अफिसमा टेलिभिजन अक्सर खुलै रहन्छ। ‘राष्ट्रको सर्वश्रेष्ठ न्युज च्यानल’ दावी गर्ने एभिन्युज टेलिभिजनको साँझ ७ बजेको प्राइम टाइम न्युज बुलेटिनमा ‘मूल खबर’को रुपमा हेडलाइन भनियो- ‘भारतीय चलचित्र उद्योगका सर्वोत्कृष्ट नायक अमिताभ बच्चन र परेस रावलको पृष्ठभूमी नेपाली रहेको एक अध्ययनको दाबी’। समाचार पढ्नेले यसो भनिरहँदा टिभी स्क्रिनमा ‘बीग बी नेपाली!’ लेखिएको अमिताभ बच्चनको तस्बिर देखाइएको थियो।
एकैछिन अघिमात्र साथी केपी ढुंगाना ‘अमिताभ नेपाली भन्ने हावा कुरा पनि एभिन्युज टेलिभिजनको वेबसाइटमा राखेको छ’ भन्दै हाँसोमा उडाउँदै थिए। आफ्नै काममा व्यस्त मैले हेर्दै नहेरी प्रतिक्रिया दिएको थिएँ- ‘त्यो न्युजको स्क्रिप्ट हैन होला, कुन चाहिँले कमेन्टमा लेखेको होला’। तर एकैछिनमा हेडलाइनमा नै दिने गरी एटिभीले त्यस्तो समाचार बनाएको देख्दा तीनछक्कै परेँ। दुई वर्षअघि मनोज गजुरेलले रियल जस्तै लाग्ने गरी त्यस्तो व्यङ्ग्य लेखेका थिए। के भन्दा रहेछन् उनी भनेर फोन गरेँ। फोन उठाउना साथ उनले त यसो पो भने।
‘तपाईँलाई नेपालमा थर परिवर्तन गर्न मिल्छ कि मिल्दैन थाहा छ ?’
‘किन र, के पर्यो त्यस्तो ?’ मैले सोधेँ।
‘मेरो थर गजुरेलबाट गजुरियल बनाउनु पर्यो क्या !’, उनले भने। मैले अझै बुझिनँ। उनले प्रष्ट्याए, ‘मैले गरेको जोक पनि पत्रकारहरुले साँच्चिकै ठान्दा रहेछन्। त्यसैले थरमा रहेको ‘रेल’ झिकेर ‘रियल’ बनाउनु पर्यो। आखिरमा नेपालमा रेल पनि छैन। सान्दर्भिकताकै लागि पनि मैले रियल झैँ लाग्ने जोक गर्ने भएकोले गजु’रियल’ बनाउनु पर्यो।’
‘के पर्यो त्यस्तो ?’ मैले थाहा नपाए झैँ गरी सोधेँ।
उनले भने, ‘मैले माइसंसारमा दुई वर्षअघि लेखेको जोकका केही अंश निकालेर समाचारपत्रले साँच्चिकै समाचार जस्तो छापेछ नि!’
‘हँ’, म त झसङ्ग भएँ। मलाई पत्रिकामा पनि छापिएको छ भन्ने थाहा थिएन। ‘लौ मैले त तपाईँलाई बधाई दिन पो फोन गरेको, त्यही समाचार एभिन्युज टेलिभिजनले साँच्चिकै खबर जस्तो गरेर अहिले भर्खर प्राइम टाइमको न्युजमा बजायो।’ अब छक्क पर्ने पालो उनको थियो। ‘टेलिभिजनमा पनि ?’, पोखरा जाँदै गर्दा बसबाटै फोन उठाएका उनी अनि मज्जाले हाँसे। उनका जोक अरुलाई हँसाउनका लागि हुन्थे। तर आफ्नै जोकले भिन्न अवस्थामा आफै हाँस्नु पर्ने अवस्था सिर्जना गराइदिएको थियो। धन्न, नेपाली मूलधारे पत्रकारिता !
