राम्रो शिक्षाको लागि नग्न प्रदर्शन !!!!


चिलीको वालपरेसो सहरमा हालै एउटा रोचक सडक महोत्सव सम्पन्न भयो । जहाँ सयौँ मानिस समावेश भए । महोत्सवमा मानिस जम्मा हुनु के अनौठो भयो ? भन्ने प्रश्न उठ्नसक्छ तर त्यहाँ जम्मा भएका मानिसले साँच्चिकै अचम्म गरे ।

सडक फेस्टिभलमा सहभागि महिलाहरु अर्धनग्न थिए अथात् उनीहरुको शरीरको माथिल्लो भागमा कपडाको धर्सो पनि थिएन अझ भनौँ उनीहरुले स्तन प्रदर्शन गरिरहेका थिए । यद्यपि पुरुषहरुले पनि छाति देखाएका थिए , तर महिलाहरुको नग्नताको अगाडि पुरुषको मानक रहने कुरै भएन ।

चिलीमा यस्तो अर्धनग्न सडक मेला वर्षेनी हुनेगर्छ । टपलेस भएर सडकमा परेड खेल्ने महिला तथा पुरुषहरुका सरीरमा कलाकारहरुले विभिन्न थरी पेन्टिङ गरेका हुन्छन् ।
जिज्ञासा लाग्नसक्छ, किन मानिसहरु यसरी वर्षेनी सडकमा नांगै परेड खेल्दाहुन् ? कतै लुगाको बचत गर्न वा जवानी देखाउन त होइन ? तर कुरोको चुरो त्यसो होइन रहेछ । यो वाषिर्क नग्न महोत्सव शिक्षा व्यवस्थाको स्तरमा सुधार , जातिय तथा वर्णभेदको अन्त्य तथा शिक्षामा समानताको माग गर्दै आयोजना गर्ने गरिएको हो ।
यो फेस्टिभलको मौका छोपेर कलाकारले पनि आफ्नो रचनात्मकता प्रदर्शन गर्ने मौका पाउाछन् र रंग पोत्ने बहानामा सुन्दरीका उदरहरुमा स्पर्श गर्ने सुअवसर प्राप्त गर्छन् ।
यो सालको फेस्टिभल हेरेर एकजना दर्शक मजाक गर्दै थिए, “मैले पहिलोचोटी यतिधेरै संख्यामा राम्रा राम्रा टपलेस महिलालाई देखेको हुा, हामीकहाँ ब्रा र ब्लाउजका फ्याक्ट्री फैलिरहेको बेलामा पनि किन होला बुबु देखाउने ?”
स्मरण रहोस् केही समय अघि मात्र शैक्षिक सुधारको माग गर्दै चिलिका विद्यार्थीहरुले चुम्बन आन्दोलन गरेका थिए ।

No comments:

Post a Comment