
प्रचण्डलाई माओबादी नेतृत्वको सरकारले लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिको संयोजकमा राजनीतिक नियुक्ति गरेपछि यत नेपालमा त्यसको ब्त्तयापक बिरोध भैरहेको छ भने उहाँ त्यसैलाई बहाना बनाएर अमेरिका तर्फ लाग्नु भएको छ। नेपालको इतिहासमै सत्तारुढ पार्टीका अध्यक्षले राजनीतिक नियुक्ति लिएको यो पहिलो घटना हो। अमेरिकाको निर्देशन बमोजिम राष्ट्र संघ चल्ने र राष्ट्र संघको निर्देशन बमोजिम नेपालको माओबादी चल्ने भएका कारण प्रचण्ड राष्ट्र संघको बहाना बनाएर अमेरिकातर्फ लाग्नु भएको कतिपयको भनाई छ। यसैबीच लुम्बिनी विकास निर्देशक समितिको अध्यक्षबाट प्रचण्डलाई नहटाए बुद्ध धर्मसँग सम्बन्धित विभिन्न संघ संस्थाले आन्दोलन गर्ने भएका छन्। उनीहरुले गत साता एक पत्रकार सम्मेलन गरी त्यसका बारेमा चेतावनी समेत दिएका छन्। लुम्बिनीको विकासका लागि बौद्ध धर्म संरक्षण सरोकार समन्वय नेपाल नामक संस्था गठन गरी सकिएको छ। उनीहरुले प्रचण्डलाई अध्यष पदबाट नहटाए प्रधानमन्त्री र युएनलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम पनि राखेका छन्।
No comments:
Post a Comment