मुस्ताङ,
गुम्वै गुम्वाको राजधानीले चिनिने मुस्ताङमा गुम्वाहरु जिर्ण बन्दै गएका छन । मार्फा गाविस स्थित स्याङ गाउमा रहेको पुरानो स्याङ गुम्बा जिर्ण बन्दै गइरहेको छ । करिव दुई सय बर्ष पुरानो गुम्बाको संरक्षण हुन नसक्दा गुम्वा पुर्ण रुपले भत्कने अवस्थामा पुग्नुका साथै गुम्बामा राखिएका बहुमूल्य ऐतिहासीक सामानहरू संरक्षणको अभावमा नष्ट हुने अवस्थामा पुगेको छन । गाउँबाट केही टाढा रहेको गुम्बालाई संरक्षण र मर्मत गर्न स्थानियबासिन्दाले बिभिन्न निकायका साथै जिविसलाई आग्रह गरेको भएपनि हालसम्म चासो नदेखाएको स्थानियबासिन्दाले गुनासो गरेका छन् । गुम्बाको मर्मतमा कसैले पनि चासो नदेखाएको स्थानिय युवाहरुले आरोप लगाएका छन ।
यो गुम्बा भित्र सयौं बर्ष पुराना बहुमुल्य साम्रागीका साथै चाँदी लेपनबाट लेखिएका बौद्ध धार्मिक ग्रन्थहरूको रहेका छन् । भित्ताहरुमा प्राचिन अबस्थाको चित्रण गरेर थांका कोरिएको छ ।स्थापुरै क्षत बिक्षत अबस्थामा रहेको गुम्वा बर्षातको समयमा पानी पस्ने र चोरी हुन सक्ने भए पछि यहाँका केही साम्रागी गाउँमा लगेर राखिएको छ । स्थानिय थकाली जातिका जन्मदेखि मृत्यु सम्मका संस्कारमा प्रयोगहुने सामग्रीहरूको साथै स्थानिय जनजीवन झल्काउने कपडा, भाँडावर्तन, दैनिक जीवनमा प्रयोग हुने घरेलु औजार र सँयौ बर्ष पुराना लिपी गुम्बामा राखिएको छ । गुम्बा आसपासमा आफ्ना दिवंगत परिवारको चिनो राख्ने गरिन्छ भने प्रत्येक बर्ष सवै जम्मा भएर पुजा आज गर्ने चलन रहेको छ । गुम्वामा रहेका बहुमूल्य सामग्रीहरू व्यवस्थापन र संरक्षण गर्न नसंिकंदा पर्यटकीय गन्तब्य बनाउन नसकीएको बताउदै कहिलेकाही आइरहेका केहि बाहिरी मान्छेले चोरी निकासी समेत गर्ने गरेको स्थानिय इन्द्रसिह थकालीले बताउनुभयो । पछिल्लो समय अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कायालय जोमसोममा पारश बिक्रम सिह कार्यालय प्रमुख भएर आएपछि एक्यापले केहि चासो देखाउन खोजेको थकालीले बताउनु भयो । भवनको पुनर्निमाण गरि पर्यटक भ्रमणमा आउने बाताबरण सृजना गर्नसके संरक्षण मात्र नभई स्थानिय बासीन्दाको आय आजनमा समेत बृद्धि हुने देखिन्छ ।
पर्यटकहरुको मुख्य आर्कषण को रुपमा रहेको गुम्वालाई व्यवस्थीत गरि पर्यटकीय आकर्षण बनाउदै संग्रहालयको रुपमा बिकास गर्न स्थानियवासीले माग गरेका छन् यसैविच मुस्ताङमा रहेका धेरै पुराना दरवार सम्बन्धित नियकाले चासो नदेखाउदाँ संरक्षणको अभावमा जिर्ण बन्दै गइरहेको छन । सरकारले पुराना गुम्बाको संरक्षणमा चासो देखाउन सकेमा धौलागिरि अञ्चलकै प्रमुख पर्यटकिय गन्तब्यको रुपमा रहेको मुस्ताङ आउने पर्यटकका सख्यामा बृद्धि भैे आर्कषकको थप केन्द्र विन्दु बन्न सक्छ । स्थानिय बासीन्दाको आय आर्जन बढाउन स्याङलाई पर्यटकीय गन्तब्य बनाउनुका साथै केहि समय पछि हुने भनिएको मुस्ताङ महोत्सब समेत सकार पार्न गुम्वाको जिर्णोद्धार हुन आवश्यक देखिन्छ ।
No comments:
Post a Comment