काठमाडौं । ‘१० वर्षसम्म जनयुद्धको नेतृत्व गर्न दिएर पार्टी अध्यक्षलाई हामीले साथ दिएका हौं, अझै पनि उहाँलाई साथ दिन्छौं, उहाँलाई भन्नुहोला क्रान्तिकारी विचार नछाड्नोस्’ मोहन बैद्य किरणले औंला ठड्याएर यसो भनिरहँदा खुलामञ्चमा उपस्थित कार्यकर्ताले पररर ताली बजाए । वैद्यको भाषण ध्यानपूर्वक सुनिरहेका प्रचण्ड मुसुमुसु हाँस्दै टाउको हल्लाउनुभयो । ‘कांग्रेस र एमाले माओवादी आफूजस्तो होस् भनेर सोचेका छन्, हाम्रो अध्यक्षले पार्टीलाई कांग्रेस, एमाले र राप्रपासँग मिल्ने पार्टी बनाउने कि जनतासँग मिल्ने पार्टी ?’ बैद्यको यो प्रश्नमा पनि प्रचण्डले दुई हातको औंला खेलाउँदै मुन्टो हल्लाइरहनुभयो ।
‘कम्रेड किरण र म ३० औ वर्षंदेखि सँगै छौं, उहाँले कहाँनिर चिन्ता गर्नुभएको हो मैले सबै बुझेको छु’ फुक्र्याउने पारामा प्रचण्डले भन्नुभयो -’म श्रमजीवि जनताले बनाएको प्रचण्ड हुँ अर्थात नेता हो, म श्रमजीवि वर्गकै नेता हुन्छु, अरुको हुन्न ।’ तर नेताले कार्यकर्ताको कुरा मात्रै सुनेर नहुने, परिस्थितिको पनि मूल्याँकन गरेर अघि बढ्नुपर्ने र आफू अहिले त्यही बाटोमा रहेको प्रचण्डको भनाई थियो । ‘तपाईंहरुले मलाई अग्लो ठाउँमा पुर्याइदिनुभयो, अग्लो ठाउँबाट धेरै कुरा देखिन्छ’ प्रचण्डले भन्नुभयो -’क्रान्तिलाई सिधा नभएर कहिलेकाहीं बाँगोटिँगो बाटो पनि हिँडाउनुपर्छ । यसो गर्दा आलोचना हुने गर्छ, हुनुपर्छ र भैरहेको पनि छ । तर मेरो चिन्ता भनेको पार्टी दुर्घटनाबाट जोगाउनु हो ।’
कांग्रेस र एमालेले प्रचण्डलाई राजनेता बन्न उक्साइरहेको भन्दै वैद्यले भन्नुभयो- ‘सर्वहारा बर्गले बनाएको प्रचण्ड हो, अब सवैसँग मिल्ने, सवैको नेता हुने राजनेता प्रचण्ड नबन्नुस् । बिश्व सर्वहारा बर्गको नेता बन्नुस् ।’
जनयुद्धको अवसरमा पार्टीले राजधानीको खुलामञ्चमा गरेको कार्यक्रम । आफूभन्दा अघि बोलेका अरु नेताहरुले पार्टीभित्रको समस्याबारे राखेको चिन्ता र किरण व्यंग्यात्मक जवाफ । अध्यक्ष प्रचण्डलाई चिन्ता, जिज्ञासा र जवाफलाई तौलेर प्रतिकृया दिनुपर्ने बाध्यता । त्यसैले किरण लगत्तै बोलेका प्रचण्डले बिग्रेको मौसमलाई ख्याल गर्दै छोटो मात्र मन्तव्य राख्नुभयो र बैद्यका सबै सवाललाई चित्त बुझ्दो ढंगले जवाफ दिने प्रयास गर्नुभयो ।
‘कम्रेड किरण र म ३० औ वर्षंदेखि सँगै छौं, उहाँले कहाँनिर चिन्ता गर्नुभएको हो मैले सबै बुझेको छु’ फुक्र्याउने पारामा प्रचण्डले भन्नुभयो -’म श्रमजीवि जनताले बनाएको प्रचण्ड हुँ अर्थात नेता हो, म श्रमजीवि वर्गकै नेता हुन्छु, अरुको हुन्न ।’ तर नेताले कार्यकर्ताको कुरा मात्रै सुनेर नहुने, परिस्थितिको पनि मूल्याँकन गरेर अघि बढ्नुपर्ने र आफू अहिले त्यही बाटोमा रहेको प्रचण्डको भनाई थियो । ‘तपाईंहरुले मलाई अग्लो ठाउँमा पुर्याइदिनुभयो, अग्लो ठाउँबाट धेरै कुरा देखिन्छ’ प्रचण्डले भन्नुभयो -’क्रान्तिलाई सिधा नभएर कहिलेकाहीं बाँगोटिँगो बाटो पनि हिँडाउनुपर्छ । यसो गर्दा आलोचना हुने गर्छ, हुनुपर्छ र भैरहेको पनि छ । तर मेरो चिन्ता भनेको पार्टी दुर्घटनाबाट जोगाउनु हो ।’
