नग्नता, अहिले पश्चिमा मुलुकहरुमा सामान्य भैसकेको छ । जनावर बचाऔँ भन्दै केहि युवतीहरु खुलेआम सडकमा नाङगै हिड्छन्, वनस्पतिको संरक्षण गरौँ भन्दै युवा युवतीहरु समुद्रको किनारामा पुगेर नग्न भैदिन्छन् । नग्नता पश्चिमा राष्ट्रहरुमा अहिले एउटा आन्दोलन बनेको छ। प्रहरीको आँखा छल्दै सडकमा र समुद्रको किनारामा सिमित हुँदै आएको नग्न प्रदर्शन अब शहरको मुख्य भागमा, त्यहि पनि सबैको आँखा अगाडी हुन थालेको छ । अमेरिकाको न्युओर्कको सोहो जिल्लाको केन्द्रमा एउटा युवकले नग्न पार्टीको आयोजना गरेका छन् ।
उनले त्यस्तो पार्टीको आयोजना अरु केहि नभएर प्रकृतितिर फर्कौ भन्दै थालिएको नग्नताको आन्दोलनमा सहयोग पुर्याउन गरेका रे ! कार्यक्रममा उपस्थित नग्न केटाकेटीहरु हाँसे, रमाइलो गरे र सामुहिक रक्सी पनि खाए । रोचक त यो छ, सो पार्टीमा १८ देखि ४० बर्षसम्मका महिला पुरुषको सहभागिता रहेको थियो । त्यसमा विवाहित जोडी पनि थिए । सो पार्टीको तस्बिरहरु हेरौँ :








No comments:
Post a Comment