आर्थिक मामिलामा पटक पटक विवादमा तानिने गरेको छ माओवादी पार्टी । अलकायदापछीको सबैभन्दा धनी पार्टीको रहेको विवरण सार्वजनिक भएको थियो केही समय अगाडि । भारतीय बैंकहरुमा पुष्पकमल दाहालका ससुराको नाममा अवौं रकम रहेको पनि दावी गरिएको थियो । तथ्य पुष्टी हुन नसकेपनी पुन एक स्विस नागरिकले माओवादीले भारतीय बैंकमा राखेको अर्बौ रकम स्विस बैंकमा सारेको दावी गरेका छन् ।
ह्यल्सी वासको नाममा न्युज ब्लेजमा प्रकाशित सामागि्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बाबुराम भट्टराई भट्टराई पत्नी हिसिला यमी र दाहालका सहयोगी कृष्णबहादुर महराको नाममा भारतीय बैंकमा रहेको लाखौं युरो रकम स्विस बैंकमा सारेको दावी गरेका छन् ।
ह्यल्सी वासको नाममा न्युज ब्लेजमा प्रकाशित सामागि्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बाबुराम भट्टराई भट्टराई पत्नी हिसिला यमी र दाहालका सहयोगी कृष्णबहादुर महराको नाममा भारतीय बैंकमा रहेको लाखौं युरो रकम स्विस बैंकमा सारेको दावी गरेका छन् ।
उनले आफुले पाएको जानकारी अति विश्वसनिय रहेको दावी गर्दै तत्काल माओवादी नेताको नाममा स्विस बैंकमा खोलिएको खाता रोक्काको माग गर्न नेपाली नागरिकसँग आग्रह गरेका छन् । यदी दवाव दिन ढिलाई गरेमा स्विस बैंकका अधिकारीले स्विजर्यान्डका नेतालाई घुस दिएर बैंकको गोपनियता कायम राख्ने बहानामा माओवादी नेताको विवरण दिनवाट जोगिने दावी गरेका छन् ।
आफु बौद्ध धर्मावलम्बी भएको र नेपालको लुम्बिनीकाठमाडौं पोखरा लुक्ला गोरखा घुमेको र नेपालप्रति आफ्नो विशेष लगाव रहेकाले गोप्य विवरण बताएको उनको दावी छ । उनले यस बारे विस्तृत विवरण खोज्न आफुपनि लाग्ने बताउँदै नेपालीलाई पनि स्विजरल्यान्ड सरकारलाई दवाव दिन आग्रह गरेका छन् ।
स्विस बैंकमा विभिन्न देशका भ्रष्टहरुको कालो धन रहेको भन्दै पटक पटक यो बैंक विवादमा तानिने गरेको छ । विभिन्न मुलुकका नागरिकले सहजै स्विसमा खाता खोलेर रकम जम्मा गर्न सक्ने र बैंकले खातावालाको विवरणको गोप्यता कायम राख्ने भएकाले अकुत सम्पत्ति लुकाउन चाहनेहरुको सहयोगी समान बनेको छ स्विस बैंक । त्यसैले माओवादी नेताहरुबारे जुन विवरण सार्वजनिक भएको छ त्यसलाई उडन्ते कुरा भनेर हल्का रुपमा लिनु हतार हुनसक्छ ।
किनकी बाहिर देखाउनका लागी ब्यक्तिगत सम्पत्ति समेत पार्टीको नाममा राखेको दावी गरेपनी आर्थिक मामिलामा माओवादीका धेरै नेता बदनाम छन् । र सबैभन्दा बढी पार्टी अध्यक्ष पुष्पकमल दाहाल अनी उनका सहयोगी महरा यस्ता प्रकरणमा मुछिँदै आएका छन् ।
भारतमा रहेका आफ्ना ससुराको सहायतामा भारतीय बैंकहरुमा अबैध रकम राखेको विवादास्पद व्यापारी अजय सुमार्गी मार्फत लगानी गरेको पार्टीको आय व्याय अपारदर्शी बनाएको आरोप लाग्दै आएको छ उनीमाथी ।
जनयुद्धकालमा संकलन गरिएको चन्दाविदेशी सहयोगीवाट लिएको सहयोग रकम मात्र हैन माओवादीले बैंकवाट लुटेको रकमको आँकडा करोडौ छ नै । जो के भयो अहिलेसम्म खुलाउन सकेको छैन माओवादीले । आर्थिक विषयमा बहस भयो भने ति बेलाका रकम युद्धमा खर्च भयो भनेर टार्ने गरेका छन् ।
आर्थिक संकलनको हिसाव गर्ने हो भने जनयुद्धकालमा भन्दा बढी रकम उसले शान्तीपूर्ण राजनीतिमा आएपछी संकलन गरेको छ । विभिन्न उद्योगवाट संकलीत रकमहोटल क्यासिनोवाट लिएको रकमको न गणनै छैन । माओवादीले लडाकुको नाममा लिएको करोडौं रकम आफ्नै नाममा राखेको पुष्टी भइसकेको तथ्य हो । पार्टी संचालनका लागी सभासद्हरुवाट उठाएको लेवीको परिमाणपनि कम छैन ।
पार्टीको गतिविधी संचालनका लागी भन्दै गुप्त रुपमा संकलन गर्ने रकम पनि मोटै छन् । वाईसियलको नाममा तान्डव मच्याएर संकलन गरेको रकम मजदुर संगठन प्रयोग गरी उद्योगी व्यापारीलाई तसा्रएर लिएको रकमको मात्रा सानो होला र
माओवादी पार्टीको आर्थिक हैसियतबारे सबै जानकार भएपनी तथ्यपरक विवरणको अभावमा माओवादी जोिगंदै आएका छन् । र स्विस बैंकको यो प्रकरण सत्य नै भएपनी माओवादी नेताको खाताबारे तथ्यपरक जानकारी खुलाउन त्यत्ति सहज छैन ।
यस अगाडि रानी ऐश्वर्याको नाममा स्विस बैंकमा खाता रहेको भन्दै सो रकम नेपाल फर्काउन ठुलै अभियान चलाइएको थियो । स्विस बैंकमा ऐश्वर्याको खातामा १ सय २३ अर्व स्टलिगं पाउन्ड अर्थात १८ खर्व नेपाली रुपैंया ।रहेको दावी गर्दै बेलायतको द सन्डे टेलिग्राफ पत्रिकाले २००१ जुलाई ३ मा समाचार प्रकाशित गरेपछी रकम फिर्ता ल्याउन विद्यार्थीहरुले आन्दोलननै संचालन गरेका थिए । तर त्यो त्यसै सेलाएर गयो ।
स्विस बैंकका खातावालाहरु बारे विकिलिक्सले दस्तावेज फेला पारेको विवरण सार्वजनिक भएको थियो । जुलियन असान्जले अध्ययनपछी विवरण सार्वजनिक गर्दै लैजाने बताएपनी अहिलेसम्म त्यो गोप्य नै राखिएको छ ।
No comments:
Post a Comment