जेलका डनसँग पैसा उठाउँदै गच्छादार

काठमाडौं ।  कारागार प्रशासनले जेलमा रहेर पनि चलखेल गर्ने कैदीहरुको सरुवाको तयारी गरेपछि डनहरु गृहमन्त्री विजय गच्छादारलाई रिजाउनतर्फ लागेका छन्। दुर्गमका जेलमा बस्दा धेरै सुविधा नहुने र साथीहरु भेट्न नपाइने भएकाले डनहरुहरुले चलखेल सुरु गरेका हुन्। जेलभित्र बसेर चलखेल गर्ने केही डनहरुलाई कारागार प्रशासनले दुर्गमका जेलमा सरुवा हुन थालेको छ। उपत्यका तथा तराईका जेलका कैदी तथा बन्दीहरुलाई कारागार व्यवस्था विभागले दुर्गम जिल्लाका जेलमा सरुवा गर्न लागिएको हो।
 

जसअर्न्तगत विभागले एक साताअघि मात्र ७० जनालाई रामेछाप तथा भिमफेदी जेलमा सरुवा गरेको छ। विभागले भक्तपुरका डनका रुपमा चिनिने गुण्डागर्दीका नाइके सगुन श्रेष्ठलाई भिमफेदी जेलमा सरुवा गरेको छ। केन्द्रीय कारागार जेलमा चलखेल गर्ने अन्य ७६ जनालाई रामेछाप जेलमा पठाइएको कारागार व्यवस्था विभागले जनाएको छ। काठमाडौं र तराईका जेलमा रहेका अन्य कुख्यात अपराधि तथा डनको पनि जेल सरुवा सुरु गरिएको कारागार व्यवस्था विभागका महानिर्देशक दुर्गा प्रसाद भण्डारीले बताए। 

केन्द्रीय कारागारमा रहेका चार्ल्स शोभराज, चक्रे मिलन, अमर टण्डन, टासी लामा जेलभित्रै चलखेल गर्दै आएका छन्। जेलभित्रैबाट अपराधमा संलग्न भएको आरोपमा उनीहरुविरुद्ध थप मुद्दा समेत दायर भइसकेको छ। तर उनीहरुको हालसम्म सरुवा हुन सकेको छैन।  त्यसैगरी नख्खु जेलमा गुटबन्दी र झडप गर्ने चर्चित भारतीय अपराधि पप्पुदेव यादब र सिद्धार्थ लामालाई पनि कारागार व्यवस्था विभागले सरुवा गरिसकेको छ।
केन्द्रीय कारागार, डिल्लिबजार कारागार र नख्खु कारागारका ठुला डनहरु सरुवा रोन्का लागि पैसाको जोहो गर्न लागेको स्रोतको भनाई छ। स्रोतका अनुसार गच्छादारले पनि आफ्ना सहयोगीहरु परिचालन गरी जेलबाट पैसा उठाउन थालिसकेका छन्। 

 सहरका जेलमा राख्ना आफ्ना सहयोगीहरुसँग नियमित भेट भइरहने भएकाले उनीहरुले जेलभित्रैबाट अपराधिक गतिविधि जारी राखेकाले जेलभित्र चलखेल गर्नेहरुलाई सरुवा गर्न लामो समयदेखी माग भएपनि विभिन्न व्यक्तिको दबाबमा सरुवा हुन सकेको छैन।

