राम्जाको विकासको वर्तमान अवस्था

पर्श्चिम नेपालको सुक्ष्म तर सुन्दर तथा मनोरम जिल्ला पर्वतको पूर्वी क्षेत्रमा पर्ने राम्जा जिल्लाकै एक महत्वपूर्ण स्थान हो । राजनीतिक, आर्थिक, शैक्षिक तथा सामाजिक दृष्टिले राम्जाले जिल्लाको विकासमा महत्वपूर्ण अर्थ राख्दछ । ग्रामीण जीवनका चूनौतीपूर्ण विम्वहरुबाट राम्जा पनि मुक्त छैन, यद्यपी सिमा र जटिलताका बीचबाट राम्जाको विकास पनि क्रमशः अगाडि बढ्दैछ । अनुपातिक रुपमा जिल्लाको विकासको क्रमलाई यसले पनि पछ्याउने प्रयास गर्दै आइरहेको छ । यद्यपी विकासको आवश्यकता, युगिन चेतना र परिवर्तनका दृष्टिले यसैमा सन्तुष्ट हुने सकिने अवस्था भने छैन ।
पछिल्लो समयमा राम्जामा पनि भौतिक र मानवीय विकासका क्षेत्रमा विविध संरचनाको निर्माण र शैक्षिक क्षेत्रमा पनि प्रगतिका केही नमुनायोग्य कार्यहरु भैरहेका छन् । विगत २०५५/५६ सम्म माध्यमिक विद्यालयको रुपमा रही जिल्लाको शैक्षिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने गरेको श्री पशुपति माध्यमिक विद्यालय हाल उच्च माध्यमिक विद्यालयको रुपमा स्तरोन्नती गरेको अवस्था छ । शिक्षा र मानविकी दुई संकायमा अध्ययन हुने यस उच्च माविमा स्थानीय साधनश्रोतको उपयोग गरि अध्ययन गर्ने विद्यार्थीहरुको अवस्था पनि सन्तोषजनक छ ।
प्राविधिक शिक्षाका दृष्टिले यसले अपेक्षित गति लिन नसकेपनि गाउकै साधनश्रोत र परिवेशमा उच्च शिक्षा आर्जन गर्ने स्थानीय आकांक्षालाई केही हदसम्म भए पनि यसले सम्बोधन गरेको छ । हाल व्यवस्थापकीय रुपमा प्राविधिक शिक्षालाई पूर्णता दिने स्तरमा नउठेको भएपनि आगामी दिनमा प्राविधिक, आत्मनिर्भर र जीवनपयोगी शिक्षाको विकास कसरी गर्न सकिन्छ ? भन्ने बहसले सार्थक रुप लिने सम्भावना नजिकिादै गएको छ । सबैको चिन्ता र चासो शिक्षाको स्तरोन्नती, आधुनिककरण र बहुआयमिक बनाउने विषयमा बन्दै छ । साथै त्यसका लागि आवश्यक पर्ने साधनश्रोत र जनशक्तिको आपूर्ति लगायका विषयमा पनि गम्भिर छलफल र आफ्नो औकातअनुरुपको सचेतता र कर्तव्यबोध देखिन्छ । शिक्षाको विकास मौलिक र क्रमभङ्गतामा हुन नसकेपनि आगामी दिनमा प्राविधिक शिक्षाका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरुको विकासका लागि भौतिक संरचनाको निर्माण कार्य जारि छ । विद्यालयको परिसरको दक्षिण पश्चिमी क्षेत्रमा दुई वटा नयाा भवनहरुको निर्माण कार्य जारि छ, भने कैयौ स-साना संरचनाहरु निर्माण भइसकेका छन् । विद्यालयको कम्पाउण्डलाई सुरक्षित गर्ने गरि बाहिरी पर्खाल र गेटको निर्माण गरिएको छ, भने खानेपानी लगायतका आवश्यकतालाई पुरा गर्नसमेत निर्माण कार्य जारि रहेको छ । साथै उच्च माविलाई प्राविधिक शिक्षा आर्जनको थलो बनाउने उद्दत्त उद्धेश्यसहित नयाा शैक्षिक संरचना, नयाा पाठ्यक्रम र नयाा रणनीतिसहितको कार्ययोजना बनाई सरकारसमक्ष पेश गरिएको अवस्था छ । ढिलो वा चााडो उक्त प्रोपोजलमाथि आवश्यक ध्यान जाने कुरामा विश्वास गर्ने सकिने अवस्था पनि छ । त्यसैगरि गोतामेथरको दवाङ्मा रहेको सरस्वती नि.मा.