अनियमितता रोक्नको लागि भन्दै सरकारले निलो र रातो रंगका दुई सिलिण्डर बनाउने निर्णय गरेपछि ग्यास ब्यबसायीले आन्दोलन गरिरहेका छन् । उनीहरुकै आन्दोलनलाई पछ्याउँदै ‘सिण्डिकेट सम्राट’ भनेर चिनिने यातायात ब्यबसायीहरु आजदेखि अनिश्चीतकालिन हड्तालमा उत्रिएका छन् । उनीहरुले शुक्रबार बिहानैदेखि सार्वजनिक यातायात चलाएका छैनन् । जसका कारण काममा जानुपर्ने सर्वसाधरणहरु यातायातका साधान नपाउँदा हिडेरै जान बाध्य भएका छन भने टाढा जानुपर्नेहरु कार्यालय र काममा पुग्न सकेका छैनन् ।
Patichaur
complete nepali news and entertainment blog
बाबुराम नै टिकाउनु पर्ने 'र' को दबाब
काठमाडौं, जेठ २७ । नेपालका प्रधानमन्त्री एवं भारतीय एजेन्टका रुपमा चिनिएका बाबुराम भट्टराई विचरा ।
भारतको नेपालमा संविधान नबनेकोबारे उनको मत यस्तो छ- अन्य दलकै कारणले संविधान नआउने बाध्यात्मक परिस्थिति सिर्जना भयो । तर, जे भयो ठिकै भयो । अब पाँच महिनामा कुनै पनि हालतमा चुनाव हुनुपर्छ र मधेसीसँग मिलेर माओवादी चुनावमा जानुपर्छ । यसका लागि बाबुराम नै उपयुक्त पात्र (बेस्ट क्यान्डिडेट) हुन् ।

आदीवासी, जनजातिले बुझ्नुपर्ने कुरा
माओवादी जनयुद्ध'को आवरणमा नेपालको उत्पीडितवर्ग १० बर्षसम्म जसरी साम्राज्यवादी–विस्तारवादी शक्तिहरुको रणनीतिका लागि प्रयोग गरियो, ठिक त्यहि रणनीतिको अर्को चरणको प्रयोगका रुपमा आदीबासी, जनजाति समुदाय निशानामा परेको छ। संविधानसभाको विघटनको बिन्दुसम्म आइपुग्दा देखापरेका परिदृष्यहरुलाई यहाँको समस्याको वास्तविकतासंग जोडेर अध्ययन गर्न सबैका लागि यस कारणले जरुरी भएको छ कि यसो हुन सकेन भने नेपाली समाजको अफगानिकरण र तराइको विखण्डनको विदेशी षडयन्त्रलाई रोक्ने काम ढिला भैसकेको हुनेछ।
फेसबुकले जोगायो २ करोड रुपैया ।
संधै नेताहरुलाई मात्र गाली गर्ने, नेताहरुको अश्लिल कार्टुनहरु बनाई अपलोड गर्ने र अधिकांश च्याट मात्र व्यस्त रहने भन्ने आरोप खेपिरहेका फेसबुक प्रयोगकर्ताकाले अहिले राष्ट्रिय ढुकुटीबाट अनावश्यक खर्च हुन लागेको २ करोड रुपैया जोगाएका छन् ।
विश्वमा सामाजिक सञ्चालबाट भएका विरोधहरुबाट देशका ठूला निर्णय नै पल्टेका छन् । नेपालमा भने भख्खर भख्खरै यसको प्रभाव पर्न थालेको छ । केही समय अगाडी नेपाली कांग्रेस गरेको देश व्यापी अन्श्चितकालिन हड्ताल होस् वा ज्याला पुरै लियौं अब संविधान देऊ भन्दै स्वतस्फूत रुपमा अगाडी बढेको नेपाल युनाईट्स नामक फेसबुक पेज ।

अनौठो बच्चा जो गाढा अन्धकारमा पनि सजिलै देख्न सक्छ I [With Video]
चीनको दहुआ इलाकामा बसोवास गर्ने नोंग युसुई नामका बच्चाको आँखा निलो छ र प्रकाशमा उनको आँखाले नियन हरियो रंग प्रतिबिम्बित गर्छ । तर आश्चर्य उनको आँखाको रंगमा मात्र होइन, उनले घना अँध्यारोमा पनि सजिलै देख्न सक्छन ।
माओवादीभित्र सल्कियो यौन काण्ड
भनिन्छ, युद्धले पराजित गर्न नसकेको व्यक्तिलाई स्त्रीको आशक्तिले क्षणभरमा पगाल्छ। युद्धकालमा एकीकृत नेकपा माओवादीका नेता–कार्यकर्ताहरुले यस 'कोटेशन' लाई पटक–पटक उच्चाहरण गर्दथे। भोगवादी सोंच र चेतबाट जोगिनु पर्दछ भन्ने मान्यतामा उनीहरुले यस्ता अभिव्यक्तिहरु दिने गरेका थिए। तर, जे प्रशिक्षण दिएर नेता–कार्यकर्ताहरुलाई अनैतिक मामिलाबाट टाटै राख्न खोजे पनि 'हावाले भरिएको बललाई जति जमिनतिर दबाउन खोजिन्छ उति आकाशतिर उफ्रन्छ' भन्ने वैज्ञानिक सत्य माओवादीमा पनि लागू नहुने कुरै भएन। माओवादी नेताहरु यौन आशक्तिलाई जति दबाउनु पर्छ भन्ने दवाव दिन्थे, त्यति–त्यति त्यस पार्टीका शीर्ष नेता–कार्यकर्ताहरु नै यौनकाण्डमा मुछिएर कारवाहीमा परिरहेका घटनाहरु धेरै छन्। कतिपय अवस्थामा सहकर्मीहरुको राजनीतिक भविष्यलाई सिध्याउनु पर्योर भने पनि यौन काण्डलाई मुद्दा बनाउने वा उचाल्ने कोसिस गरियो माओवादीमा। लुतोभन्दा चर्को रुपमा देखिएको यौनको रोग एमाओवादीमा यद्यपि फैलिइरहेको छ।
अपराधीलाई संरक्षण दिइरहे देशव्यापी विरोधमा उत्रने एमाले चेतावनी
नेकपा एमालेले विभिन्न घटनाका अपराधीहरूलाई संरक्षण गर्ने वर्तमान सरकार र गृह प्रशासनको निन्दा र भर्त्सना गरेको छ। केन्द्रीय कमिटी बैठकले विभिन्न माग रा्ख्दै यी माग सुनुवाई नभए सिङ्गो पार्टी अपराधीलाई संरक्षण गर्ने गृह प्रशासनविरुद्ध देशव्यापी विरोधमा उत्रन बाध्य हुने चेतावनी पनि दिएको छ।
बैठकले दोषीमाथि अबिलम्ब कार्बाही गर्न, शृङ्खलाबद्ध अपराधका घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय न्यायिक छानबीन आयोग गठन गर्न, दिवंगत कमरेड रामस्वरूप पासवानलाई शहीद घोषणा गर्दै परिवारजनलाई राहत उपलव्ध गराउन, मृतक सुरेश साहका परिवारजनलाई पनि राहत उपलव्ध गराउन, अपराधीलाई संरक्षण गर्ने स्थानीय प्रहरी प्रमुखलाई तत्काल कार्बाही गर्न जोडदार माग पनि गरेको छ।

Subscribe to:
Posts (Atom)