केन्द्रीय कारागारका प्रल्हाद महत, दीपक पण्डित, टासी लामा, लगायतको सरुवा हुन सकेको छैन। स्रोतका अनुसार अघिल्लो सरकारको समयमा कारागार व्यवस्था विभागले चलखेल गर्ने दुई सय भन्दा बढि कैदीको अन्तिम तयारी भएपनि नयाँ सरकार आएलगत्तै गृहले त्यसमा असहयोग गरेपछि सरुवामा ढिलाई भएको छ। गत १ फागुनमा केन्द्रीय कारागारका कैदी टासी लामा लागूऔषध र १५ लाख रुपैयासहित दरबारमार्गबाट पक्राउ परेका थिए भने लगत्तै ९ फागुनमा केन्द्रीय जेलमै  रहेका चक्रेले रकम नदिएको भन्दै बसुन्धरामा भएको ड्राइभरसहित स्काइभेटरमा आगलागी गराएका थिए। त्यसैगरी २६ फागुनमा केन्द्रीय कारागारमै यूनुस अन्सारीमाथि गोली प्रहार भएको थियो। २८ फागुनमा उदय सेट्टि र अभिषेक गिरीको साथबाट प्रहरीले जेलभित्रै मोबाइल बरामद गरेको थियो। यसरी कुख्यात अपराधिले जेलबाटै अपराधिक गतिविधि संचालन गरेको खुलेपछि उनीहरुको दुर्गमका जेलमा सरुवाको प्रक्रिया अघि बढाइएको थियो। कारागार व्यवस्था विभागले कुख्यात कैदीहरुलाई राख्न छुट्टै जेल बनाउने गृहकार्य पनि गरिरहेको छ। तर पनि कैदीहरुको राजनीति तहसँगको साँठगाँगका कारण उनीहरुको सरुवा रोकिदै आएको छ।


घुसको रक्षा गर्न गृहमन्त्री मनकामना
माटो रकम लिएर प्रहरीमा मनलाग्दी बढुवा गरेपछि गृहमन्त्री विजय गच्छादारले घुसको बचाउ गर्न प्रार्थना गर्न बिहिबार सपरिवार मनकामना मन्दिर गएका छन्। उनले हालैको एआईजी बढुवाबापत दुई करोड भन्दा बढि कमाएको स्रोत बताउछ। भ्रष्ट र जनआन्दोलनका दोषिलाई गच्छादारले बरियता मिचेर बढुवा गरेका थिए। माओवादी नेताहरुको समर्थनमा गच्छादारले त्यसरी पैसा असुलेर डिआईजीको एआईजीमा बढुवा गरेका हुन्।
  जनआन्दोलनका दोषिलाई कारबाही गर्न माग राख्दै सबैभन्दा चर्काे भाषण गर्ने नेताहरुमा माओवादी नै थिए। तर त्यही माओवादी नेतृत्वको सरकारले जनआन्दोलन 'कुख्यात' लाई बरिष्ठता मिचेर भावी प्रहरी महानिरीक्षक बनाउने गरी बढुवा गरेको छ। दोस्रो जनआन्दोलनको क्रममा बैशाख ७ गते लोकतन्त्रको पक्षमा उत्रिएका जनतालाई गोली भर्साउने सशस्त्रका विवादास्पद डिआईजी दुर्जकुमार राईलाई बाबुराम भट्टराई र विजय कुमार गच्छादार मिलेर एक नम्बरमा राखि एआईजीमा बढुवा गरेका हुन्। उनै राईले जनआन्दोलनको क्रममा तीन जना जनताको ज्यान लिएका थिए। अब उनैले सशस्त्र प्रहरीको जिम्मेवारी दिदा के परिणाम होला? सशस्त्रकै अधिकारीहरु प्रश्न गर्न थालेका छन्। एक नम्बरका डिआईजी कृष्ण बहादुर तामाङलाई छोडेर राईलाई बढुवा गरिएको हो। 

त्यसैगरी बिरष्ठतामा पछि रहेका र पटक पटक कारबाहीमा परेका ऋषवदेव भट्टराई र जीवन थापालाई बरिष्ठता मिचेर बढुवा गरिएकोमा पनि सशस्त्रका अधिकारीहरुले खुलेरै त्यसको आलोचना  गर्न थालेका छन्। नेपाल प्रहरीमा पनि मनलाग्दी बढुवा गरेको भन्दै प्रहरी महानिरीक्षकसमक्ष सोमबार गुनासो पोखेका छन्। दिनकर समशेर राणा लगायतले गुनासो पोखेका हुन्। त्यसरी गुनासो आएपछि बुधबार फुली लगाउने कार्यक्रममा आईजीपी रवीन्द्रप्रताप  शाहले सार्वजनिक रुपमा निराश नहुन आग्रह गरेका थिए। फुली लगाउने कार्यक्रममा उनले निराश नभई काम गरे बढुवा मिल्ने बताएका थिए। यसले एआईजी बढुवामा महानिरीइक्षक शाहसमेत असन्तुष्ट रहेको पुष्टि भएको छ।

No comments:

Post a Comment