‘यस्तो रियल लाग्ने कुरा त अझै धेरै गरेको छु नि मैले। ‘इ ट्वान्टीफोर’ च्यानलमा यस्तै-यस्तै साँच्चै झैँ लाग्ने स्वैरकल्पना भएका बकम्फुसे रमाइला कुरालाई समेटेर कार्यक्रम बनाउँदैछु। धेरै पर्खनु पर्दैन, मेरो दिमागमा अझ गज्जब गज्जबका रियल कुरा छन्। अब पत्रकारहरुलाई गाह्रो हुँदैन गजुरियलबाट अरु थुप्रै रियल रहस्योद्घाटन हुनेछन्।’
‘तपाईँलाई नेपालमा थर परिवर्तन गर्न मिल्छ कि मिल्दैन थाहा छ ?’
‘किन र, के पर्यो त्यस्तो ?’ मैले सोधेँ।
‘मेरो थर गजुरेलबाट गजुरियल बनाउनु पर्यो क्या !’, उनले भने। मैले अझै बुझिनँ। उनले प्रष्ट्याए, ‘मैले गरेको जोक पनि पत्रकारहरुले साँच्चिकै ठान्दा रहेछन्। त्यसैले थरमा रहेको ‘रेल’ झिकेर ‘रियल’ बनाउनु पर्यो। आखिरमा नेपालमा रेल पनि छैन। सान्दर्भिकताकै लागि पनि मैले रियल झैँ लाग्ने जोक गर्ने भएकोले गजु’रियल’ बनाउनु पर्यो।’
‘के पर्यो त्यस्तो ?’ मैले थाहा नपाए झैँ गरी सोधेँ।
उनले भने, ‘मैले माइसंसारमा दुई वर्षअघि लेखेको जोकका केही अंश निकालेर समाचारपत्रले साँच्चिकै समाचार जस्तो छापेछ नि!’
‘हँ’, म त झसङ्ग भएँ। मलाई पत्रिकामा पनि छापिएको छ भन्ने थाहा थिएन। ‘लौ मैले त तपाईँलाई बधाई दिन पो फोन गरेको, त्यही समाचार एभिन्युज टेलिभिजनले साँच्चिकै खबर जस्तो गरेर अहिले भर्खर प्राइम टाइमको न्युजमा बजायो।’ अब छक्क पर्ने पालो उनको थियो। ‘टेलिभिजनमा पनि ?’, पोखरा जाँदै गर्दा बसबाटै फोन उठाएका उनी अनि मज्जाले हाँसे। उनका जोक अरुलाई हँसाउनका लागि हुन्थे। तर आफ्नै जोकले भिन्न अवस्थामा आफै हाँस्नु पर्ने अवस्था सिर्जना गराइदिएको थियो। धन्न, नेपाली मूलधारे पत्रकारिता !
‘यस्तो रियल लाग्ने कुरा त अझै धेरै गरेको छु नि मैले। ‘इ ट्वान्टीफोर’ च्यानलमा यस्तै-यस्तै साँच्चै झैँ लाग्ने स्वैरकल्पना भएका बकम्फुसे रमाइला कुरालाई समेटेर कार्यक्रम बनाउँदैछु। धेरै पर्खनु पर्दैन, मेरो दिमागमा अझ गज्जब गज्जबका रियल कुरा छन्। अब पत्रकारहरुलाई गाह्रो हुँदैन गजुरियलबाट अरु थुप्रै रियल रहस्योद्घाटन हुनेछन्।’
मलाई थाहा थियो, उनी समग्र नेपाली पत्रकारिता जगत्लाई नै व्यङ्ग्य गर्दै थिए। मलाई भने समाचारपत्रले साँच्चै त्यस्तो समाचार छाप्यो होला र जस्तो लागिरहेको थियो। ‘यस्तो हावा कुरा त नछाप्नु पर्ने, अलिकति खोजे पनि यो वाहियात गफ हो भन्ने थाहा भइहाल्छ’ जस्तो लागिरहेको थियो मनमा। राति ८ बजिसकेको थियो। पसलहरु अधिकांश बन्द थिए। कहाँ खोज्ने अब समाचारपत्र। धन्न लोडसेडिङको बेला पनि मैनबत्ती बालेर एउटा पसल खुल्लै रहेछ। पत्रिका किनेँ र हेरेँ। यस्तो समाचार छापिएको रहेछ-


नेपाली मूलधारे पत्रकारिताको बेइज्जत!
