मृगौला र श्वासप्रश्वास समस्याका कारण केही दिनदेखि उपचारार्थ मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका भुपेनलाई धेरै अंगले एकैपटक काम गर्न छाडेपछि चिकित्सकले बचाउन सकेनन्। अपराह्न करिब साढे चार बजे उनलाई मृत घोषित गरिएको थियो।
आम स्रोताले भुपेनलाई 'दिल हुम हुम करे' बाट चिन्छन्। त्यसलाई उनले निकै पछि आरडी बर्मनको जिद्दीले मुम्बई पुर्याउँदै 'रुदाली' सिनेमामा भरेका थिए। त्यो क्रम पछिल्लो समय उनकै 'डोला रे डोला' सम्म पुगेको थियो। हिन्दीमा ल्याएपछि 'दिल हुम हुम करे'लाई प्रेमगीत मानियो जबकि आसामी स्रोताका निम्ति यो क्रान्तिकालीन अमर गीत थियो। त्यसैगरि श्रमिकको निम्ति लेखिएको 'डोला रे डोला' पनि हिन्दी भाषामा पछिल्लो 'देवदास' सिनेमामा रोमान्टिक अर्थमै प्रस्तुत गरियो।
'बुकु हुम हुम करे, मुर आए, कोने निन्द्रा होरे, मुर आए...' गीत एउटी आमाले छोराका निम्ति गाएकी थिइन्। 'मनिराम देवान' चलचित्रमा यसलाई प्रयोग गरिएको थियो। 'लडाईंका निम्ति जान लागेको एउटा छोरालाई न रोक्न सक्ने- न पठाउनै सक्ने दुःखी आमाको पीडा प्रतिविम्वित थियो त्यसमा,' गत वर्षमात्र काठमाडौंको पलेँटी श्रृंखलामा प्रस्तुत हुन आएकी भुपेनकी सहकर्मी नेपाली गायिका अन्जुदेवीले भनेकी थिइन्, 'आम भारतीय स्रोताका निम्ति यो रोमान्टिक गीत बन्न पुग्यो।' कार्यक्रममा अन्जुदेवीले गम्भीर अर्थ बोकेका 'बुकु हुम हुम' र 'डोला रे डोला' नेपाली स्रोतालाई सुनाएकी थिइन्।
आफ्ना सिर्जना शैलीकै कारण राजनीतिक गीतको विश्व सम्मेलनमा समेत भारतलाई प्रतिनिधित्व गरेर भूपेन सन् १९७२ मा जर्मनी पुगेका थिए।

उनी भारतको नेसनल अवार्ड, पद्म भूषण, दादासाहेब फालके, आसाम रत्न र संगीत नाट्य एकेडेमी लगायतबाट सम्मानित थिए। अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा उनले 'प्रौढ शिक्षाका निम्ति श्रव्य दृश्यको आधारभूत शिक्षा प्रणाली'मा विद्यावारिधि गरेका थिए।
गीतलाई मनोरञ्जन मात्र नभएर जागरण ल्याउने अस्त्रका रूपमा समेत प्रयोग गर्ने भुपेनको खातामा 'ओ गंगा तुम बहती हो क्युँ' जस्ता कालजयी सिर्जना पनि समेटिएका छन्। यस्ता जागरण गीतलाई जीवन्त पार्न उनका गह्रौं आवाजले पनि उत्तिकै सघाउने गरेको थियो।

'सुरुदेखि राजनीतिसँग नजिक बसेका भूपेनलाई जहिले पनि अप्ठेरो पर्दा आसामको नेपाली समुदायले सघाएको थियो,' कवि गायक एवं पलेँटीका सञ्चालक आभास भन्छन्, 'त्यसैले उनले बाँचुन्जेल नेपालीप्रति कृतज्ञता प्रकट गरिरहे।' आभासका अनुसार भुपेनले कुनै समय उनको प्रसिद्ध 'डोला रे डोला' लाई नेपालीमा 'डोको यो डोको' भनेर अनुवाद गर्दै स्वयंले गाएका पनि थिए। आसामको रेडियोले खुबै बजाउने त्यो गीत नेपालमा भने आइ नपुगेको आभास सुनाउछन्।
आसामका नेपाली पत्रकार रेवतीरमण सापकोटाले जनाएअनुसार शनिबारै 'अल आसाम गोर्खा स्टुडेन्ट युनियन' र 'आसाम नेपाली साहित्य सभा' ले हजारिकाको निधनमा शोक प्रकट गरेको छ।

युनियनका अध्यक्ष जगदीश खनालले विज्ञप्तिमा हजारिकाले नेपाली समुदायप्रति देखाएको प्रेमको उल्लेख गर्दै उनको 'ग्रेटर आसामिज सोसाइटी' तयार पार्ने सपना अधुरै रहेको बताएका छन्। 'नेपाली समाज प्रति उनले देखाएको आत्मीयता आसामवासी नेपाली समुदायले कहिल्यै बिर्सने छैनन्,' साहित्य सभाका महासचिव मदन थापाले विज्ञप्तिमा उल्लेख गरेका छन्, 'नेपाली टोपी लगाएर आफूलाई हामीबीचकै अनुभूत गराउने ती महान व्यक्तित्व सदैव अमर रहने छन्।'
No comments:
Post a Comment