
भीडियो हेर्न तल क्लिक गर्नुहोस
हिन्दी, उर्दू, पन्जाबी, भोजपुरी, नेपाली लगायतका भाषामा गजल गाइसकेका सिंहलाई भारत सरकारले सन् २००३ मा सर्वोच्च नागरिक सम्मान मध्येको एक पद्मभूषणले सम्मान गरेको थियो । सिंहले गाएको नेपाली गजल ‘कुन माया सदर भो’ नेपाली श्रोतामाझ निकै चर्चित छ ।
सिंहलाई भारतमा गजललाई पुनः प्रचलित गराएको तथा गजल गायकीमा कोरस गायनको प्रयोग गर्ने श्रेय जान्छ । गजल गायक सिंह अन्तिम मुगल बादशाह बहादुर शाह जफरले लेखेका गजल भारतमा स्वतन्त्रता आन्दोलनको १ सय ५० औं वर्षगाठको अबसरमा सन् १८५७ मा भारतीय संसदमा गाउने मध्येका एक हुनुहन्थ्यो ।
जगजीत सिंहले लामो समयसम्म आफ्ना पत्नी चित्रा सिंहसँग जोडी बनेर गाउनु भएको थियो । सिंहले सन् १९९० मा एक दुर्घटनामा आफ्नी श्रीमती चित्रा र छोरा विवेकलाई गुमाउनु परेको थियो । त्यसपछि चित्रा ले गाउन नै छाडि दिनु भएको थियो । सिंहले आफ्नो श्रीमतीसँगको अन्तिम संयुक्त एल्बम ‘समवन समवेयर’ थियो ।
जगजीत सिंहले लता मंगेशकरका साथ निकालेको विशेष एल्बम ‘सजदा’ निकै चल्यो । यस बाहेक फिल्म निर्माता एवं खेलक शायर गुलजारसँग पनि उहाँले निकै काम गर्नु भएको थियो । सिंह घगचढीमा निकै रमाउनु हुन्थ्यो । उहाँ आफैँ घोडा पाल्नुका साथै घोडा दौडमा समेत भाग लिने गर्नुहुन्थ्यो ।
hardikS3E8AS3VRWTH
heartfelt condolence to jagjit singh!!! RIP
ReplyDelete