
क्लब प्याराडिसोकै केही अगाडि सुविधायुक्त अर्को डिस्को थेक छ— ओजन नाइट क्लब। हिजोआज यसले लेकसाइडको रात्रिजीवनमा रौनक थपिएको छ। एक वर्षअघि स्थापना भएको यो क्लबले दैनिक डान्सपार्टी गर्न थालेपछि पनि तन्नेरीहरू आकषिर्त भएका हुन्। पोखरामा डिस्कोको क्रेज देखेरै मन्दिप क्षेत्री र महेन्द्र गुरुङ मिलेर यो क्लब सञ्चालनमा ल्याएका हुन्।
'अक्सर शुक्रबार र शनिबार भैरहने पार्टी हिजोआज तन्नेरी पुस्ताको बढ्दो मागका कारण दिनहुँ नै हुन थालेको छ,' सञ्चालक मन्दिप क्षेत्री भन्छन्, 'डिस्कोहरू क्लब कल्चरका रूपमा विकास भएका छन्।' ओजनमा प्रवेश गरेपछि विदेशी क्लब पुगेको अनुभूति हुने क्लबमा रमाउन आउने श्रद्धा गुरुङले बताइन्।
यहाँ राजधानीका दुई चल्तीका डिजे र एक स्थानीय डिजेले स्वदेशी तथा विदेशी संगीतको धुनले मनोरञ्जन पारखीहरूलाई नचाइरहेका छन्। यहाँ प्रवेशका लागि ३ सय र ५ सय तथा क्लब सदस्य बनेर सहुलियतमा मनोरञ्जन लिन सकिन्छ। कुनै पार्टी वा कार्यक्रम गर्नुपर्यो भने ३० हजार रुपैयाँ क्लबमा बुझाउनुपर्छ। १ करोडको लगानीमा खोलिएको ओजन आउनेहरूका लागि छुट्टै रेस्टुराँको व्यवस्था पनि छ। यहाँ आफ्नो रुचिअनुसार डि्रंक्स र स्न्याक्स उपलब्ध हुन्छ।
११ बजेसम्म मात्र डिस्को खोल्न पाइने नियमले आफूहरूलाई समस्यामा पारेको सञ्चालक गुरुङले बताए। केही वर्षअघिसम्म रातको दुई बजेसम्म झुम्ने डिस्को अहिले ११ बज्दा-नबज्दै बन्द गर्नुपर्छ। यसले पनि डिस्को थेक सञ्चालनमा समस्या भएको छ। पार्टीमा रमाउन राति अबेर आउँछन् तर आउँदा-आउँदै क्लब बन्द गर्नुपर्ने स्थिति रहेको गुरुङको दुखेसो छ।
पोखराको अर्को डिस्को थेक हो— क्लब एसियाना। लेकसाइडको मुख्य बजारबाट केही भित्र रहेको यो क्लबमा मनोरञ्जनपारखीहरूका लागि खुला ठाउँ उपलब्ध छ। पाँच वर्ष अघि स्थापना भएको क्लबमा हरेक दिनजसो विशेष रूपमा डान्सपार्टीको आयोजना हुँदै आएको सञ्चालक सुमन श्रेष्ठले जानकारी दिए।बाहिर र भित्र गरेर क्लबमा ६ सयभन्दा बढीले मनोरञ्जन गर्न सक्छन्। एक रोपनीभन्दा बढी क्षेत्रफल ओगटेको यो क्लबमा प्रवेशका लागि २ सय र ३ सय ५० रुपैयाँ शुल्क लाग्छ। विशेष गरी क्लबमा तन्नेरीहरू नै मनोरञ्जनका लागि आउने गरेका छन्। धेरै तन्नेरी जमघट हुने क्लबका रूपमा चिनिएको छ— क्लब एसियाना। सञ्चालक श्रेष्ठका अनुसार पोखरालाई टुरिज्म हबका रूपमा विकास गर्न डिस्को थेकले महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
