रहेनन् 'एभरग्रीन सुपरस्टार' देव आनन्द

Dev Anandकाठमाडौ, मंसिर १८ - भारतीय अभिनेता एवं निर्देशक देव आनन्दको आइतबार निधन भएको छ । ह्दयघात भएपछि लण्डनस्थित एक अस्पतालमा भर्ना गरिएका ८८ बर्षीय अभिनेताको त्यहीँ निधन भएको हो ।
उनको निधनको खबरले उनका प्रशंसक, शुभचिन्तकका साथै वलिउडमा शोक छाएको भारतीय मिडियाले जनाएका छन् । उनले अभिनय गरेका फिल्मका 'अभि न जाओ छोडकर के दिल अभि भरा नही' जस्ता गीतहरु गुञ्जन थालेका छन् । उनलाई 'एभरग्रीन सुपरस्टार' भनिन्थ्यो ।
उनका बाजी, हम दोनो, कालापानी र गाइड चर्चित फिल्म हुन् । निर्देशनमा उत्रेपछि उनले हरेराम हरेकृष्णजस्ता चर्चित फिल्म बनाएका थिए । हरेराम हरेकृष्णको धेरै भाग काठमाडौंमा सुटिङ गरिएको थियो । स्वर्गीय राजा महेन्द्र तथा नेपालको दरबारसँग उनको निकट सम्बन्ध थियो । दरबार हत्याकाण्डको केही समयपछि उनले यो विषयमा फिल्म बनाउने घोषणा गरेका थिए । तर पछि यो गम्भीर विषय भएकाले नबनाउने बताएका थिए ।
'भर्खरै समाचार सुनियो देव सावका बारेमा, यो समाचार सत्य नहोस्' बलिउड अभिनेता अमिताभ बच्चनले ट्वीट गरेका छन् ।  देव आनन्दका बारेमा ट्वीट गर्ने बलिउडका अभिनेतादेखि निर्देशकसम्मको लाइन लामो छ ।
अनुपम खेर, शवाना अजमी, महेश भट्ट, कुनाल कोहली, अभिषेक, शाहरुख लगायतले ट्वीटरमा देव आनन्दका बारेमा शब्दहरु खर्चेका छन् ।



Dev Anand was the first hero of India cinema who was a happy figure.
The heroes of post-independence era cinema were solemn and grave like Dilip Kumar or tragic underdogs like Raj Kapoor.
Dev Anand ushered in positivity. He made the Indian leading man look dapper and debonair and playful and romantic.
His dashing looks and makeover included a quiff, neckties and hats jauntily perched on his head with a stick he liked to twirl. He dressed like a gentleman of leisure and smiled and joked with his leading ladies.
His early success had him playing a rake and bad guys with a magic touch with women who found his appeal irresistible.
He was called Mr Charming and later with his magic pairing with actress Madhubala he was called the Adonis of Indian cinema. Though he had a long standing marriage his image of a ladies' man was one he wore with elan.
Some of the actresses he introduced to Bollywood went on to become some of the most famous on the South Asia screen.

No comments:

Post a Comment