कात्तिक ५- मेलबर्नमा अपहरणमा परेकी नेपाली युवतीलाई प्रहरीले दुई दिनपछि मुक्त गराएको छ। सामाजिक सञ्जालमार्फत अपहरणको फन्दामा परेकी २९ वर्षीया नेपाली युवतीलाई अस्ट्रेलियन फेडरल प्रहरीले २४ घण्टा लामो अनुसन्धानपछि अपहरणकारीको घरबाट मुक्त गरेको हो।३५ वर्षीय डरेन साल्टमासले ती युवतीको अपहरण गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रहरीले २९ वर्षीय गुरुङ थरकी नेपाली युवतीलाई पाकेह्याममा रहेको अपहरणकारीको घरबाट मुक्त गरेको थियो।
प्रहरीका अनुसार उनीहरुबीच सामाजिक सञ्जालमार्फत् चिनजान भएपछि गत मंगलबार पहिलोपटक युवती डेटिङमा गएकी थिइन्। अपहराण्कारीले युवतीलाई आफ्नै कारमा राखेर घरमा पुर्यापछि बन्धक बनाएर २० हजार अस्ट्रेलियन डलर फिरौती माग्दै नदिए हत्याको धम्की दिएको थियो।
मेलबर्नबाट प्रकाशित हुने हेराल्ड सन् दैनिकका अनुसार २० हजार डलरका लागि अपहरणकारीले युवतीको पोखरामा रहेका आफन्तलाई फोन गरेर धम्की दिएको थियो। युवतीका नेपालमा रहेका आफन्तले मेलबर्नमा रहेको महावाणिज्यदूतको कार्यालयलाई खबर गरेपछि अष्ट्रेलीयन प्रहरीले घटनाबारे जानकारी पाएको थियो।

अपहरमुक्त भएपछि स्थानीयवासीले अस्पतालमा भर्ना गरेका थिए। वाणिज्यदूत चन्द्र योञ्जनका अनुसार अहिले उनी खतरामुक्त छिन्।

अपहरणकारी डेरेन साल्टमासको प्रहर िर सन् हेराल्ड दैनिकले सार्वजनिक गरेको स्केच। तस्बिर : सन् हेराल्ड
नेपाली युवतीको अभियोगमा पक्राउ परेका ३५ वर्षीय डरेन साल्टमासलाई स्थानीय अदालतले पाँचवटा अपहरण, डरधम्की, दुर्व्यवहार, झुटो प्रलोभन लगायतका पाँचवटा अभियोगमा जेल चलान गरेको छ। उनी २०१२ को फेब्रुवरी १० सम्म जेलमा बस्नुपर्नेछ। त्यसपछि मुद्दाको अन्तिम फैसला हुनेछ। स्थानिय कारखानामा काम गर्दै आएका साल्टमास केही हप्ता अघिदेखि ढाड दुख्ने समस्याको उपचार गराईरहेका थिए।
सामाजिक सञ्जालले बढेको अपराध
फेसबुकमार्फत् साथी बनेको एकजना पुरुषले धोका दिएपछि सिड्नीमा नेपाली महिला विद्यार्थीले समुन्द्रि भिरबाट हामफालेर आत्माहत्या गरेकी थिइन्। सिड्नीको कुजी बिचमा एक वर्षअघि भएको यो घटना सेलाउन नपाउँदै मेलबर्नबाट फेरि एक नेपाली विद्यार्थी अपहरणमा परेको खबर सार्वजनिक भएको छ। अपहरणकारीबाट मुक्त गर्न एक घण्टामात्र ढिला भएको भए ती युवतीलाई मारेर खाल्डोमा पुर्ने तयारी गरेको सन् हेराल्डले उल्लेख गरेको छ।

अपहरणकारीले नेपाली युवतीलाई दुई दिनसम्म नियन्त्रणमा राखेको घरको गार्डेनमा मारेर गाड्न खनेको खाल्डो। तस्बिर : सन् हेराल्ड
No comments:
Post a Comment