कन्सर्टमा रमाउन पाएपछि घामपानीको के परवाह ? पोखराका तन्नेरीहरूले पानीमा रुझेर पनि कन्सर्टको मज्जा लिएका छन्। पोखरामा प्रदर्शनी केन्द्रमा शनिबार राति दस बजेसम्म पोखराका टिनएजरहरू पानीमा भिज्दै कट्टु कन्सर्टको आनन्द लिए। पानीको कुनै परवाह नगरी कन्सर्टमा रमाएका तन्नेरीहरू हुटिङ गर्दै संगीतमा रमाए। दुई घण्टा ढिलो सुरु भएको कन्सर्ट हेर्न प्रदर्शनी केन्द्रमा तन्नेरीहरूको उपस्थिति उल्लेख्य देखिन्थ्यो। स्थानीय नरसंहार ब्यान्डको प्रस्तुतिसँगै कन्सर्टको वातावरण एकाएक तात्तिन पुग्यो।
खुला आकाशमुनि पानीको कुनै परवाह नगरी तन्नेरीहरू गीत सुन्न मग्न देखिन्थे। बलिउड चलचित्र ँरक अन’ का कलाकार ड्रमर पुरब कोइलीसँगै अन्य कलाकार स्टेजमा उत्रिनेबित्तिकै प्रदर्शनी केन्द्रको वातावरण रन्कियो। रक अनका कलाकारले संगीत घन्काएपछि १९७४ एडीका गायक एडि्रन प्रधानले ँरक अन वक्तका इसारा’ शीर्ष गीत गाएपछि कन्सर्ट झुम्न पुग्यो। दर्शक रक अनका कलाकार र १९७४ एडीका कलाकार आउने उत्साहले कन्सर्टमा घण्टौं अघिदेखि नै प्रदर्शनी केन्द्रमा भिज्दै बसेका थिए।वातावरण संरक्षणका लागि युवाहरूको संलग्नता भन्ने उद्देश्यका साथ आयोजित कन्सर्टमा हाफ कट्टु र टिर्सट लगाएका तन्नेरीहरू कन्सर्ट स्थल पुगे। कन्सर्टको नेसनल जियोग्राफी, फक्सलगायत भारतका पाँचवटा च्यानलले वृत्तचित्र निर्माणका लागि भिडियो खिचेका छन्। पाँच घण्टा सम्म पानीमा रुझेर लगाएको कपडा निचोर्दै कन्सर्टमा सहभागी दर्शकले १९७४ एडीका गीतबाट अझ बढी मनोरञ्जन लिए। ६ हजारभन्दा बढी दर्शकले हेरेको कन्सर्टमा राजधानीबाट आएका गायक सन्तोष चौधरीले ँतिमी आयौ’ गीत गाएर दर्शकलाई नचाए। कार्यक्रममा पोखराको रिभर्स, जी नाइन, प्रयत्न, अल ज्यामर्स आदि ब्यान्डले पनि प्रस्तुति दिएका थिए।
source: saptahikS3E8AS3VRWTH
'अक्सर शुक्रबार र शनिबार भैरहने पार्टी हिजोआज तन्नेरी पुस्ताको बढ्दो मागका कारण दिनहुँ नै हुन थालेको छ,' सञ्चालक मन्दिप क्षेत्री भन्छन्, 'डिस्कोहरू क्लब कल्चरका रूपमा विकास भएका छन्।' ओजनमा प्रवेश गरेपछि विदेशी क्लब पुगेको अनुभूति हुने क्लबमा रमाउन आउने श्रद्धा गुरुङले बताइन्।
यहाँ राजधानीका दुई चल्तीका डिजे र एक स्थानीय डिजेले स्वदेशी तथा विदेशी संगीतको धुनले मनोरञ्जन पारखीहरूलाई नचाइरहेका छन्। यहाँ प्रवेशका लागि ३ सय र ५ सय तथा क्लब सदस्य बनेर सहुलियतमा मनोरञ्जन लिन सकिन्छ। कुनै पार्टी वा कार्यक्रम गर्नुपर्यो भने ३० हजार रुपैयाँ क्लबमा बुझाउनुपर्छ। १ करोडको लगानीमा खोलिएको ओजन आउनेहरूका लागि छुट्टै रेस्टुराँको व्यवस्था पनि छ। यहाँ आफ्नो रुचिअनुसार डि्रंक्स र स्न्याक्स उपलब्ध हुन्छ।