वि. हाल माध्यमिक विद्यालयको रुपमा सञ्चालित छ । गााउको शैक्षिक विकासको केन्द्रको रुपमा रहेको यस विद्यालयको पनि भौतिक र शैक्षिक उन्नति सन्तोषजनक रुपमा नै अगाडि बढेको छ । त्यसैगरि राापु, डााडागुप्ते, मलकााहा, पाथ्रेढुङ्गामा रहेका विद्यालयहरुको तहका दृष्टिले स्तरोन्नति नभए पनि शैक्षिक विकासका दृष्टिले गतिशील नै छन् । विश्वविद्यालयीय शिक्षाका दृष्टिले पनि राम्जा कमजोर अवस्थामा छैन । कुश्मा, पोखरा, काठमाडौं र चितवन साथै विदेशका विभिन्न शैक्षिक संस्थाहरुमा क्रियाशील राम्जाली विद्यार्थीहरुको शैक्षिक विकास पनि राम्जाका लागि गौरव गर्न लायक छन् । यसरी हेर्दा राम्जाको पछिल्लो शैक्षिक विकास र उन्नति सन्तोषप्रद नै छ । यातायातको क्षेत्रमा पनि राम्जाको अवस्था सन्तोषप्रद नै मान्नुपर्छ । डिमुवादेखि रातमाटा, ठााटी हुादै चित्रे जोडिने मोटरवाटो विगत केही बर्षदेखि सञ्चालित छ । रतिखोलामा पक्की पुल बन्न नसक्दा वषर्ायाममा यातायातका साधन सञ्चालनमा अवरोध पुग्ने भएपनि त्यसको बैकल्पिक मार्ग पनि तयार भएको छ । स्याङ्जाको नागडााडाबाट जुग्ले, फुलवारी, आर्थर डााडाखर्क, रापु हुादै राम्जा आउने मोटरवाटोको निर्माण कार्य सम्पन्न भएको छ र एक वर्ष यता यातायातका साधनहरु सञ्चालनमा छन । त्यसैगरि कास्कीको ढिकुरपोखरी, भदौरे, चित्रे हुादै राम्जा आउने मोटरवाटोको पनि फस्ट ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । यी पूर्वाधारहरुलाई पक्की मोटरवाटोको रुपमा विकास गर्न सक्दा यातायातको क्षेत्रमा पनि राम्जाको प्रगतिले गति लिनेछ । संचारको क्षेत्रमा पनि राम्जाको विकास पछाडि छैन । नमस्ते, एनसेल, सिडिएमए, युटियल लगायतका सबै मोवाइलका टावरहरुले काम गरिरहेको अवस्था छ र इन्टरनेट चलाउन सकिने प्रशस्त सम्भावना छ । पकुवाको छापामा एनसेलको टेलिफोन टावर निर्माण भएको छ, अब राम्जा विज्ञान, प्रविधिको विकासको अभावमा आउने चूनौतीको सामना गर्न तयार हुने अवस्थामा पुगेको छ । सामाजिक क्षेत्रको विकासका लागि युवाहरु क्लवहरुमार्फत क्रियाशील छन् । विभिन्न युवा क्लवको नाममा भौतिक निर्माण र सामाजिक सेवाका कार्यहरु अगाडि बढिरहेका छन् । राम्जाको तिमिल्सिनाथरमा रहेको सिर्जनशील युवा क्लवले आफ्नै भवन निर्माणका साथै विविध सामाजिक कार्यहरु गर्दै आएको छ, भने राम्जामा अस्तित्ववान् सबै युवा क्लवहरुले खेलकुद, भौतिक निर्माण, शैक्षिक विकास र सामाजिक कार्यमा सन्तोषजनक काम गर्दै आएका छन् । पर्यटनको क्षेत्रमा पनि राम्जाले थुप्रै विकास गरेको छ । पञ्चासेलाई पर्यटकीय स्थलको केन्द्रविन्दु बनाउन विविध अत्याधूनिक भवन र अन्य संरचना निर्माण भइरहेका छन, भने राष्ट्रिय स्तरको गुरुयोजना निर्माण गरि पर्यटनको राष्ट्रिय थलो बनाउन ठोस गृहकार्य भइरहेको छ । त्यसैगरि पञ्चासेमा रहेका तालहरुको संरक्षण र विकास लागि केन्दि्रय स्तरबाट पहल भईरहेको छ । राम्जाको तिमिल्सिनाथरमा रहेको ठूलीपोखरीलाई पनि तालको मान्यतामा विकास गराई राष्ट्रिय पहिचान गराउने प्रयत्न जारि छ । त्यसैगरि राम्जाका प्रायः सबै ठााउमा ग्रामीण विद्युतीकरण सम्पन्न भएको छ । गाविसभित्रका केही ठााउहरुमा विद्युत जडान कार्य जारि छ भने अन्यत्र विद्युत सञ्चालनमा छ । खुसीको कुरा राष्ट्रिय रुपमा दैनिक १५/१६ घण्टा लोडसेडिङ्को कारण आम जनता आक्रान्त भैरहेको बेला राम्जामा भने चौविसै घण्टा विद्युत प्रवाह भइरहेको छ । प्रभावित क्षेत्रको रुपमा रहेको यो सुविधाको सदुपयोग गर्न सके अन्य क्षेत्रमा पनि प्रगति हासिल गर्न सकिने सम्भावना छ । यसरी राम्जाको विकास समग्र जिल्ला र राज्यको विकासको स्तरसाग तुलना गरेर हेर्दा सन्तोषप्रद मान्नुपर्छ, तर यतिले मात्र राम्जाको विकासमा सन्तुष्ट हुन सकिादैन र यतिमै सन्तुष्टि लिनु भनेको थप विकासको बाटोमा तगारो हाल्नु हुन जान्छ । तसर्थ राम्जाको विकासका निम्ति मन, वचन र कर्मले सबै समर्पित हुन जरुरी छ । अस्तु ! २०६७।१२।२६ ः मनहरि तिमिल्सिना

No comments:

Post a Comment