पत्रकारको अपहरण गरी हत्या प्रयास गरेको आरोप लागेका पर्शुराम बस्नेतलाई संरक्षण दिएर विवादमा तानिएका युवा संघका अध्यक्ष महेश बस्नेतले अनुभव गरे होलान् अरुले कुट्दा कत्तिको दुख्दो रहेछ भन्ने। युवा स्वरोजगार कोषको रकम माओवादीका नेताले मात्र पाए भन्दै दलबल लिएर विरोध गर्न अनामनगर पुगेका उनी आफैं कुटिए। कुटाई मात्र खाएको हैन, पुलिसले उनको दाँतै हल्लीनेगरी दनक दिएछन्। सघंका महासचिव निरज आचार्यका अनुसार पुलिसको कुटाईवाट उनको दाँतै हल्लीएछ ।

माओवादीले कोषको उपाध्यक्षमा डा पुष्यप्रसाद रेग्मीलाई नियुक्त गरेको थियो। उनै रेग्मीले माओवादी मजदुर संगठनका विवादास्पद नेता शालिकराम जम्मकट्टेल र वाईसिएलका पूर्व प्रमुख चन्द्रबहादुर थापा सागरको नाममा रहेको सहकारीलाई आठ करोड दिएको सूइको पाएपछी उनीहरु लौ माओवादीलाई मात्र बाड्ने? हामीपनि युवा हौनी , हामीलाई चै नदिने भन्दै निहुँ खोज्न गएछन्।
उपाध्यक्ष रेग्मी कार्यालय बाहिर निस्किीएनन्।
उनले सबैसँग म किन कुरा गर्ने २–४ जना भित्रै आउ भनेछन्। अब बस्नेत के मान्थे। तिमिनै बाहिर आउँ भन्दै निहुँ खोज्न थालेछन्। उनका सुन्डमुन्डले
कार्यालय परिसरमा रहेको गमला फुटाउन थालेपछी रेग्मीले पुलिस गुहारे। अनी शुरु भयो राम धुलाई।
कार्यालय परिसरमा केही समय झम्टाझम्टी भयो। पुलिसले गोद्न थालेपछी उनीहरुले ढुंगा हान्न थाले। त्यही विचमा कुनचै पुलिसले बस्नेतको दाँतमै दन्काईदिएछ। अनी बस्नेत सहित २५ जनालाई मुन्ट्याउँदै नेपाल पुलिस क्लवमा थन्क्यायो।
बस्नेतलाई पक्राउ गरेको भन्दै एमालेका जुझारु अनेरास्ववियुका विद्यार्थीको रगत तात्यो। उनीहरु सडकमा आएर गाडिमाथी पावर देखाउन थाले। राजमार्ग बन्द भयो। पुलिसले बेलुका जौ जाउँ अब दाँतको उपचार गर्न भन्दै छाडिदिएछ।
विचरा बस्नेत अहिले दुखेको दाँत समात्दै बसिरहेका होलान्। पर्शुरामले पत्रकार खिलानाथ ढकालको आँखा सुन्निनेगरी कुट्दा उनलाई कति दुखेको थियो होला? अब, त अनुभव गरेकी बस्नेतले !
No comments:
Post a Comment