मर्दका सात श्रीमती भन्ने उखान गाउँतिर अझैपनि चर्चित नै छ । तर भारतका एक पुरुष भने महामर्द रहेछन् । उनका ३९ जना श्रीमती र ९४ जना सन्तान छन् । त्यतिमात्र नभएर उनका ३३ जना नातिनातिना र १४ जना छोरीज्वाइँ गरेर जम्माजम्मी १ सय ८० जनाको परिवार सँगै मिलिजुली बसेको छ । यो परिवार विश्वकै सबैभन्दा ठूलो परिवारको रुपमा गिनिज बुकमा नाम समेत लेखाएको छ ।
यतिधेरै जनसंख्या भएको यो परिवार १ सय कोठा भएको ४ तले घरमा बस्दै आएको छ । ६७ वर्षका जिओना चाना धेरै श्रीमतीको लोग्ने र धेरै सन्तानको बाउ हुन पाएकोमा दंग छन् । उनकी सबैभन्दा पहिला बिहे गरेकी श्रीमतीको उमेर ६९ वर्ष छ भने सबैभन्दा पछि बिहे गरेकी श्रीमतीको उमेर ३० वर्ष छ ।
यतिधेरै सदस्य भएको परिवारमा सैनिक ब्यारेकमा जस्तो अनुसासन कायम छ । ६९ वर्षकी जेठी श्रीमती जाथियांगीले कसले के गर्ने, कुन श्रीमतीले सरसफाइ गर्ने, लुगा धुने तथा खाना पकाउने भन्ने कार्यतालिका बनाउँछिन् ।
परिवारका सबै सदस्यलाई खाना पकाउनु चानचुने कुरा होइन । एक छाकमै ६० किलो आलु, एक क्विन्टल चामल तथा ६० वटा कुखुराको मासु पकाउनुपर्छ । यो परिवार साच्चीकै एउटा गाउँजस्तै छ । परिवारको लागि छुट्टै स्कुल, खेलमैदान, सुँगुर फार्म, कुखुरा फार्म तथा तरकारी बारी छ ।
सामान्यतया महिलाले सौता सहादैनन् । तर यो परिवारमा ३९ जना महिला एक अर्काका सौता भएपनि मिलेका छन् । लोग्ने साग को सुत्ने भन्ने कुराको पनि निश्चित कार्यतालिका हुन्छ र पालैपालो उनीहरु लोग्नेसँग सुत्ने गर्छन र कहिलेकाहीँ त एकरातमै दुइजनाको पालो आउँछ । तर कम उमेरका श्रीमतीसँग बढि रात बिताउने गरेका छन् जिओनाले । उमेरले नेटो कोटेपनि उनले अझै आफु बिहे गर्नबाट नथाकेको र केटी पाएमा अझै श्रीमती भित्राउने बताउँछन् ।
No comments:
Post a Comment