काठमाडौं, फागुन २ । अध्यक्ष प्रचण्डले आफ्नै पार्टीका नेताहरूको सुराकी गर्न वाइसीएलका कार्यकर्तालाई खटाएको रहस्य खुलेको छ। पार्टीभित्र आन्तरिक विवाद बढ्दै गएपछि प्रचण्डले प्रधानमन्त्री बाबुराम भट्टराई र उपाध्यक्ष मोहन वैद्य किरण गुटका शीर्षनेताहरूमाथि निगरानी बढाएका हुन्। उनीहरूका गुप्त सूचना संकलन गर्न प्रचण्डले वाइसीएलका नेता चन्द्रबहादुर थापा सागरको नेतृत्वमा टोली खटाएको सुरक्षा निकायले पत्ता लगाएका हुन्।
प्रचण्ड नयाँबजारबाट लाजिम्पाटस्थित 'आफ्नै निवास'मा सरेपछि उक्त टोलीको सक्रियता बढेको हो। नयाँबजार निवासमै रहँदा वैद्य पक्षकी वाइसीएल नेतृ उमा भूजेलले निवासमै भेटेर यस्तै हो भने तपाई कहीँ पनि सुरक्षित हुन सक्नुहुन्न भन्दै आक्रोश पोखेपछि प्रचण्डले सागरलाई यस्तो जिम्मेवारी दिएको सूचना पनि सुरक्षा निकायलमा पुगेको सूत्र बताउँछ। त्यतिबेला भुजेलको नेतृत्वमा वाइसीएलले प्रचण्डसमक्ष केही माग पनि राखेको थियो। प्रधानमन्त्री निवास बालुवाटारदेखि मोहन वैद्य निवाससम्म दुई जनाका दरले वाइसीएलका सदस्यले निगरानी गरिरहेका छन्।
स्रोतका अनुसार, वाइसीएलका उपत्यका इञ्चार्ज चन्द्रबहादुर थापाको नेतृत्वमा ५६ जना वाइसीएल सदस्य त्यसरी खटिएको कुरा समाचार सूत्र बताउँछ। एमाओवादी नेताहरूलाई कसले भेट्छ, कहाँ जान्छन् भन्ने सूचना संकलन गर्ने जिम्मेवारी उनीहरूलाई दिएको बताइन्छ। उनीहरूले हरेक दिन बेलुका थापालाई ब्रिफिङ गर्ने गर्छन्। त्यसपछि थापाले प्रचण्डलाई ब्रिफिङ गर्ने गरेका छन्। सुरक्षा स्रोतका अनुसार, बालुवाटारमा खटाइएका दुई वाइसीएल सदस्यले सुरक्षाकर्मीलाई नै आफूहरूलाई प्रचण्डले खटाएको र बाबुरामलाई क–कसले भेट्न आउँछन्? भनेर सूचना संकलन गर्ने जिम्मेवारी दिएको भन्दै परिचयपत्र देखाएपछि सुरक्षा निकायले प्रचण्डको गुप्त योजना थाहा पाएका हुन्। सुरक्षाकर्मीसँग प्रचण्डले खटाएका वाइसीएलको जम्काभेट पनि यसै हप्ता भएको हो। उक्त रहस्य पत्ता लागेपछि सुरक्षा परिषद््मा समेत छलफल भएको बताइएको छ। प्रधानमन्त्री बाबुरामका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेल सुनिलले बाबुरामसँग प्रचण्डको यस्तो हर्कतका विषयमा छलफलसमेत गरेका थिए। स्थायी समितिमा त्यसरी वाइसीएल सदस्यलाई अरु नेताविरुद्ध सुराकी गर्न खटाएको विषयमा प्रश्न उठेको पनि थाहा भएको छ।
स्रोतका अनुसार, बालुवाटारपछि नेत्रविक्रम चन्द 'विप्लव', देव गुरुङ र सीपी गजुरेल बढी निगरानीमा परेका नेताहरू हुन्। उनीहरूले कसलाई कति बजे भेट्छन्? भन्ने सम्पूर्ण विवरण ती वाइसीएल सदस्यले सूचना संकलन गर्छन्। त्यसरी खटाइएका वाइसीएल सदस्यको विषयलाई लिएर सुरक्षाकर्मीले समेत छलफलको विषय बनाएका छन्। माघ २६ गते सुरक्षा परिषद्मा पनि अनौपचारिक रुपमा छलफल भएको बताइएको छ। तर, सुरक्षाकर्मीले औपचारिक रुपमा प्रधानमन्त्री भट्टराईसँग छलफल गरेका छैनन। तर, यो विषयमा बुझ्न खोज्दा सागरले पोस्टपेड मोवाइल नम्बर रिसिभ गरेनन्।

source: weeklynepal.com
No comments:
Post a Comment