव्ध भयो भन्ने स्टाट्स फेसबुकको आफ्नै भित्तामा पोस्ट गरे । त्यसपछि उनको विरुद्धमा पुरै फेसबुक प्रयोगकर्ताहरु खनिएका थिए । जसबाट सहन नसकी शनिबार राती उनले आफ्नै खाता डिएक्टिभेट गरेका थिए अहिले आफूले रकम नलिने घोषणा गर्नकै लागि पुन एक्टिभेट गरका छन् ।
कुल जनतामध्धे लगभग ५ प्रतिशत जनताले गरेको ई–विरोध (इन्टरनेटको माध्यमबाट गरिएको विरोध) ले सरकारको निर्णय उल्टिएको छ । यसरी सरकारको निर्णय नै उल्टाउने गरी देखिएका केही बिरोधहरु तल जस्ताको तस्तै राखिएको छ । यी सबै उनिहरुको निजी बिचारहरु हुन् ।
Arjun Subedi :- गरीब नेपाली जनता ले तिरेको कर को पैसा बाट कारीब २० गा बि स लाई पुग्ने बर्शिक बिकास खर्च बाराबर जम्मा २ करोद रुपैयाँ खर्च गरेर सगरमाथा च दैमा शान्ति र सम्बिधान सुनिस्चित हुने भए कृपया दाहाल ज्यु अरु थप २ करोद बदी खर्च गरेर अल्प सन्ख्एक्,पिछदियका गरीब नेपालीहरु लाई पनि सगरमाथा अरोहन गरौने कि ? ? ? एस्बाट सबै नेपाली को सम्बृदी र उन्नती हुन्थ्यो कि ? ? ?
Acharya Dikshu :- यदी यसरी नै राज्य को करोडौं सम्पती नेताहरुको छोराहरु को शोख मा खर्च गर्ने हो भने हामी जस्तो सर्ब साधारण जनताहरु ले राज्यलाई कर तिर्न कुनै औचित्य छ र ...........
Kc Prakash :- प्रकाश जी गरीब भोका नाङगा जनताले एक पेट खान र एक झुम्रो लाउन नपाईरहेको यो अवस्थामा,तपाईं जस्तो जिम्वेवार व्यक्ती जो अध्यक्ष कमरेडको छोरा हुनुहुन्छ ले आज एउटा सिटमोल खान नपाएर मरिरहेको यो देशको जनताको अगाडी शक्त्ती र पदको दुरुप्योग गर्दै गरीबले कर तिरेर जम्मा गरेको राज्य कोषको रकममा ब्रहलुट मच्चाउनु के राम्रो काम हो यो ? जस्ले तपाईंलाई यो गर्न उक्साई रहेका छन उनिहरु हाम्रो शत्रु हुन जस्ले ए ने क पा माओवादीको दुखद अन्त्य चाहन्छन त्यसैले समय अझै बाकी छ एक पटक फेरी सम्झौ १५००० ति वीर सपुतका सुन्दर सपनाहरु
Ashok Abrial: यो यही देश हो। पुषकर शाहले संसार भरिका झन्डा बोकेर सगरमाथा चढ्न जादा
सरकारले एक बोतल पानी खाने पैसा दिएन।
र यो एही देश हो, एउटा पार्टीको नेताको छोरो हुँदैमा उस्ले दुई करोड पाउछ।
सत्य हो , यो देश सतीले सरापेको हैन शहीदले सरापेको हो।
Himal Yugpath:- माओवादी अध्यक्ष प्रचण्डले छोरोलाई सगरमाथा चढाउन दुई करोड दिए । एक करोड खर्चेर बाँकी पैसोले चार-पाँच वटा ट्रक किने जिन्दगीभरी पालिहाल्छ ।
प्रधानमन्त्री भट्टराईले क्रिकेटको क नजानेकी छोरी मानुषी लाई क्रिकेट संघको सदस्यमा नियुक्ती गरे । तलब भत्ता राम्रै आउला । क्रिकेट पनि सिकेर पछि क्यानको अध्यक्ष होलिन् । अब नीति नियम सच्याएर श्रीमती हिसिलालाई राष्ट्रबैंकको गभर्नर बनाए भने पनि अचम्म नमाने हुन्छ । पदमै छँदा लुट्ने हो देश । लुट भैरे लुट ...
सरकारी कोष बाट २ करोड लिएर सगरमाथा चढ्न जादा व्यापक आलोचना खेपेका उनले आफ्नो सपना पुरा गर्न त पाएनन् बरु उल्टै आफ्नो दुवै खुट्टा गुमाउनी भएका छन् l बजार मा एउटै प्रश्न छ-
"के जनताको २ करोड को क्षयतिपुर्ती दुइटा खुट्टा ले दिन सक्छ?" (यो तस्बिरमा भएका सबै काल्पनिक हुन् l कसैसंग मेल खान गएमा संयोग मात्र हुनेछ l जनता को २ करोड यसै पचाउन मिल्दैन l यसलाई एउटा व्यङ्ग को रुप मा मात्र हेरिदिनुहोला !!)
मिडियालाई पनि छाडेनन् फेसबुक प्रयोगकर्ताले ।
आफै सम्पादक आफै प्रकाशक । एउटा छुटै शैली प्रयोग गरेका थिए, Frenzdiary Patriotic नागरिक दैनिकको साजसल्लालाई आधार बनाई दाहालपुत्र प्रकाशको एउटा दुःखत समाचार सम्प्रेषण गरे । त्यसपछि एउटा भ्रामक समाचारले फेसबुकमा खलबली मच्चियो । सबैजनाले नागरिक दैनिकको अफिसियल वेवसाईट चेक गर्न थाले । त्यसपछि यो सत्य नभएको थाहा भयो । एकजना मित्रले त उनको यो कार्यको विरोध गर्दै नागरिक दैनिकलाई शनिबार राति १२ बजे मेल नै पठाए ।
source: http://blog.medianp.com

No comments:
Post a Comment