सिंगापुरका स्कुले बच्चाहरुले खेलेको एक खतरनाक खेलको दृश्य इन्टरनेट मार्फत सार्वजनिक भएपछि त्यसले सनसनी फैलाएको छ । इन्टरनेट मार्फत सार्वजनिक भएका विद्यार्थीको यस्तो खतरनाक खेल अर्कोलाई मार्ने खेल हो भनेर सन्दा अचम्म लाग्नसक्छ ।
वास्तवमै यो मार्ने खेलमा एक जना विद्यार्थीले अर्को विद्यार्थीको घाँटी र छातिमा कसेर दबाउँछ जबसम्म त्यो विद्यार्थी बेहोस हुन्छ ।S3E8AS3VRWTH
स्पेस मंकी , फेंटिंग गेम वा पासिंग आउट गेम नाम दिइएको यो डरलाग्दो खेलमा जब छाति र घाँटी चेपिएर कुनै बच्चा बेहोस हुन्छ तब फेरी उसलाई मुखबाट अक्सिजन दिएर ब्युँताइन्छ ।
हुनत यो खेल नयाँ होइन । झण्डै २ वर्ष पहिले अमेरिकामा पनि यस्तो खेलको बारेमा ठूलै सनसनी फैलिएको थियो । अमेरिकामा यस्तो खेलका क्रममा केही बच्चाको ज्यान समेत गएको थियो ।
एक तथ्यांक अनुसार अमेरिका लगायतका देशमा गरी सन् १९९५ देखि २००७ सम्मको अवधिमा यहीँ खेलका कारण ८० भन्दा बढि बालबालिकाको ज्यान गैसकेको छ ।
S3E8AS3VRWTH

No comments:
Post a Comment