११ बजेसम्म मात्र डिस्को खोल्न पाइने नियमले आफूहरूलाई समस्यामा पारेको सञ्चालक गुरुङले बताए। केही वर्षअघिसम्म रातको दुई बजेसम्म झुम्ने डिस्को अहिले ११ बज्दा-नबज्दै बन्द गर्नुपर्छ। यसले पनि डिस्को थेक सञ्चालनमा समस्या भएको छ। पार्टीमा रमाउन राति अबेर आउँछन् तर आउँदा-आउँदै क्लब बन्द गर्नुपर्ने स्थिति रहेको गुरुङको दुखेसो छ।
पोखराको अर्को डिस्को थेक हो— क्लब एसियाना। लेकसाइडको मुख्य बजारबाट केही भित्र रहेको यो क्लबमा मनोरञ्जनपारखीहरूका लागि खुला ठाउँ उपलब्ध छ। पाँच वर्ष अघि स्थापना भएको क्लबमा हरेक दिनजसो विशेष रूपमा डान्सपार्टीको आयोजना हुँदै आएको सञ्चालक सुमन श्रेष्ठले जानकारी दिए।बाहिर र भित्र गरेर क्लबमा ६ सयभन्दा बढीले मनोरञ्जन गर्न सक्छन्। एक रोपनीभन्दा बढी क्षेत्रफल ओगटेको यो क्लबमा प्रवेशका लागि २ सय र ३ सय ५० रुपैयाँ शुल्क लाग्छ। विशेष गरी क्लबमा तन्नेरीहरू नै मनोरञ्जनका लागि आउने गरेका छन्। धेरै तन्नेरी जमघट हुने क्लबका रूपमा चिनिएको छ— क्लब एसियाना। सञ्चालक श्रेष्ठका अनुसार पोखरालाई टुरिज्म हबका रूपमा विकास गर्न डिस्को थेकले महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
कट्टु कन्सर्टमा

खुला आकाशमुनि पानीको कुनै परवाह नगरी तन्नेरीहरू गीत सुन्न मग्न देखिन्थे। बलिउड चलचित्र ँरक अन’ का कलाकार ड्रमर पुरब कोइलीसँगै अन्य कलाकार स्टेजमा उत्रिनेबित्तिकै प्रदर्शनी केन्द्रको वातावरण रन्कियो। रक अनका कलाकारले संगीत घन्काएपछि १९७४ एडीका गायक एडि्रन प्रधानले ँरक अन वक्तका इसारा’ शीर्ष गीत गाएपछि कन्सर्ट झुम्न पुग्यो। दर्शक रक अनका कलाकार र १९७४ एडीका कलाकार आउने उत्साहले कन्सर्टमा घण्टौं अघिदेखि नै प्रदर्शनी केन्द्रमा भिज्दै बसेका थिए।वातावरण संरक्षणका लागि युवाहरूको संलग्नता भन्ने उद्देश्यका साथ आयोजित कन्सर्टमा हाफ कट्टु र टिर्सट लगाएका तन्नेरीहरू कन्सर्ट स्थल पुगे। कन्सर्टको नेसनल जियोग्राफी, फक्सलगायत भारतका पाँचवटा च्यानलले वृत्तचित्र निर्माणका लागि भिडियो खिचेका छन्। पाँच घण्टा सम्म पानीमा रुझेर लगाएको कपडा निचोर्दै कन्सर्टमा सहभागी दर्शकले १९७४ एडीका गीतबाट अझ बढी मनोरञ्जन लिए। ६ हजारभन्दा बढी दर्शकले हेरेको कन्सर्टमा राजधानीबाट आएका गायक सन्तोष चौधरीले ँतिमी आयौ’ गीत गाएर दर्शकलाई नचाए। कार्यक्रममा पोखराको रिभर्स, जी नाइन, प्रयत्न, अल ज्यामर्स आदि ब्यान्डले पनि प्रस्तुति दिएका थिए।
source: saptahikS3E8AS3VRWTH
No comments:
Post a Comment