
पार्टीभित्र आफूले राखेका जनवादी र हार्ड लाइनका कुरालाई सबैले एक्ल्याउँदै गएपछि माओवादी उपाध्यक्ष एकाध दुई चार जना नेताहरु बाहेक एक्लिएका छन् । बैद्य किरण आफ्नै गुटभित्र देखापरेको बिवाद समेत मिलाउन नसक्ने भएपछि अहिले बैद्य राजनीतिक सन्यासको मनस्थितिमा पुगेका छन् । पार्टी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष डा। बाबुराम भट्टराईले शान्ति र संविधानलाई निश्कर्षमा पुर्याउने गरी अगाडि बढ्ने दृढता व्यक्त गरेपछि कथित बिद्रोहको कुरा गर्दै पार्टी फुटाउने तयारीमा लागेका उपाध्यक्ष बैद्य अन्तत आफ्नै गुट भित्रको अन्तरकलहले सो निश्कर्षमा पुगेका हुन् ।
बैद्य समूहभित्र बादल–बिप्लब, सिपी गजुरेल र देव गुरुङ गरी तीन खेमा बन्न गएपछि हिजो बैद्यसहित बसेको एक गोप्य बैठकमा उनले आफू राजनीतिबाटै सन्यास लिने बताएको गुरुङ निकट एक स्रोतले बतायो ।
बैद्य तत्काल पार्टी नफुटाई भित्रै संघर्ष गर्ने सोचाईमा पुगेपछि उनी भित्रकै तीन समुहले तत्काल पार्टी फुटाउने हिम्मत नगरे आफुहरु बैद्यलाई नेता नमान्ने जवाफ दिएपछि बैद्य बिक्षिप्त बनेका स्रोतको दाबी छ । स्रोतका अनुसार नयाँ बन्ने पार्टीको अध्यक्ष बादल र महासचिव बिप्लव बन्ने पक्का भएपछि गजुरेलले अध्यक्षमा र गुरुङले महासचिवमा दाबी गर्दै आएका थिए । पछिल्लो समयमा सेना समायोजन र संविधान संशोधनको बिषयमा पनि उक्त समूह भित्र तिब्र मतभेद देखिएको छ । गुरुङपक्ष सम्मानजनक समायोजन नभएमा जनमुक्ति सेनाले कुनै पनि सहमति नमानी रित्तै फर्कनु पर्ने अडान राख्छ भने बिप्लव–बादल समूह सानै पदमा भएपनि नेतृत्व पाएमा सेनामा जानुपर्ने धारणा राख्दछ । तर गजुरेल भने समायोजनमा नगई सहमति अनुसारको पैसा लिएर बाहिर निश्कनु पर्ने धारणा राख्दछन् ।
No comments:
Post a Comment