नेपाली पत्रकारिताको इतिहासमा हिजो (२०६८, माघ ३) लाई कालो दिनका रुपमा दर्ता गरिनुपर्छ। किनभने यो दिन ‘राष्ट्रको सर्वश्रेष्ठ च्यानल’ दावी गर्ने एभिन्युज टेलिभिजन र ‘राजधानीमा सबैभन्दा बढी पढिने राष्ट्रिय दैनिक’ दावी गर्ने ‘नेपाल समाचारपत्र’ले आधारहीन व्यङ्ग्य खबरलाई वास्तविक समाचारका रुपमा प्रस्तुत गरे। र, त्यसरी पाठक र दर्शकमा भ्रम छरेवापत् उनीहरुले दर्शक/पाठकसामु माफी पनि मागेका छैनन्।
अब समाचारलाई खोतलौँ। समाचारपत्रको समाचारमा देशविदेशबाट सञ्चालन हुँदै आएका अनलाइनहरुको हवाला दिइएको छ। तर कुन अनलाइनले त्यस्तो समाचार लेखेको हो भन्ने खुलाइएको छैन। समाचारमा भूपी शेरचनको अप्रकाशित पुस्तक ‘थाकखोलाको इतिहास’ को उल्लेख छ। समाचार लेख्नेले लेखे, तर त्यो समाचार छाप्ने/नछाप्ने निर्णय गर्ने कुर्सीमा रहेकाले भूपी शेरचन इतिहासकार थिए कि साहित्यकार भन्ने ख्याल त गर्नुपर्ने हो नि। त्यसैगरी ‘बच्चनले हालै हालै एक संचारमाध्यमलाई दिएको अन्तरवार्तामा पनि आफू हिन्दुस्तानमा भए पनि आफ्नो नशानशामा मुस्ताङका शेरचन गौचन भट्टचन र तुलाचन रहेको बताएको अनलाइनमा उल्लेख भएको’ लेखिएको छ। एक त कुन अनलाइनमा त्यस्तो उल्लेख छ, त्यही प्रष्ट छैन। त्यसमाथि त्यस्तो अन्तर्वार्ता दिएको भए इन्टरनेटमा पक्कै पनि खोज्न सकिन्थ्यो होला। खोजेको भए पक्कै भेटिँदैन थियो। यसरी बोल्दै नबोलेको कुरा छाप्नु हुन्थ्यो ?
एभिन्युजको समाचार झन् बिजोग छ। यसमा त झन् कुनै पनि स्रोत उद्धृत गरिएका छैनन्। एक अध्ययनले देखाएको भनिएको छ। त्यसका लागि उही भूपि शेरचनको ‘थाकखोलाको इतिहास’ लाई आधार मानिएको छ। के ‘थाकखोलाको इतिहास’ पुस्तक एभिन्युज टेलिभिजनले आफै हात पारेको हो? नभए त्यो हुँदै नभएको पुस्तकमा के छ भन्ने कुरा एभिन्युजलाई कसरी थाहा भयो ? बच्चनले एफएमबीएच क्र्युलाई दिएको अन्तर्वार्तामा भनेको भनेर जुन उद्धरण दिइएको छ, के त्यस्तो नाम गरेको कुनै सञ्चारमाध्यम छ कि छैन भनी हेर्न किन आवश्यक ठानेन एभिन्युज टेलिभिजनका संवाददाता वा समाचार डेस्कका ‘गेटकिपर’ (समाचार प्रसारण/प्रकाशन योग्य छ कि छैन भनी निर्णय गर्ने व्यक्तिलाई प्रयोग हुने प्राविधिक शब्द) ले?
कुन-कुन अनलाइनले छापे?
