
राज्य पुनसंरचना आयोग निर्माणका लागि सरकारले पेश गरेको संबिधान संसोधन प्रस्तावमा पनि यी दुई पक्षवीच सहकार्य देखियो । गत मंगलवार वैद्य र खनालवीच भएको छलफल अनुसार नै राज्य पुनसंरचनाका लागि गठन गर्न लागिएको बिशेषज्ञ समितिलाई अधिकारबिहीन बनाउने योजना अघि बढेको बताइएको छ ।
खनाल निकट स्रोतका अनुसार संस्थापन
पक्षसँग असन्तुष्ट रहेको वैद्य पक्षका नेताहरु पछिल्लो दिनमा खनाल निबास डल्लुमा
बाक्लै भेटिन थालेका छन् । भेटवार्ताले तिब्रता पाएसँगै सार्वजनिक अभिब्यक्तिमा
समेत बैद्य र खनालको एकैस्वर सुनिन थालेको छ ।, बिप्पा र ढुंगेल प्रकरण लगायतका
मुद्दामा बैद्य र खनालका अभिब्यक्ति एउटै हुनु अर्थपूर्ण रहेको स्रोतको भनाई छ ।
‘वर्तमान सरकारको गलत र राष्ट्रघाती रवैयाप्रति उहाँहरु र हाम्रो मत मिलेको छ’-
खनालनिकट एक नेताले अनलाइनखबरसँग भने- ‘नेपालमा भारतीय हस्तक्षेपका बिरुद्ध एक
हुनुपर्छ भन्नेमा हाम्रो जोड हो, त्यसमा उहाँहरुलाई इमान्दार पाएका छौं ।’
भट्टराई नेतृत्वको सरकार ढाल्न अध्यक्ष
प्रचण्डलाई नै प्रधानमन्त्रीको अफर गरेको बैद्य पक्षले त्यसको माहौल बनाउन खनाल
पक्षलाई पनि साथ लिने तयारी गरिरहेको बताइन्छ । मंसिर १४ सँगै भट्टराईको सरकार
बिघटन गरि खनाल वा प्रचण्डको नेतृत्वमा सरकार बनाउनुपर्ने पक्षमा देखिन्छ बैद्य
पक्ष ।
खनाल पक्षसँग बाक्लै भेटवार्ता भएको
कुरालाई स्वीकार्छन बैद्य पक्षका माओवादी नेता हरिभक्त कँडेल । ‘इस्युका आधारमा
छलफल भइरहेको छ’- उनले भने- सरकार बिरोधी गठबन्धन भने हैन् ।’
खनालसँग राष्ट्रबादी मोर्चा बनाउनेबारे
छलफल भएको हो भन्ने प्रश्नमा कँडेलले भने- ‘एमालेभित्र अरुभन्दा खनालजी
राष्ट्रबादी हुनुहुन्छ भन्ने हाम्रो ठम्माई हो, तर उहाँमा राजनीतिक अडान नभएका
कारण धेरै अगाडी बढ्न सकिएको छैन् ।’ पार्टी फुटाएर खनालसँग एकता गर्ने वा मोर्चा
बनाउने भन्ने हल्ला निराधार भएको कँडेलको दावी छ ।
राजाबादी, वैद्यपक्ष र खनाल पक्षको
संलग्नतामा राष्ट्रबादी मोर्चा बनाउने कसरत पनि सँगसँगै भइरहेको बताइएको छ ।
मोर्चा निर्माणकै लागि राजाबादी पार्टीहरुको छलफल भइरहेको छ भने वैद्य समूह र
राजाबादीहरुवीच पनि बाक्लै छलफल भइरहेको बताइएको छ । अहिलेको सरकार भारतीय
सद्भावमा बनेको भन्दै उनीहरुले त्यसको बिरुद्धमा भारतविरोधी अर्थात राष्ट्रबादी
मोर्चा बनाउनुपर्ने मत राख्ने गरेका छन् ।
No comments:
Post a Comment