इन्टरनेट, फेसबुक अनि साइबर क्राइम

विश्वकै चर्चित सामाजिक सञ्जाल फेसबुकमा अहिले १३ लाखको हाराहारीमा  नेपाली प्रयोगकर्ता रहेका छन्। यो क्रम वढ्दो छ। यसविचमा धेरैले फेसबुक चलाउन वन्द गरेपनि पुन फर्कने गरेको पनि पाइएको छ। एक किसिमले लत नै बनेको छ फेसबुक। इन्टरनेट चलाउनु भनेको फेसबुक चलाउनु हो जस्तै भएको छ। फेसबुक शुरु भएपछि धेरै राम्रा र नराम्रा कथाहरु सञ्चारमाध्यममा सार्वजनिक भएका पनि छन्। अनि

आठ वर्षअघि  बेपत्ता भएका तनहुँका एक युवक फेसबुकमार्फत नै घर फिर्ता आउन सकेको जानकारी  गराएका थिए। फेसबुकले एक अर्काबिच सम्बन्ध प्रगाढ पार्नुका साथै धेरै टाढारहेका आफन्तहरुलाई समेत भेटाइदिने काम गरिरहेको छ। कतिले त यसैबाट  जिवनसाथी समेत पाएका छन्। इन्टरनेट अनि फेसबुकको प्रयोग बढ्दै जादा यसको दुरुपयोग पनि त्यतिनै  मात्रामा वढ्दै भएको पाइएको छ। यसले समाजमा नराम्रो असर समेत पारिरहेको छ। इन्टरनेटको माध्यमबाट हुने ‘साइबर क्राइम‘ अहिले उच्च गतिमा वृद्धि भइरहेको छ। ‘साइबर क्राइम‘कै कारण व्यक्तिको समाजमा बेइज्जत हुनुका साथै यौन दुर्व्यवहार तथा ज्यान  समेत जाने गरेको पाइएको छ।
फेसबुक तथा इन्टरनेटको प्रयोग नेपालको दुर्गम ठाउँमा त पुग्न सकेको छैन तर पनि जति पहुँच भएको ठाउँमा फेसबुक इन्टरनेटको माध्यमबाट अपराध दिनप्रतिदिन बढिरहेको पाइएको छ। यस्तो अपराधमा बढिजसो  महिला विरुद्ध लक्षित रहेको देखिन्छ। कुनै पनि युवतिको प्रोफाइलमा अश्लिल तस्विर जोडेर वालपेपरमा राखी इज्जतको हुर्मत लिने गरेको पाइएको छ। नेपालमा यस्ता अपराध दिनानुदिन बढिरहेको छ। केहि दिन अघि सरकारको  आधिकारिक वेवसाइट ह्याक भयो। त्यसैगरि एक युवकले फेसबुकमा कुनै  युवतीको न्युड फोटो राखेर अश्लिल एसएमएस गरेको भेटियो। यो त पछिल्ला समयका केहि उदाहरण मात्र हुन्। दुई वर्ष यता मात्र महानगरीय प्रहरी अपराध महाशाखाले २२ वटा यस्ताअपराधमा संलग्नलाई कारवाहीको दायरामा ल्याएको छ। अधिकांशमा घटनामा महिलाहरु नै हिंसाको शिकार भएका छन्।
साइबर क्राइम न्युनिकरणको लागि पहलै नभएका पनि हैनन। तर प्रयास अझै कमजोर देखिन्छ। साइबर क्याफे वा सूचना केन्द्रमा आउने प्रयोगकर्ताको विवरण रहने  लगबुक राख्ने व्यवस्था अहिलेसम्म कार्यान्वयनमा ल्याउन सकेको छैन। दुरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सर्भिस प्रोभाइडर (आइएसपी) लाई लगबुक राख्न निर्देशन दिएको थियो। यसैगरि गृहमन्त्रालयले सबै साइबर क्याफे वा सूचना केन्द्रका प्रयोगकर्तालाई आफ्नो नागरिकता, विद्यार्थी परिचयपत्र तथा सवारीचालक  अनुमतिपत्र हेरेर मात्र सेवा प्रयोग गराउने र सो प्रयोग गरेको लगबुक राख्नुपर्ने निति लागु गरेको थियो तर कार्यान्वयन भने हुन सकेन। भनिए अनसार नियमन नहुँदा झन बढी साइबर क्राइम दिनैपिच्छै बढिरहेका छन्।
विद्युतिय कारोबार ऐन २०६३ मा ऐनले निषेध गरेका काम गर्ने जोकोहीलाई १ लाख रुपैँया जरिवाना तथा ५ वर्ष कैद सजाय दिने व्यवस्था रहेको छ। तर ऐन कार्यान्वयन नगराउँदा साइबर क्राइम झन बढी मौलाउदै  गइरहेको छ। साइबर क्राइम बढिरहदा पनि यसतर्फ हेर्ने निकाय भने बफादार  नरहेको अवस्था छ। गृहमन्त्रालय नागरिकको जनधनको सुरक्षाको लागि भएपनि साइबर क्राइमको रोकथाम गर्न भने पछि नै परेको छ। केहि अघि मात्रै  परराष्ट मन्त्रालयको वेवसाइट पनि ह्याकरको सिकार भयो।  तर यस प्रकरणमा न ह्याकिङमा संलग्न व्यक्तिलाई न खोजिनिती गर्न सक्यो न कारवाही नै। सरकार यो मामिलामा बेखबर जस्तै रह्यो।
पछिल्लो समय इन्टरनेट र फेसबुक प्रयोगकर्तामाझ अर्को एक समस्या देखिन थालेको छ। ह्याकरहरुले आफ्नो प्रवर्दनको लागि अश्लिल भिडियो  कुनै पनि साथीको नामबाट अर्को व्यक्तिको वालमा पोस्ट गरिदिने तथा अश्लिल भिडियोहरुको लिङ्क वालमा पठाइदिने जस्ता समस्या देखिएको छ।
साइबर क्राइमले गर्दा कतिको घर गृहस्थी बिग्रने,  सम्बन्ध तोडिने तथा  समाजमा बेइज्जत हुने जस्ता समस्या निम्त्याएको पाइन्छ। सरकारले ह्याकरहरुको खोजिनिति गरेर कानुनी दायरामा ल्याउन भने सकेको देखिदैन। फेसबुकको दुरुपयोगकर्ता र ह्याकरहरुले गर्दा समाजका धेरै व्यक्ति समस्यामा पर्दै गएका छन्। हालसम्म फेसबुकको क्राइममा मुछिएका नेपालीहरु कति त प्रहरी शरणमा आएपनि धेरै आफ्नै वेइज्जत हुने डरले पनि प्रहरीकहाँ उजुरीको लागि पुग्दै पुग्दैनन। यसले झन क्राइम गर्नेहरु हौसिरहेका छन्।

source: Pragati Shrestha, ictenter.com.np

No comments:

Post a Comment