समाचारपत्रले विभिन्न अनलाइनका अनुसार भनेपछि चासो लाग्यो। केही नेपाली अनलाइनले यो समाचार साँच्चिकै झैँ गरी छापेका रहेछन्। ती समाचारहरुको लिङ्क-
बलिवूड बादशाह अमिताभ बच्चन नेपाली भएको प्रमाणित (डीसीनेपाल)
वास्तवमा कुरा यसो हो
सन् २०१० को फेब्रुअरी ३ मा मनोज गजुरेलले माइसंसारमा ग्रेटर नेपाल-ग्रेटेस्ट नेपाली शीर्षकमा एउटा व्यङ्ग्य लेखेका थिए। जसलाई हास्यव्यङ्ग्य र पाहुनाको पालो श्रेणीमा राखी प्रकाशन गरिएको थियो। खासमा त्यो बुद्ध जन्मेको ठाउँ भारतमा हो भनेर भारतले गरेको कुप्रचारको व्यङ्ग्य थियो। पूरै व्यङ्ग्य पढे थाहा हुन्छ, त्यो एउटा गफ मात्र हो। त्यसमा अमिताभ बच्चन मात्र हैन, परेश रावल, सोनु निगम, अटलविहारी वाजपेयीलाई पनि नेपाली भएको कूतर्क गरिएको थियो। अन्तिममा ‘यसरी कु-तर्क गर्दा भारतीय मित्रहरुलाई जति रिस उठ्छ, गौतमबुद्ध ‘भारतमा जन्मिएका हुन्’ भनेर कु-प्रचार गर्दा हामीलाई त्यति नै रिस उठ्नु पर्दछ, र उठ्ने गर्दछ, संबन्धित सब्को चेतना हो जाऐ !!’ भनेर स्पष्टै लेखिएको थियो। त्यसो हुँदाहुँदै पनि आफूलाई चाहिने मात्र चिज स्वाट्ट झिकेर समाचारको रुपमा गलत कुरा पस्केर गम्भीर गल्ती गरिएको छ। गर्दैनगरेको समूहलाई डा.भक्तमान श्रेष्ठ अपहरण कान्डमा दोष दिएकोदेखि अनुजा बानियाँले गर्दै नगरेको पैसा फिर्ता कान्डसम्ममा मूलधारे मिडिया चिप्लिएर आलोचना खेप्दा पनि अझै मूलधारे मिडियाले यस्तै गल्ती गरिरहेको छ। अनलाइनहरुको विश्वसनीयतामा त्यसै पनि प्रश्न उठिरहेका बेला मूलधारे पत्रकारिता गरिरहेका टेलिभिजन र राष्ट्रिय दैनिकमा समेत यस्तो हावा कुरा समाचारका रुपमा छापियो।
मूल स्रोतमा यस्ता कुरा थिए, केही अंश-
इतिहास प्रमाणित गर्दछ- महात्मा गौतमबुद्धको जन्म वर्तमान नेपालको लुम्बिनी प्रदेशमा भएको हो । तर, एउटा मित्रराष्ट्रले आफ्नो देशभित्र नक्कली बुद्ध खडा गरेर बडा अचम्मको बखेडा झिकिरहेको छ। बेलैमा यसको खण्डन नगरे काठमाण्डौ पनि लण्डनमा पर्न बेर छैन । अरनिकोको जन्मघर पेकिङ्मा र्सन सक्दछ, जनकपुरकी सीताको माइती, ‘जमशेदपुर’ भएको हल्ला गर्न सक्दछ । अहिले हल्लाहरु सत्य र सत्य- असत्यमा बिलाउने युग हो । तर, युग परिवर्तन गर्ने रिमोट हाम्रो हातमा छ । आउनोस्,यस्ता हल्लाहरुको युगबाट सत्ययुगतिर प्रतिगमन गरौं, इतिहासको पुन:उत्थान गरौं। बुद्धको जन्मस्थलो बारेमा केही भारतीय छापाले गरेको हल्ला जति भ्रमपुर्ण छ, मैले उद्घाटन गर्न खोजेको रहस्य त्यति नै यथार्थपूर्ण छ। यसपटक भारतमा रहेका ग्रेटर नेपालीहरुको बारेमा मात्र चर्चा गरिदैछ । बलिउड नायक अमिताभ बच्चनका बराजु पनि नेपाली नै हुन् भन्दा खित्का छाड्नु हुन्छ होला ! भारतवर्षको इतिहास पढ्नोस्- बच्चन परिवारको रग रगमा कालिगण्डकी नदीको पानी सिञ्चित भएको छ । भूपी शेरचनको अप्रकासित रचना ‘थाकखोलाको इतिहास’मा उल्लेख भए अनुसार तल्लो मुस्ताङ्का थकालीहरु सदियौंदेखी तिब्बत-गोरखपुर-इलाहाबादको ब्यापार गर्दथे । ब्यापारिक घरानाका ती पांच भाई थकाली मध्ये एकभाईले ब्यापारका क्रममा भारतको अहमदाबादमै घरजम गरे । उनै जौ बिरसिंह बच्चनका छोरा हरिवंश राय बच्चन र हरिवंश राय बच्चनका छोरा अमिताभ बच्चन अहिलेपनि गर्वले भन्ने गर्दछन्- ‘कानुनके नजरमें तो हम हिन्दुस्तानी लगते हैं, लेकिन मेरी शरीरमें शेरचन, गौचन, भट्टचन, और तुलाचनका खुन दौड रहा है-क्यों कि मै हुं अमिताभ बच्चन !!’
