गुप्ताको "गुप्त" काम

यसो हेर्दा हिन्दी फिल्मका भिलेन जस्तै देखिएपनी उनी नेपालको भाग्य कोर्ने संविधान सभाका सदस्य हुन । मधेस केन्द्रित दल नेपाल सद्भावना पार्टी आनन्दीदेवीका अध्यक्ष पनि । पूर्व मन्त्री भईसकेका उनको छवी भिलेनको हैन नेताको थियो । तर सोमवार उनीमाथी लागेको आरोप पुष्टी हुने हो भने उनी रिल लाइफको मात्रै हैन रियल लाइफमै भिलेन बन्नेछन् ।
उनी अर्थात श्यामशुन्दर गुप्ता । जो व्यापारी पवन सघाईको अपहरण गरी ८५ लाख असुलेको आरोपमा भैरहवामा पक्राउ परे । अनी मध्यरात काठमाडौं ल्याईयो । २० दिनसम्म अपहरणमा पर्दा भोगेको मानसिक त्रासका कारण हो या अपहरणकारीवाट डराएर हो पवन अहिले भुमिगत छन् । प्रहरीले फिरौती बुझाउनु अगाडिनै उनलाई उद्धार गर्न सकेन । २७ गते उनी अपहरणमुक्त भएका थिए । तर अपहरणमुक्त भएको पाँचौ दिन उसले अपहरणको रहस्य खोल्दै गुप्ताको योजनामा अपहरण भएको सार्वजनिक गर्यो ।
२०६८ पुस सात गते मन्दीर दर्शन गर्न कमलादी पुगेका व्यापारी पवन एकाएक गायव भएका थिए । पछि उनी अपहरणमा परेको पुष्टी भयो । अपहरण भएकै दिन प्रहरीले सूचना पायो । अपहरणकारीको फन्दावाट जोगाउन दवाव दिन व्यापारीहरु प्रधानमन्त्रीसम्म पुगे । तर उनीबारे केही पत्तो लागेन । आखिर अपहरणमा परेको २० दिनपछी उनी आफैं घर आइपुगे । पक्का थियो उनी अपहरणकारीलाई फिरौती बुझाएर मुक्त भएर आएका थिए ।
संक्षिप्त अनुसन्धान विवरण सार्वजनिक गरेको छ प्रहरीले । जस अनुसार अपहरण गरेर पवनलाई काठमाडौंवाट काभ्रे पुर्याएर राखेका रहेछन् । २० दिनसम्म कब्जामा राखेपछी पवनको परिवारले ८५ लाख फिरौती बुझाएर रिहा गराएका थिए उनलाई । प्रहरीले अपहरणमा संलग्न रहेको अभियोगमा हेटौडा र काभ्रेका जितबहादुर गोले र आकाश लामालाई पक्राउ गरिसकेको छ । सुने अनुसार पवनको अपहरणमा १० जना थिए रे । अझै अरु ८ जना पक्राउ पर्न बाँकी छ ।
अहिले गुप्ता र सरिता गिरीविच लफडा छ पार्टीको बारेमा । गुप्ता पार्टीको अध्यक्ष छन् भने गिरी पनि उस्तै नामको पार्टीवाट अहिले मन्त्रीनै छिन् । पहिला आनन्दीदेवीको अध्यक्ष सरितानै भएपनी सर्वोच्चले गुप्तालाई मान्यता दिएपछी सरिता सभासद् मात्रै छिन् ।
त्यसैले कतै यो सत्ता र शक्तिको आडमा गुप्तामाथी गरिएको शड्यन्त्र पो हो कि भनेको पनि सुनियो । तर केही संकेत नमिली सभासद् अनी मन्त्री बनिसकेका गुप्तालाई जिस्काउन प्रहरीले पक्राउ गरेको पक्कै हैन होला । प्रहरीले कुनै समुहको स्वार्थका लागी यत्रो जोखिम पक्कै मोल्दैन । गुप्ता पक्कै यो गोप्य काममा संलग्न थिए नै ।
नत्र,प्रहरीले जाउँ भन्नासाथ लुरुलुरु पछी लागेर भैरहवावाट काठमाडौं आउने थिएनन् नै । अनी प्रहरीले निर्धक्क गुप्ताकै योजनामा अपहरण भएको उनैको योजनामा फिरौती लिएको र फिरौती भागबन्डा लगाएको विवरण सार्वजनिक गर्ने थिएन ।
अपहरणको योजना बनाएको आरोप लागेपछी अर्का सभासद् बब्बन िसंह भागेका भाग्यै छन् । विरगंजको व्यापारीको अपहरण गरी हत्या गर्नेसम्मको योजना बनाएको खुलेपछी प्रहरी उनको खोजीमा लागेकै बेला उनी फरार भएका थिए । अहिले पत्तो छैन । यही विचमा हेर्दा मात्र भिलेन देखिने गुप्ता साच्चिकै भिलेन बनेर पो देखिए ।
धन्न गुप्ता भाग्न भ्याएनन् । आउने बुधवार छोराको विहेको तयारीले पो भाग्न रोकेको थियो कि जे होस् उनी पक्राउ परे । अहिले महानगरिय प्रहरी अपराध महाशाखा हनुमानढोकाको खोरमा पुगिसकेका छन् । वास्तविकता हो चै के थप विवरण पक्कै केही दिनमा खुल्नेनै छ ।
तर यो घटनाले नेपाली राजनीतिमा भित्रिदै गरेको अपराधको जालो प्रष्ट्यायो । हिजोका दिनमा यस्तो राजनीतिलाइ बिहारी राजनीति भन्थे क्यारे । अब विहार सुधार भइसक्यो । गुप्ता िसंह जस्ताका कारण अब यस्तो राजनीतिलाई नेपाली राजनीति भन्ने भए ।

No comments:

Post a Comment