प्रचण्डसँगै न्युयोर्कमा सीआईएको एजेन्ट पनि


prachanda_prem
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार न्युयोर्क गएका छन्, यो सबैलाई थाहा छ । तर प्रचण्डसँगै एकजना अमेरिकी जासुुसी संस्था सीआईएका ‘नेपाली एजेन्ट’ पनि गएका छन् भन्ने कुरा चाहिँ कमैलाई थाहा होला ।बृहत्तर लुम्बिनी विकास निर्देशन राष्ट्रिय समितिका अध्यक्षको नाताले लुम्बिनी क्षेत्रको विकासका लागि संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनलाई भेट्न गइरहेको प्रचण्डले बताएका छन् । उनीसँगै खाडी मुलुकमा व्यापार गरेर बस्ने भनिएका सीआईएका ‘नेपाली एजेन्ट’ मनोजबहादुर श्रेष्ठ पनि उनीसँगै न्युयोर्क पुगेको कुराले भने राजधानीमा भने निकै ठूलो तरंग ल्याएको छ ।
श्रेष्ठ तिनै व्यक्ति हुन्, जसले यसअघि पनि अध्यक्ष प्रचण्डलाई मलेसिया भ्रमण गराएका थिए । आफ्नो निजी खर्चमा मलेसिया र सिंगापुर घुमाइरहेका श्रेष्ठलाई ‘आफ्नो मान्छे’ भएको नेपालस्थित अमेरिकी दूतावासले वासिंगटनमा रिपोर्ट गरेको थियो । दुई महिनाअघि ‘विकिलिक्स’ ले सार्वजनिक गरेको अमेरिकी विदेश मन्त्रालयको एक रिपोर्टमा श्रेष्ठको हवाला दिँदै मलेसियामा भारतीय खुफिया संस्था ‘रअ’ का मानिसहरूसँग प्रचण्डले भेटघाट गरेको विवरण अमेरिकी दूतावासले वासिंगटन पठाएको थियो । श्रेष्ठले ‘आत्तिनुपर्ने गरी प्रचण्डले कुनै पनि काम नगरेको भन्दै अमेरिकी दूतावासलाई विश्वस्त बनाएको’ पनि सो प्रतिवेदन विकिलिक्सले दुई महिनाअघि सार्वजनिक गरेको हो ।
सरकारी खर्चमा शनिबार न्युयोर्क गएका प्रचण्डसँगै रहेका श्रेष्ठ नेपाल सरकारको कुनै कर्मचारी पनि होइनन्, न त कूटनीतिक नियोगका व्यक्ति नै । राज्यको कुनै पनि अंगसँग नजोडिएका श्रेष्ठलाई लिएर अमेरिका गएका प्रचण्डले श्रेष्ठमार्फत सीआईएका प्रतिनिधिसँग भेटघाट गरी विश्वास जित्ने कोसिस गर्ने अनुमान गरिएको छ ।
prachanda_prem

No comments:

Post a Comment