जानकारी रहोस्-अमिताभ बच्चनपनि बेलाबेलामा मुस्ताङ्को यात्रामा निस्कने गर्दछन् । सिने म्यागेजिन ‘स्टार-डस्ट’ले २००५ को जनवरी अंकमा लेखेको थियो-’अमिताभ बच्चनले आफु अभिनित चलचित्र ‘खुदा गवाह’को छायांकन आफ्नो पुख्र्यौली थलोमा गर्नुपर्ने शर्त राखेपछि उक्त चलचित्रको अधिकांस छायांकन जोमसोम वरपर गरिएको थियो। अछाम जिल्लाको सांफे बगर वरपर रावलहरुको ठूलो बस्ती छ । त्यतै आफ्नो जन्मथलो भएका हाम्रा गृहमन्त्री भीम रावलका बराजु कर्ण सिंह रावल डेढसय बर्षअघि थातथलो छोडेर एक्कासी बेपत्ता भए । मर्यो – बांच्यो, शताब्दीऔंसम्म केही पत्तो लागेन । पांचबर्षआगाडी बाह्रबुंदे सहमतीको क्रममा भीम रावलको दिल्लीमा बलिउडका एकजना चर्चित कलाकारसंग भेट भयो । कुराकानीको क्रममा ती कलाकारको लवज डोट्याली लवजसंग मिल्दो जुल्दो लागेपछि मन्त्री रावलले सोधखोज गरेछन् । कलाकारले ‘धेरै कुरो आफुलाई थाहा नभएपनि आफ्ना बराजु नेपालकै कुनै गाउंबाट भारत छिरेको’ बताए । खोजबिनको क्रममा पत्ता लाग्यो- उनै कर्ण सिंह रावलका पनाती पो रहेछन् ति कलाकार, अर्थात् परेस रावल ! अहिले भीम रावल र परेस रावलबिच काका भतिजको संबन्ध छ , चाडबाडमा आउजाउ पनि हुने गर्दछ । भीम रावल भन्छन्- ‘म पारिवारिक भेटघाटमा दिल्ली जाने गर्दछु, तर मिडिया चाकडी बजाउन गयो भनेर आरोप लगाउंछन्।
विकिपेडियाका अनुसार एक शताब्दी अघि पूर्वी पांचथरका नेम्बाङ्हरु नै भारत बसोबास गर्न थालेपछि ‘निगम’ लेख्न थालेकाछन् । निगम परिवारले नेपाल र नेपालीहरुप्रति गरेको सद्भावलाई सम्मान गर्दै २०४६ सालको अन्त्यमा नेपाल सरकारले ‘राष्ट्रिय पेट्रोलियम कंपनी’लाई ‘नेपाल आयल निगम’ नामाकरण गरिएको हो भनेर कु-तर्क गर्दा भारतीय मित्रहरुलाई जति रिस उठ्छ, गौतमबुद्ध ‘भारतमा जन्मिएका हुन्’ भनेर कु-प्रचार गर्दा हामीलाई त्यति नै रिस उठ्नु पर्दछ, र उठ्ने गर्दछ, संबन्धित सब्को चेतना हो जाऐ !!
No comments:
Post a Comment