सबैतिरबाट जस्तै कार्यकर्ता पंक्तिबाट समेत आफूलाई आलोचना हुने गरेकोमा भने उहाँले अलि असन्तुष्टि जनाउनुभयो । ‘तपाइर्ंहरुले प्रचण्डलाई जुन बिम्ब देख्नुभएको छ, कहिलेकाहीं त्यो नपाउनु स्वभाविकै हो । आलोचना र खबरदारी गर्नुहोस्, तर आलोचना गर्दा नेतृत्वलाई रक्षा गर्ने जिम्मेवारी पनि तपाईंहरुकै हो ।’ अन्तरसंर्घषका बेला वैद्य पक्षले सार्वजनिकरुपमा आफुलाई दलालदेखि पैसा चोरसम्म भनेकोतर्फ इंगित गर्दै प्रचण्डले भन्नुभयो-आफैैंले स्थापित गरेको नेतृत्वलाई ध्वस्त नपार्नुहोस् ।’
एकता एकता मात्र भनेर मात्रै नहुने भन्दै वैद्यले आकार ठूलो हुँदा समस्या आउनेतर्फ सचेत गराउनुभयो । ‘ठूलो हुने हो भने त एमाले, कांग्रेससित एकता गरे भैहाल्यो नि’ बैद्यले भन्नुभयो -’ठूलो कुरा विचारको हो ।’ यसको जवाफमा प्रचण्डले माओवादी अहिले ठूलो पार्टी भएको र ठूलो भयो भनेर नतर्सिन आग्रह गर्नुभयो । ‘खराब ठाउँबाट बिद्रोह गरेर आएका असल मान्छेलाई ल्याउन सकिन्छ’ प्रचण्डले भन्नुभयो ।
बैद्यको धेरै कुरामा समर्थन
उपाध्यक्ष किरणले शुरुमा कम्युनिष्ट भनेकै बहस र संघर्ष हुने पार्टी हो, पार्टीमा एकता भनेको बिचारको एकता हो भनेर जोड दिनुभएको थियो । अनि किरणले जतिसुकै बहस भएपनि पार्टी नफुट्ने घोषणा गर्नुभएको थियो । किरणको कुरामा सही थाप्दै प्रचण्डले भन्नुभयो -’कम्रेड किरणले भनेजस्तै जनयुद्धको उदेश्य पूरा गर्न एकढिक्का भएर अघि बढ्नुपर्छ ।’ संघर्षबाट नै एकता हुने प्रचण्डको कुरालाई समर्थन गर्दै प्रचण्डले पार्टीमा पहिले पनि वैचारिक संघर्ष भएको, तर नफुटेको स्मरण गर्नुभयो । ‘माओवादी अरुभन्दा भिन्न हो, बहस र संघर्ष हुन्छ’ प्रचण्डले भन्नुभयो -’अहिले पनि साँच्चै झिल्का बलेकै हो, तर चट्टान झैं एकता प्रदर्शन गर्न सक्छ र हुन्छ । माओवादी कमजोर हुन्छ भनेर सपना देखेका थिए अरुले । तर हामी भिन्न धातुको मान्छे भएकाले नै यस्तो भएन र हुँदैन ।’
जनताले चाहना र भावना अनुसार संविधान नबने जनबिद्रोहमा जाने कुरालाई वैद्यले खुलामञ्चको कार्यक्रममा पनि दोहोर्याउनुभयो । बैद्यको यस कुरामा पनि प्रचण्डले समर्थन नै गर्नुभयो । ‘२०४७ सालको जस्तै संविधान आयो भने बिद्रोहको लागि तयार हुनोस्’ खुलामञ्चको चौरमा भाषण सुनेर बसिरहेका पार्टी कार्यकर्तालाई उत्साहित बनाउँदै प्रचण्डले भन्नुभयो -’हामी शान्ति र संविधान निर्माण प्रकृयामा गम्भीर भएर लागेका छौं, तर ०४७ सालको संविधान ब्युँचाउन खोजिन्छ भने विद्रोह हुन्छ ।’ बैद्यको कुरातर्फ ईंकित गर्दै उहाँले माओवादीले क्रान्तिको बाटो नछाडेको पनि दावी गर्नुभयो ।
लगालग भाषण गरेका दुई नेताको भाषण र लाइन संर्घषको प्रभाव भाषण सुन्ने कार्यकर्तामा पनि देखिन्थ्यो । प्रचण्डलाई पेलान भाषण दिइरहेका बेला एकतिरका कार्यकर्ता ताली बजाउँथे भने छेउंमै रहेका कार्यकर्ता मौन थिए । केहीवेरपछि प्रचण्डले भाषण गर्दा एकछिन ताली नबजाई बसेकाहरु जोसिएका थिए भने पहिले ताली बजाउनेहरु मौन थिए ।
वैद्यले जवाफमा प्रचण्डले दिएको सवाल र समर्थनबाट खुलामञ्चमा उपस्थित कार्यकर्ता रनभुल्लमा पर्दै पानी पर्ने हो डरका वीच हतारिँदै आआफ्ना गन्तव्यतिर लागे ।
No comments:
Post a Comment