वेश्यावृत्ति विरुद्ध नांगो प्रदर्शन


युक्रेनका महिला अधिकारवादीहरुले फुबटल प्रतियोगिताका क्रममा हुने गरेको वेश्यावृत्ति विरुद्ध सडकमा नांगो प्रदर्शन गरेका छन् । महिला अधिकारवादी समूह फिमेन सम्बद्ध महिलाहरुले टपलेस भएर सडक प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनकारीहरुले आउादो वर्ष हुने युरोकप फुटबलका क्रममा हुनसक्ने सम्भावित वृश्यावृत्ति तथा अत्यधिक मदिरापानको विरोध गरेका छन् । साथै उनीहरुले फुटबल खेलमा हुनसक्ने खराब गतिविधि र भ्रष्टाचारको पनि विरोध गरेका छन् S3E8AS3VRWTH

फिमेनका अनुसार युरोकप फुटबल प्रतियोगिता २०१२ का क्रममा युक्रेनमा वेश्यावृत्तिका घटनामा वृद्धि हुने सम्भावना छ र त्यस समयमा मदिराको खपत पनि बढ्न सक्छ । यस्तो गतिविधिले समाजमा नराम्रो असर पुग्ने महिलाहरुको भनाइ छ ।
महिला अधिकारवादीहरुले नांगै प्रदर्शन गरेको सुरक्षा निकायलाई भने चित्त बुझेनछ । प्रहरीले प्रदर्शनमा धरपकड गरी बुबु देखाएर प्रदर्शन गरेका महिलालाई पक्राउ गरेको थियो ।
युरोकप फुटबल आउँदो जुन महिनादेखि युक्रेन र पोल्याण्डले संयु्रक्त रुपमा आयोजना गर्दैछन् ।

No comments:

Post a Comment